< Jakob 4 >
1 Hvoraf kommer det, at der er Krige og Stridigheder iblandt eder? mon ikke deraf, af eders Lyster, som stride i eders Lemmer?
तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र?
2 I begære og have ikke; I myrde og misunde og kunne ikke faa: I føre Strid og Krig. Og I have ikke, fordi I ikke bede;
तिमीहरू इच्छा गर्दछौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्दछौ र लालच गर्दर्छौ, र तिमीहरू प्राप्त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्दछौ र झगडा गर्दछौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।
3 I bede og faa ikke, fordi I bede ilde, for at øde det i eders Lyster.
तिमीहरू माग्दछौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ ।
4 I utro! vide I ikke, at Venskab med Verden er Fjendskab imod Gud? Derfor, den, som vil være Verdens Ven, bliver Guds Fjende.
तिमी व्यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्वरको शत्रु बनाउँछ ।
5 Eller mene I, at Skriftens Ord ere tomme Ord? Med Nidkærhed længes han efter den Aand, han har givet Bolig i os, men han skænker desto større Naade.
वा धर्मशास्त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ?
6 Derfor siger Skriften: „Gud staar de hoffærdige imod, men de ydmyge giver han Naade.”
तर परमेश्वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्त्रले भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।”
7 Underordner eder derfor under Gud; men staar Djævelen imod, saa skal han fly fra eder;
त्यसकारण, परमेश्वरमा आफैँलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ ।
8 holder eder nær til Gud, saa skal han holde sig nær til eder! Renser Hænderne, I Syndere! og lutrer Hjerterne, I tvesindede!
परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।
9 Jamrer og sørger og græder; eders Latter vende sig til Sorg og Glæden til Bedrøvelse!
दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् ।
10 Ydmyger eder for Herren, saa skal han ophøje eder.
प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
11 Taler ikke ilde om hverandre, Brødre! Den, som taler ilde om sin Broder eller dømmer sin Broder, taler ilde om Loven og dømmer Loven; men dømmer du Loven, da er du ikke Lovens Gører, men dens Dommer.
भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।
12 Een er Lovgiveren og Dommeren, han, som kan frelse og fordærve; men hvem er du, som dømmer din Næste?
व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ । बचाउन र नाश गर्न सक्नुहुने उहाँ मात्र एक हुनुहुन्छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ?
13 Og nu I, som sige: I Dag eller i Morgen ville vi gaa til den eller den By og blive der et Aar og købslaa og vinde,
अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्छौ ।
14 I, som ikke vide, hvad der skal ske i Morgen; thi hvordan er eders Liv? I ere jo en Damp, som er til Syne en liden Tid, men derefter forsvinder;
भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।
15 i Stedet for at I skulde sige: Dersom Herren vil, og vi leve, da ville vi gøre dette eller hint.
यसको साटो तिमीहरूले यस्तो भन्नुपर्ने हो, “यदि परमेश्वरले इच्छा गर्नुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ ।”
16 Men nu rose I eder i eders Overmod; al saadan Ros er ond.
तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् ।
17 Derfor, den som ved at handle ret og ikke gør det, for ham er det Synd.
त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।