< Aabenbaringen 15 >

1 Og jeg saa et andet Tegn i Himmelen, stort og vidunderligt: syv Engle, som havde de syv sidste Plager; thi med disse er Guds Harme fuldbyrdet.
तब मैले अर्को अचम्म र शक्‍तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्‍वरको क्रोध पुरा भएको थियो ।
2 Og jeg saa som et Glarhav, blandet med Ild, og dem, som sejrende gik ud af Kampen med Dyret og dets Billede og dets Navns Tal, staaende ved Glarhavet og holdende Guds Harper.
मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखा परेको देखेँ । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र नाउँको सङ्ख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए । परमेश्‍वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए ।
3 Og de sang Mose, Guds Tjeners, Sang, og Lammets Sang, og sagde: Store og vidunderlige ere dine Gerninger, Herre, Gud, du almægtige! retfærdige og sande ere dine Veje, du Folkeslagenes Konge!
तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।
4 Hvem skulde ikke frygte dig, Herre! og prise dit Navn? Thi du alene er hellig; ja, alle Folkeslagene skulle komme og tilbede for dit Aasyn, fordi dine retfærdige Domme ere blevne aabenbarede.
हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
5 Og derefter saa jeg, og Vidnesbyrdets Tabernakels Tempel i Himmelen blev aabnet,
यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो ।
6 og de syv Engle, som havde de syv Plager, gik ud af Templet, iførte rent og skinnende Linklæde og omgjordede om Brystet med Guldbælter.
सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए ।
7 Og et af de fire levende Væsener gav de syv Engle syv Guldskaaler fyldte med Guds Harme, han, som lever i Evighedernes Evigheder. (aiōn g165)
चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए । (aiōn g165)
8 Og Templet fyldtes med Røg fra Guds Herlighed og fra hans Kraft; og ingen kunde gaa ind i Templet, førend de syv Engles syv Plager fik Ende.
परमेश्‍वरको महिमा र उहाँको शक्‍तिले मन्दिर धुवाँले भरिएको थियो । ती सात स्वर्गदूतका सातवटा विपत्ति पुरा नहुञ्‍जेलसम्म कोही पनि त्यसभित्र पस्‍न सकेन ।

< Aabenbaringen 15 >