< Salme 113 >

1 Lover, I Herrens Tjenere, lover Herrens Navn!
परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।
2 Lovet være Herrens Navn fra nu og indtil evig Tid!
परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।
3 Fra Solens Opgang indtil dens Nedgang er Herrens Navn højlovet.
सूर्य उदायदेखि त्‍यो नअस्‍ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ ।
4 Herren er høj over alle Hedninger, hans Herlighed er over Himlene.
परमप्रभु सबै जातिभन्दा उच्‍च हुनुहुन्‍छ र उहाँको महिमा आकाशसम्‍म पुग्‍छ ।
5 Hvo er som Herren vor Gud? han, som har sat sit Sæde højt;
परमप्रभु हाम्रा परमेश्‍वरझैं को छ र, जसको आफ्‍नो आसन उच्‍चमा छ,
6 han, som stiger dybt ned for at se, i Himlene og paa Jorden;
जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?
7 han, som oprejser den ringe af Støvet, som ophøjer en fattig af Skarnet
उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्‍छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्‍नुहुन्‍छ,
8 for at sætte ham hos Fyrster, hos sit Folks Fyrster;
ताकि उहाँले त्यसलाई शासकहरूसित, त्यसका मानिसहरूका शासकहरूसित बसाल्‍नुहुन्छ ।
9 han, som gør, at den ufrugtbare i Huset kommer til at bo som en glad Barnemoder. Halleluja.
उहाँले घरकी बाँझी स्‍त्रीलाई घर दिनुहुन्छ । उहाँले त्यसलाई छोराछोरीकी आनन्‍दित आमा बनाउनुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

< Salme 113 >