< Salme 29 >
1 Giver Herren, I Guds Børn! giver Herren Ære og Styrke.
ए परमेश्वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ ।
2 Giver Herren hans Navns Ære, tilbeder for Herren i hellig Prydelse.
परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।
3 Herrens Røst er over Vandene; Ærens Gud tordner; Herren er over de store Vande.
परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।
4 Herrens Røst er med Kraft; Herrens Røst er med Herlighed.
परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।
5 Herrens Røst sønderbryder Cedre, og Herren har sønderbrudt Libanons Cedre.
परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ ।
6 Og han gør, at de springe som en Kalv, Libanon og Sirjon som en ung Enhjørning.
उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ ।
7 Herrens Røst slaar ned med Ildsluer.
परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ ।
8 Herrens Røst gør, at Ørken bæver; Herren gør, at Kades's Ørk bæver.
परमप्रभुको सोरले उजाड-स्थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्थानलाई थर्कमान पार्नुहुन्छ ।
9 Herrens Røst bringer Hinder til at føde og blotter Skovene; men i hans Tempel siger enhver: „Ære!”
परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा!”
10 Herren har siddet ved Syndfloden, og Herren sidder, en Konge evindelig.
परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।
11 Herren skal give sit Folk Kraft; Herren skal velsigne sit Folk i Freden.
परमप्रभुले आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ । परमप्रभुले आफ्ना मानिसहरूलाई मिलापले आशिष् दिनुहुन्छ ।