< Jeremias 28 >
1 Og det skete i dette Aar, i Begyndelsen af Judas Konge Zedekias's Regering, i det fjerde Aar, i den femte Maaned, at Profeten Hananias, Assurs Søn, som var fra Gibeon, sagde saaledes til mig i Herrens Hus, for Præsterne og alt Folkets Øjne:
त्यही वर्ष अर्थात् यहूदाका राजा सिदकियाहले राज्य गरेको चौथो वर्षको पाँचौं महिनामा अज्जूरका छोरा, गिबोनमा बस्ने अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा पुजारीहरू र सबै मानिसको सामु मसित बोले । तिनले भने,
2 Saa siger den Herre Zebaoth, Israels Gud: Jeg har sønderbrudt Kongen af Babels Aag.
“सर्वशक्तिमान्, परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'बेबिलोनका राजाद्वारा लादिएको जुवा मैले भाँचेको छु ।
3 Inden et Par Aars Tid er omme, vil jeg føre tilbage til dette Sted alle Herrens Hus's Kar, som Nebukadnezar, Kongen af Babel, tog fra dette Sted og førte til Babel.
बेबिलोनका राजा नबूकदनेसरले यस ठाउँबाट लगेको र बेबिलोनमा ओसारेको परमप्रभुको मन्दिरका सबै सामान म दुई वर्षभित्रमा यही ठाउँमा फर्काएर ल्याउनेछु ।
4 Og Jekonias, Jojakims Søn, Judas Konge og alle bortførte af Juda, som ere komne til Babel, vil jeg føre tilbage til dette Sted, siger Herren; thi jeg vil sønderbryde Kongen af Babels Aag.
त्यसपछि बेबिलोनमा पठाइएका यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका सबै बन्दीलाई म फर्काएर ल्याउनेछु, यो परमप्रभुको घोषणा हो, किनकि बेबिलोनका राजाको जुवालाई म भाँच्नेछु' ।”
5 Og Profeten Jeremias sagde til Profeten Hananias for Præsternes Øjne og for alt Folkets Øjne, medens de stode i Herrens Hus,
त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।
6 ja, Profeten Jeremias sagde: Amen! Herren gøre saa, Herren stadfæste dine Ord, som du har spaaet om, at han vil lade Herrens Hus's Kar og alle bortførte komme tilbage fra Babel til dette Sted!
यर्मिया अगमवक्ताले भने, “परमप्रभुले यसै गरून्! तिमीले अगमवाणी बोलेका वचनहरू परमप्रभुले पुरा गरून्, अनि परमप्रभुको मन्दिरका सबै सामान र सबै बन्दीलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याऊन् ।
7 Men hør kun dette Ord, som jeg taler for dine Øren og for alt Folkets Øren:
तापनि तिमीले सुन्ने गरी अनि सबै मानिसले सुन्ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।
8 Profeterne, som have været før mig og før dig af fordums Tid, spaaede imod mange Lande og imod store Riger om Krig og om Ulykke og om Pest.
तिमी र मभन्दा धेरै पहिलेका अगमवक्ताहरूले पनि धेरै जातिहरू, महान् राज्यहरू, युद्ध, अनिकाल र विपत्तिको विषयमा अगमवाणी बोले ।
9 Men naar Profeten spaar om Fred, saa vil han, naar Profetens Ord gaar i Opfyldelse, erkendes som den Profet, Herren i Sandhed har sendt.
त्यसैले शान्ति हुनेछ भनी अगमवाणी बोल्ने अगमवक्ताले भनेको वचन पुरा भयो भने, त्यो वास्तवमै परमप्रभुद्वारा पठाइएको अगमवक्ता रहेछ भनी थाहा हुनेछ ।”
10 Da tog Profeten Hananias Aaget af Profeten Jeremias's Hals og sønderbrød det.
तर हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकाले र त्यसलाई भाँचिदिए ।
11 Og Hananias sagde saaledes for alt Folkets Øjne: Saa siger Herren: Saaledes vil jeg inden et Par Aars Tid er omme, bryde Nebukadnezar, Kongen af Babels Aag af alle Folkenes Hals; og Profeten Jeremias gik sin Vej.
तब हनन्याहले सबै मनिसका सामु बोले र यसो भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'बेबिलोनका राजा नबूकदनेसरद्वारा लादिएको जुवा म हरेक जातिको काँधबाट दुई वर्षभित्रमा यसै गरी भाँचिदिनेछु' ।” तब यर्मिया अगमवक्ता आफ्नो बाटो लागे ।
12 Men Herrens Ord kom til Jeremias, efter at Profeten Hananias havde brudt Aaget af Profeten Jeremias's Hals, og han sagde:
हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकालेर भाँचेपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
13 Gak og sig saaledes til Hananias: Saa siger Herren: Du har sønderbrudt Træaag, men du har gjort Jernaag i Stedet for.
“जा र हनन्याहसित बोल र यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः तैंले त काठको जुवा भाँचिस्, तर यसको साटो म फलामको जुवा बनाउनेछु ।'
14 Thi saa siger den Herre Zebaoth, Israels Gud: Jeg har lagt et Jernaag paa alle disse Folks Hals, at de maa tjene Nebukadnezar, Kongen af Babel, og de skulle tjene ham; ogsaa de vilde Dyr paa Marken har jeg givet ham.
किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नलाई मैले यी सबै जातिको काँधमा फलामको जुवा राखेको छु, र तिनीहरूले उसको सेवा गर्नेछन् । शासन गर्नलाई मैले उसलाई जङ्गलका वन्यजन्तुहरू पनि दिएको छु' ।”
15 Og Profeten Jeremias sagde til Profeten Hananias: Hør dog, Hananias! Herren har ikke sendt dig, og du har faaet dette Folk til at forlade sig paa Løgn.
अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमप्रभुले तिमीलाई पठाउनुभएको होइन, तर तिमी आफैले यी मानिसलाई झूटो कुरामा विश्वास गर्न लगाएका छौ ।
16 Derfor, saa siger Herren: Se, jeg vil sende dig bort fra Jordens Kreds; i dette Aar skal du dø, thi du har prædiket Frafald fra Herren.
त्यसैले परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, तँलाई मैले पृथ्वीबाट हटाउनै लागेको छु । तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुराको घोषणा गरेको हुनाले तँ यही वर्ष मर्नेछस्' ।”
17 Saa døde Profeten Hananias i det samme Aar, i den syvende Maaned.
त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे ।