< Josua 8 >

1 Og Herren sagde til Josva: Frygt ikke og ræddes ikke, tag med dig alt Krigsfolket og gør dig rede, drag op mod Ai; se, jeg har givet Kongen af Ai og hans Folk og hans Stad og hans Land i din Haand.
परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “नडरा; निरुत्साहित नहो । युद्ध गर्ने सबै मानिसलाई तँसँगै लैजा । ऐमा जा । हेर्, मैले ऐका राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको भूमिलाई तेरो हातमा दिएको छु ।
2 Og du skal gøre ved Ai og dens Konge, ligesom du gjorde ved Jeriko og dens Konge, kun dens Bytte og dens Kvæg skulle I røve for eder selv; sæt dig et Baghold bag ved Staden!
तैँले ऐ र त्यसको राजालाई यरीहो र त्यसका राजालाई गरेझैँ गर्ने छस्, त्यसबाहेक, तैँले आफ्‍नो निम्ति लूटका मालहरू र गाईवस्तुहरू लिने छस् । सहरको पछाडिबाट ढुकेर बस्‍नू ।
3 Da gjorde Josva sig rede og alt Krigsfolket at drage op til Ai, og Josva udvalgte tredive Tusinde Mand, vældige til Strid, og sendte dem hen om Natten.
त्यसैले यहोशू उठे र तिनीसँग भएका युद्ध गर्ने सबै मानिसलाई लिए । त्यसपछि यहोशूले बलियो र सहासी तिस हजार मानिस चुनी तिनीहरूलाई राति नै पठाए ।
4 Og han bød dem og sagde: Ser til, I som ere i Baghold ved Staden bag ved Staden, I skulle ikke holde eder saare langt fra Staden, og I skulle være alle sammen rede.
तिनले तिनीहरूलाई आज्ञा गरे, “हेर, तिमीहरू यसको पछाडि सहरको विरुद्ध ढुकेर बस्‍ने छौ । सहरभन्दा धेरै टाढा नजाओ, तर तिमीहरू सबै तयार होओ ।
5 Men jeg og alt det Folk, som er med mig, vi ville komme nær til Staden, og det skal ske, naar de gaa ud imod os som i Begyndelsen, da ville vi fly for deres Ansigt.
म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ ।
6 Og de skulle gaa efter os, indtil vi faa draget dem bort fra Staden; thi de skulle tænke: De fly for vort Ansigt ligesom i Begyndelsen; og vi ville fly for deres Ansigt.
हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्‍ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ ।
7 Da skulle I rejse eder af Bagholdet og indtage Staden; og Herren eders Gud skal give den i eders Haand.
त्यसपछि तिमीहरू आ-आफ्नो लुक्‍ने ठाउँबाट निस्केर आउने छौ, र तिमीहरूले सहरलाई कब्जा गर्ने छौ । परमप्रभु तिमीहरूका परमेश्‍वरले यसलाई तिमीहरूको हातमा दिनुहुने छ ।
8 Og det skal ske, naar I have indtaget Staden, da skulle I sætte Ild paa Staden; I skulle gøre efter Herrens Ord; se, jeg har befalet eder det.
जब तिमीहरूले सहर कब्जा गर्छौ, तिमीहरूले यसलाई आगोले जलाइदिनू । परमप्रभुको वचनमा दिइएको आज्ञा पालन गरेर तिमीहरूले यो गर्ने छौ । हेर, मैले तिमीहरूलाई आज्ञा गरेको छु ।
9 Saa sendte Josva dem, og de gik til Bagholdet, og de bleve imellem Bethel og Ai, Vesten for Ai; men Josva overnattede den samme Nat midt iblandt Folket.
यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू लुक्‍ने ठाउँतिर गएर तिनीहरू ऐको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुके ।
10 Og Josva stod tidlig op om Morgenen og mønstrede Folket; og han drog op, han og de Ældste af Israel, fremmest for Folket mod Ai.
यहोशू बिहान सबेरै उठे र तिनका सिपाहीहरूलाई तयार पारे । योहोशू र इस्राएलका धर्म-गुरुहरूले ऐका मानिसहरूलाई आक्रमण गरे ।
11 Og alt Krigsfolket, som var hos ham, drog op og holdt sig nær til og kom lige for Staden; og de sloge Lejr Norden for Ai, saa at Dalen var imellem ham og imellem Ai.
तिनीसँग भएका लड्ने मानिसहरू गए र सहरको नजिक पुगे । तिनीहरू सहरको नजिक आइपुगे र ऐको उत्तरतिर छाउनी हाले । ऐ र तिनीहरू बिचमा एउटा बेँसी थियो ।
12 Og han havde taget ved fem Tusinde Mand og sat dem i Baghold imellem Bethel og imellem Ai, Vesten for Staden.
तिनले झण्डै पाँच हजार जना मानिस लिए र सहरको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुक्‍न पठाए ।
13 Og da Folket havde opstillet hele Lejren, som var Nord for Staden, og Bagholdet, som var Vest for Staden, drog Josva samme Nat ned midt i Dalen.
तिनीहरूले मुख्य फौजलाई सहरको उत्तरतिर र पछाडितिरको सुरक्षाकर्मीहरूलाई पश्‍चिमपट्टि गरी सबै सिपाहीलाई तैनाथ गरे । त्यस रात यहोशूले बेँसीमा नै रात बिताए ।
14 Og det skete, der Kongen af Ai saa det, da skyndte Mændene af Staden sig og stode tidlig op og gik ud imod Israel til Striden, han og hele hans Folk, paa en bestemt Tid, foran den slette Mark; men han vidste ikke, at der var et Baghold paa ham bag ved Staden.
जब ऐका राजाले यो देखे, तिनी र तिनका फौज बिहान सबेरै उठे र माथिबाट यर्दन नदीलाई देख्‍ने ठाउँमा इस्राएललाई आक्रमण गर्न निस्के । लुकेका मानिसहरूले सहरलाई पछाडिबाट आक्रमण गर्न पर्खिरहेका छन् भन्‍ने तिनलाई थाहा थिएन ।
15 Men Josva og al Israel lode sig slaa for deres Ansigt, og de flyede ad Vejen mod Ørken.
यहोशू र सबै इस्राएलले तिनीहरू सामु आफैलाई पराजित हुन दिए र तिनीहरू मरुभूमितिर भागे ।
16 Da blev alt Folket sammenraabt, som var i Staden, for at forfølge dem; og de forfulgte Josva, og de bleve dragne bort fra Staden.
सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो र तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो ।
17 Og der blev ikke en Mand tilovers i Ai og Bethel, som ej drog ud efter Israel; og de lode Staden aaben og forfulgte Israel.
इस्राएललाई लखेट्न नजाने ऐ र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे ।
18 Da sagde Herren til Josva: Udræk dit Kastespyd, som du har i din Haand, mod Ai, thi jeg vil give den i din Haand; og Josva udrakte Spydet, som han havde i sin Haand, mod Staden.
परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भालालाई ऐतिर पसार, किनभने म ऐलाई तेरो हातम दिने छु ।” यहोशूले तिनको हातमा भएको भाला सहरतिर पसारे ।
19 Da rejste Bagholdet sig hasteligen fra sit Sted, og de løb, der han udstrakte sin Haand, og kom i Staden og indtoge den; og de skyndte sig og satte Ild paa Staden.
तिनले आफ्नो हातको भाला पसार्दा लुकेर बसेका सिपाहीहरू आ-आफ्नो ठाउँबाट हतार-हतार निस्‍के । तिनीहरू दौडे र सहरभित्र पसी यसलाई कब्जा गरे । तिनीहरूले सहरलाई आगो लगाइदिए ।
20 Og Mændene af Ai vendte sig tilbage, og de saa, og se, Røgen af Staden steg op mod Himmelen, og der var ingen Udvej for dem at fly hid eller did; og det Folk, som flyede til Ørken, vendte sig imod dem, som forfulgte dem.
ऐका मानिसहरू फर्के र पछाडि हेरे । तिनीहरूले सहरबाट आकाशतिर धूवाँ गइरहेको देखे र तिनीहरू यता-उता कतै पनि उम्कन सकेनन् । किनभने मरुभूमितिर भागेका इस्राएली सिपाहीहरू तिनीहरूका पिछा गर्नेहरूको सामना गर्न फर्केका थिए ।
21 Da Josva og al Israel saa, at Bagholdet havde indtaget Staden, og at Røgen steg op af Staden, da vendte de tilbage og sloge Mændene af Ai.
जब यहोशू र सारा इस्राएलले धूवाँको मुस्‍लोसँगै सहर कब्जा गरेको देखे, तिनीहरू फर्के र ऐका मानिसहरूलाई मारे ।
22 Og hine gik ud af Staden mod dem, saa de vare midt imellem Israel, hine vare paa den ene Side, og disse paa den anden Side; og de sloge dem, indtil ingen blev tilovers af dem som undkommen eller undsluppen.
सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के । त्यसैले ऐका मानिसहरू यतापट्टि र उतापट्टिका इस्राएलका फौजको बिचमा फसे । इस्राएलले ऐका मानिसहरूलाई आक्रमण गर्‍यो; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन् ।
23 Og de grebe Kongen af Ai levende, og de førte ham frem til Josva.
तिनीहरूले ऐका राजालाई सुरक्षित राखे, जसलाई तिनीहरूले जीवितै समातेका थिए र तिनीहरूले तिनलाई यहोशूकहाँ ल्याए ।
24 Og det skete, der Israel var kommet til Ende med at slaa alle Ais Indbyggere ihjel paa Marken i Ørken, hvor de forfulgte dem, og de vare faldne alle sammen for skarpe Sværd, indtil det var forbi med dem: Da vendte al Israel tilbage til Ai og slog den med skarpe Sværd.
जब इस्राएलले मरुभूमि नजिकैको मैदानमा ऐका बासिन्दाहरू सबैलाई मारिसिद्ध्याए, जहाँ उनीहरूले तिनीहरूको पिछा गरेका थिए र तिनीहरू सबै तरवारद्वारा मारिए, तब सबै इस्राएल ऐतिर फर्के । तिनीहरूले यसलाई तरवारले आक्रमण गरे ।
25 Og alle de, som faldt paa samme Dag, baade Mænd og Kvinder, vare tolv Tusinde, alle Folk af Ai.
त्यस दिन मरेका पुरुष र महिला बाह्र हजार जना थिए । ऐका सबै मानिस यति नै थिए ।
26 Og Josva tog ikke sin Haand, som han havde udrakt med Spydet, tilbage, førend han havde ødelagt alle Ais Indbyggere.
यहोशूले ऐका मानिसहरू सबैलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म भाला समाइरहेका तिनको हात पछाडि फर्काएनन् ।
27 Ikkun Kvæget og Byttet og Rovet af samme Stad røvede Israel for sig selv efter Herrens Ord, som han bød Josva.
परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक तिनीहरूले सहरबाट गाईवस्तुहरू र लूटका मालहरू मात्र लिए ।
28 Og Josva afbrændte Ai, og han gjorde af den en stedsevarende Dynge, en øde Plads, indtil denne Dag.
यहोशूले ऐलाई जलाए र यसलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरिदिए । यो आजको दिनसम्म पनि त्यागिएको ठाउँ भएको छ ।
29 Og han lod Kongen af Ai ophænge paa et Træ indtil Aftens Tid; og der Solen gik ned, bød Josva, at de skulde nedtage hans døde Krop af Træet, og de kastede den for Indgangen til Stadens Port, og de opkastede en stor Stenhob over ham, som er der indtil denne Dag.
तिनले ऐका राजालाई साँझसम्मै रुखमा झुण्ड्याए । जब सूर्य अस्ताउँदै थियो, यहोशूले आज्ञा दिए र तिनीहरूले राजाको शरीरलाई रुखबाट निकाले र यसलाई सहरको प्रवेशद्वारअगि फ्याँके । तिनीहरूले यसमाथि ढङ्गाको ठुलो थुप्रो लगाए । त्यहाँ त्यो थुप्रो आजसम्म पनि छ ।
30 Da byggede Josva Herren, Israels Gud, et Alter paa Ebals Bjerg,
त्यसपछि यहोशूले परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई
31 ligesom Mose, Herrens Tjener, bød Israels Børn efter det, som er skrevet i Mose Lovbog: Et Alter af hele Stene, over hvilket der ikke er ført noget Jern; og de ofrede derpaa Brændofre for Herren, og de slagtede Takofre.
आज्ञा गरेअनुसार परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति एबाल डाँडामाथि एउटा वेदी बनाए, जस्तो मोशाको व्यवस्थाको पुस्तकमा लेखिएको छः “नकाटेका ढुङ्गाहरूबाट बनाइएको एउटा वेदी, जसमाथि कसैले पनि फलामको हतियार चलाएको छैन ।” तिनले वेदीमाथि परमप्रभुको होमबलि चढाए र तिनीहरूले मेलबलि चढाए ।
32 Og han skrev der paa Stenene en Afskrift af Mose Lov, som han havde skrevet for Israels Børns Ansigt.
त्यहाँ तिनले इस्राएलका मानिसहरूको सामु मोशाको व्यवस्थाको प्रतिलिपी ढुङ्गाहरूमा लेखे ।
33 Og al Israel og dets Ældste og Fogeder og Dommere stode paa begge Sider af Arken tværs over for Præsterne, Leviterne, som bare Herrens Pagts Ark, saa vel den fremmede som den indfødte, Halvdelen deraf hen imod Garizims Bjerg, og Halvdelen deraf hen imod Ebals Bjerg, saaledes som Mose, Herrens Tjener, fra først af havde budet at velsigne Israels Folk.
स्वदेशी र विदेशी सारा इस्राएल, तिनीहरूका धर्म-गुरुहरू, अधिकृतहरू र तिनीहरूका न्यायकर्ताहरू परमप्रभुको सन्दुक बोक्‍ने लेवीहरू र पुजारीको सामु सन्दुकको दुवैतिर खडा भए । तिनीहरूको आधा भाग गीरीज्‍जीम डाँडाको अगि र अर्को आधा भागचाहिँ एबाल डाँडाको अगि खडा भए । परमप्रभुका दास मोशाले तिनीहरूलाई पहिले आज्ञा गरेझैँ तिनीहरूले इस्राएलका मानिसहरूलाई आशिष् दिए ।
34 Og derefter oplæste han alle Lovens Ord, Velsignelsen og Forbandelsen, efter alt det, som er skrevet i Lovbogen.
त्यसपछि यहोशूले व्यवस्थाका वचनहरू अर्थात् आशिष्‌हरू र सरापहरू सबै पढे, जस्तो तिनीहरूलाई व्यवस्थाको पुस्तकमा लेखिएको थियो ।
35 Der var ikke et Ord af alt det, som Mose havde budet, hvilket Josva ej lod oplæse for al Israels Forsamling, endog for Kvinderne og smaa Børn og den fremmede, som vandrede midt iblandt dem.
इस्राएलको भेला अर्थात् महिला, स-साना छोराछोरीहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूको सामु मोशाले यहोशूलाई आज्ञा गरेका वचन तिनले नपढेका कुनै पनि थिएनन् ।

< Josua 8 >