< Mikas 3 >

1 Og jeg sagde: Hører dog, I Jakobs Øverster og Israels Hus's Dommere! burde I ikke kende Retten?
मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?
2 De hade det gode og elske det onde; de rive deres Hud af dem og deres Kød af deres Ben.
तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्‍टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्‍दछौ, र तिनीहरूका हड्‍डीबाट मासुलाई अलग गर्दछौ,
3 Det er dem, som æde mit Folks Kød og drage deres Hud af dem og bryde deres Ben, og de brede dem ud som i en Gryde og som Kød midt i en Kedel.
तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ ।
4 Da skulle de raabe til Herren, og han skal ikke bønhøre dem; men han skal skjule sit Ansigt for dem paa den Tid, eftersom de have gjort ilde i deres Idrætter.
त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्‍ट कामहरू गरेका छौ ।”
5 Saa siger Herren imod Profeterne, som forvilde mit Folk, og som, naar de faa noget at bide med deres Tænder, forkynde Fred, men naar nogen intet giver dem for deres Mund, da prædike de Krig imod ham:
परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।
6 Derfor skal det blive Nat for eder, uden Syner, og Mørke for eder; uden Spaadom; og Solen skal gaa ned over Profeterne, og Dagen skal blive sort over dem.
यसैकारण, तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ । अनि त्यो यस्तो अन्धकार हुनेछ, कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ । अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ ।
7 Og Seerne skulle beskæmmes og Spaamændene blive til Skamme, og de skulle skjule Skægget over Munden alle sammen; thi der er intet Svar fra Gud.
दर्शन देख्‍नेहरू शर्ममा पर्नेछन्, र भविष्यवक्ताहरू भ्रमित हुनेछन् । तिनीहरू सबैले आफ्ना मुख छोप्‍नेछन्, किनभने मबाट कुनै जवाफ आउनेछैन ।”
8 Men jeg er derimod fuld af Kraft, Herrens Aand, og af Ret og Styrke til at kundgøre Jakob hans Overtrædelse og Israel hans Synd.
तर याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पापको घोषणा गर्न मचाहिँ परमप्रभुको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले भरिपूर्ण छु ।
9 Hører dog dette, I Jakobs Hus's Øverster og Israels Hus's Dommere! I, som afsky Ret og gøre det lige kroget!
अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्‍ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन ।
10 Hver, som bygger Zion med Blod og Jerusalem med Uretfærdighed!
तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ ।
11 Dens Øverster dømmes for Skænk, og dens Præster lære for Betaling, og dens Profeter spaa for Penge; dog forlade de sig fast paa Herren, sigende: Er ikke Herren midt iblandt os? der skal ikke komme Ulykker over os.
तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
12 Derfor, for eders Skyld, skal Zion pløjes som en Ager og Jerusalem blive til Stenhobe og Husets Bjerg til Skovhøje.
यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।

< Mikas 3 >