< Esajas 40 >
1 Trøster, trøster mit Folk, siger eders Gud;
तिमीहरूका परमेश्वर भन्नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना ।
2 taler kærligt til Jerusalem og raaber til den, at dens Strid er fuldendt, at dens Skyld er betalt, at den har faaet dobbelt af Herrens Haand uagtet alle dens Synder.
यरूशलेमसँग कोमलत भएर बोल । अनि त्यसलाई घोषणा गर, त्यसका युद्ध समाप्त भएको छ, त्यसका अधर्म क्षमा गरिएको छ, आफ्ना सबै पापहरूका निम्ति त्यसले परमप्रभुबाट दोब्बर पाएको छ ।”
3 Der er en Røst af en, som raaber i Ørken: Bereder Herrens Vej, jævner vor Guds banede Vej paa den slette Mark!
एउटा आवाजले कराउँछ, “उजाड-स्थानमा परमप्रभुको बाटो तयार पार । अरबमा हाम्रा परमेश्वरको निम्ति मुल बाटो सोझो बनाओ ।”
4 Hver Dal skal hæves, og hvert Bjerg og hver Høj skal sænkes; og hvad som er bakket, skal blive jævnt, og det knudrede skal blive som en Slette.
हरेक मैदानलाई माथि उठाइनेछ, र हरेक पर्वत र डाँडालाई समतल पारिनेछ । खाल्टाखुल्टी जमिनलाई समतल बनाइनेछ र नमिलेको ठाउँहरूलाई मैदान बनाइनेछ ।
5 Og Herrens Herlighed skal aabenbares; og alt Kød til Hobe skal se det; thi Herrens Mund har talt.
र परमप्रभुको महिमा प्रकट गरिनेछ र सबै मानिसहरूले एकसाथ यो देख्नेछन् । किनकि परमप्रभुको मुखले यो बोलेको छ ।
6 Der er en Røst af en, som siger: Raab! og der svares: Hvad skal jeg raabe? Alt Kød er Hø, og al dets Ynde er som et Blomster paa Marken.
एउटा आवाजले भन्छ, “करा ।” अर्कोले जवाफ दिन्छ, “मैले के भनेर कराउने?” सबै प्राणी घाँस हो र तिनीहरूका विश्वस्तताका करार सबै खेतबारीका फुलजस्तै हो ।
7 Høet bliver tørt, Blomsteret falder af; thi Herrens Aande blæser derpaa, ja visselig er Folket Hø.
यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ र फुल सुक्छ । निश्चय नै मानवहरू घाँसै हुन् ।
8 Høet bliver tørt, Blomsteret falder af, men vor Guds Ord bestaar evindelig.
घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्वरको वचन सदासर्वदा रहन्छ ।”
9 Du, som bærer Zion et godt Budskab, stig op paa et højt Bjerg! du, som bærer Jerusalem et godt Budskab, opløft din Røst med Magt, opløft den, og frygt ikke; sig til Judas Stæder: Se, eders Gud!
ए सुसमाचार ल्याउनेहरू हो, उच्च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ!”
10 Se, den Herre, Herre skal komme med Vælde, og hans Arm hersker for ham; se, hans Løn er med ham, og Gengældelsen fra ham er for hans Ansigt.
हेर, परमप्रभु परमेश्वर विजयी योद्धाझैं आउनुहुन्छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ । हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्छन् ।
11 Som en Hyrde skal han vogte sin Hjord, samle Lammene i sin Arm og bære dem i sit Skød; han skal lede de Faar, som give Die.
एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्मा गर्नुहुन्छ र तिनीहरूलाई आफ्ना हृदयको छेउमा बोक्नुहुन्छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्याउनुहुन्छ ।
12 Hvo har maalt Vandet med sin hule Haand? og afmaalt Himmelen i Spand? og samlet Jordens Støv i Tredingsmaal? hvo har vejet Bjergene med Vægt og Højene paa Vægtskaale?
पानीलाई कसले आफ्नो हातमा नापेको छ, आकाशलाई कसले आफ्नो हातले नापेको छ, पृथ्वीको धूलोलाई कसले डालोमा राखेको छ, पहाडहरू वा पर्वतहरूलाई कसले तराजुमा जोखेको छ?
13 Hvo har udmaalt Herrens Aand, og hvo har som hans Raadgiver undervist ham?
परमप्रभुको मनलाई कसले बुझेको छ, वा उहाँको सल्लाहकार भएर उहाँलाई कसले सिकाएको छ?
14 Med hvem har han raadført sig, som har givet ham Forstand og lært ham Rettens Vej og lært ham Kundskab og undervist ham om Visdommens Vej?
कसबाट उहाँले कुन बेला सुझाव पाउनुभयो? उहाँलाई कुराहरू गर्ने ठिक तरिका कसले सिकाएको छ, अनि उहालाई कसले ज्ञान सिकाएको वा उहाँलाई कसले समझको बाटो देखाएको छ?
15 Se, Folkefærd ere agtede for ham som en Draabe af en Spand og som et Gran i Vægtskaalen; se, Øer hæver han i Vejret som fint Støv.
हेर, जातिहरू बाल्टीमा एक थोपा पानीजस्तै हुन् र तराजुहरूमा धूलोजस्तै ठानिन्छ । हेर, उहाँलले टापुहरूलाई छेस्कोझैं जोख्नुहुन्छ ।
16 Og Libanon er ikke nok til Brændsel og Dyr der ikke nok til Brændoffer.
लेबनान दउराको निम्ति पर्याप्त छैन न त यसका जङ्गली जनावरहरू होम बलिको निम्ति पर्याप्त छन् ।
17 Alle Folkefærd ere som intet for ham; de ere agtede for ham som intet og som Tomhed.
उहाँको सामु सबै जातिहरू अपर्याप्त छन् । उहाँले तिनीहरूलाई केही जस्तो पनि ठान्नुहुन्न ।
18 Ved hvem ville I da ligne Gud? eller under hvilken Lignelse ville I fremstille ham?
तब तिमीहरूले परमेश्वरलाई केसँग तुलना गर्नेछौ? तिमीहरूले उहाँलाई कुन मूर्तीसँग तुलना गर्नेछौ?
19 En Mester støber et Billede og en Guldsmed beslaar det med Guld, og en anden Guldsmed støber Sølvkæder.
एउटा मूर्ती! एक जना कारीगरले यसलाई बनाउँछः सुनारले यसमा सुनको जलप लगाउँछ र यसको निम्ति चाँदीको सिक्री बनाउँछ ।
20 Hvo som er for fattig til saadan en Gave, udvælger Træ, som ikke raadner; han søger sig en dygtig Mester til at berede et Billede, som ikke vakler.
बलि चढाउनलाई कसैले अग्राखकै दाउरा ल्याउँछ । नढल्ने मूर्ती बनाउन उसले एक जना निपुण कारीगर खोज्छ ।
21 Ville I ikke forstaa? ville I ikke høre? er det ikke forkyndt eder fra Begyndelsen? have I ikke forstaaet, af hvem Jordens Grundvold er lagt?
के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ?
22 Han er den, som sidder over Jordens Kreds, og de, som bo derpaa, ere som Græshopper; han, der udspænder Himlene som et tyndt Tæppe og udbreder dem som et Telt til at bo udi;
पृथ्वीको क्षितिजभन्दा माथि विराजमान हुनुहुने उहाँ नै हुनुहुन्छ । अनि यसका बासिन्दाहरू उहाँको सामु फट्याङ्ग्राहरू जस्तै छन् । आकाशहरूलाई उहाँले पर्दाझैं तन्काउनुहुन्छ र तिनीहरूलाई बस्ने पालझैं फिंजाउनुहुन्छ ।
23 han, som gør Fyrsterne til intet og gør Jordens Dommere til tomme Navne.
उहाँले शासकहरूलाई बकामको बनाउनुहुन्छ र पृथ्वीका शासकहरूलाई नगन्य बनाउनुहुन्छ ।
24 Næppe ere de plantede, næppe ere de saaede, og næppe er deres Stub rodfæstet i Jorden: Saa blæser han paa dem, og de blive tørre, og en Storm tager dem bort som Halm.
ती रोपिनेबित्तिकै, छरिनेबित्तिकै, तिनका जरा जमिन पर्नेबित्तिकै, जब उहाँले तिमाथि फुक्नुहुन्छ, तब तिनीहरू ओइलाउँन्, र हावाले तिनलाई परालझैं लैजान्छ ।
25 Hvem ville I da ligne mig ved, som jeg skulde være lig? siger den Hellige.
परमपवित्र भन्नुहुन्छ, “तब तिमीहरूले मलाई कोसँग तुलना गर्छौ, म कोजस्तो छु?”
26 Opløfter eders Øjne imod det høje og ser: Hvo skabte disse Ting? han som udfører deres Hær efter Tal; han kalder dem alle ved Navn; formedelst hans vældige Magt og store Kraft fattes ikke een.
माथि आकाशमा हेर! यी सबै ताराहरूलाई कसले सृजेका हुन्? उहाँले ती बनाउनलाई उहाँले नै नेतृत्व गर्नुहुन्छ र ती सबैको नाउँ काढेर बोलाउनुहुन्छ । उहाँको शक्तिको माहन्ता र उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन् ।
27 Hvorfor vil du, Jakob, sige, og du, Israel, tale: Min Vej er skjult for Herren, og min Ret gaar min Gud forbi?
ए याकूब, तँ किन यसो भन्छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, “मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्वरले मेरो बदलाको वास्ता गर्नुहुन्न”?
28 Ved du ikke, eller har du ikke hørt det? en evig Gud er Herren, han har skabt Jordens Ender, han kan ikke blive træt, ej heller vansmægte; hans Forstand er uransagelig.
के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्वर, पृथ्वीको अन्तसम्मका सृष्टिकर्ता थकित वा हैरान बन्नुहुन्न । उहाँको समझको कुनै सिमा छैन ।
29 Han giver den trætte Kraft og formerer Styrke hos den, som ingen Kræfter har.
उहाँले थकितहरूलाई बल दिनुहुन्छ । अनि कमजोरहरूलाई उहाँले नयाँ ऊर्जा दिनुहुन्छ ।
30 De unge skulle blive trætte og vansmægte, og Ungersvende skulle falde brat.
जवान मानिसहरू पनि थकित र हैरान हुन्छन्, अनि जवानहरूले ठेस खान्छन् र ढल्छन्:
31 Men de, som forvente Herren, skulle forny deres Kraft, de skulle opfare med Vinger som Ørnene, de skulle løbe og ikke vansmægte, gaa frem og ikke blive trætte.
तर परमप्रभुमा आशा गर्नेहरूले आफ्नो बललाई नयाँ बनाउनेछन् । तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन् । तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन् । तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन् ।