< Hoseas 4 >
1 Hører Herrens Ord, Israels Børn! thi Herren har en Trætte med dem, som bo i Landet; thi der er ej Sandhed og ej Kærlighed og ej Gudskundskab i Landet;
ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्वस्तता, परमप्रभुको ज्ञान छैन ।
2 Sværgen og Lyren og Myrden og Stjælen og Bolen! man bryder ind, og Blodskyld rører ved Blodskyld.
त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ ।
3 Derfor sørger Landet, og alt, som bor deri, vansmægter, baade de vilde Dyr paa Marken og Fuglene under Himmelen, ogsaa Fiskene i Havet omkomme.
यसैले त्यो देश सुख्खा हुँदैछ, र त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् । मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्र भएका माछासमेत मारिंदैछन् ।
4 Dog skal ingen trætte og ingen revse, da dit Folk er som de, der trætte med en Præst.
तर कसैलाई मुद्धा ल्याउन नदेओ । कसैले कसैलाई पनि दोष नलगाओस् । किनकि मैले दोष लगाइरहेको तिमी, पुजारीहरूलाई नै हो ।
5 Derfor skal du falde om Dagen, og Profeten hos dig skal falde om Natten, og jeg vil lade din Moder gaa til Grunde.
तिमी पुजारीहरू दिनमा ठेस खानेछौ । तिमीहरूसँगै अगमवक्ताहरू पनि रातमा ठेस खानेछन्, र तिमीहरूकी आमालाई म नष्ट गर्नेछु ।
6 Til Grunde gaar mit Folk, fordi det ikke har Kundskab; thi som du har forkastet Kundskab, saa vil ogsaa jeg forkaste dig, at du ikke skal gøre Præstetjeneste for mig; og som du glemte din Guds Lov, vil ogsaa jeg glemme dine Børn.
मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्ट भइरहेका छन् । तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु ।तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु ।
7 Jo mere de bleve mangfoldige, desto mere syndede de imod mig; deres Ære vil jeg omskifte til Skam.
पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो, त्यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे । आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे ।
8 De æde mit Folks Syndofre og længes efter, at det skal forsynde sig.
मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्छन्, र उनीहरूले धेरै दुष्टता गरून् भन्ने तिनीहरूको इच्छा हुन्छ ।
9 Derfor skal det gaa Præsten ligesom Folket; og jeg vil hjemsøge ham for hans Veje og betale ham for hans Idrætter.
पुजारीहरूलाई जस्तो गरियो मानिसहरूलाई त्यस्तै गरिनेछः तिनीहरूका अभ्यासहरूका निम्ति म तिनीहरू सबैलाई दण्ड दिनेछु, तिनीहरूका कामहरूको बदला म तिनीहरूलाई दिनेछु ।
10 Og de skulle æde og ikke blive mætte, bedrive Hor og ikke formere sig; thi de have holdt op med at agte paa Herren.
तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्ट हुनेछैन, तिनीहरूले वेश्यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन् ।
11 Horeri og Vin og Most tager Forstanden bort.
तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।
12 Mit Folk adspørger sin Træklods, og dets Kæp giver det Besked; thi en Horeriets Aand har forvildet dem, og de bedrive Hor, saa at de ikke ville staa under deres Gud.
मेरा मानिसहरूले काठका मूर्तिहरूसँग सल्लाह लिन्छन्, र तिनीहरूका लौरोले तिनीहरूलाई अगमवाणीहरू दिन्छन् । किनभने यौनको छाडापनको विचारले तिनीहरूलाई भ्रममा पारेको छ, र आफ्ना परमेश्वरमा विश्वसयोग्य हुन छोडेर वेश्याहरूले जस्तो व्यवहार तिनीहरूले गरेका छन् ।
13 De ofre paa Bjergtoppene og gøre Røgoffer paa Højene under Ege og Popler og Terebinther, thi deres Skygge er god; derfor bole eders Døtre, og eders Svigerdøtre bedrive Hor.
पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् र पहाडहरूमा, फलाँट, लहरे-पीपल र तारपीनका फेदमा धूप बाल्छन्, किनभने छाया शितल हुन्छ । यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन्, अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन् ।
14 Jeg vil ikke hjemsøge eders Døtre, fordi de bole, eller eders Svigerdøtre, fordi de bedrive Hor; thi selv gaa de afsides med Horkvinderne og ofre med Skøgerne; og Folket, som er uforstandigt, gaar til Grunde.
तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्दा म तिनीहरूलाई दण्ड दिनेछैन, न त तिमीहरूका बुहारीहरूले व्यभिचार गर्दा तिनीहरूलाई दण्ड दिनेछु । किनकि पुरुषहरूले पनि आफैंलाई वेश्याहरूकहाँ दिन्छन्, र पवित्र वेश्याहरूसँग तिनीहरूले अनैतिक काम गर्न सकून् भनेर तिनीहरू बलिदानहरू चढाउँछन् । यी मानिसहरू जसले बुझ्दैनन्, तिनीहरू तल फालिनेछन् ।
15 Om du, Israel, end boler, saa gøre dog Juda sig ikke skyldig! kommer ikke til Gilgal, og gaar ikke op til Beth-Aven, og sværger ikke: Saa sandt Herren lever!
तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ ।
16 Thi Israel er bleven uregerlig som en uregerlig Ko; nu skal Herren lade dem græsse som Lam paa den vide Mark.
किनकि एउटी अटेरी साँडी-गाईले झैं इस्राएलले अटेरी भएर व्यवहार गरेको छ । भेडाहरूलाई घाँसे-मैदानमा लगेझैं परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्नुहुन्छ?
17 Efraim er bunden til Afgudsbilleder; lad ham fare!
एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको छ । त्यसलाई वास्तै नगर ।
18 Deres Drikken er skejet ud, Hor have de bedrevet; højt have deres Skjolde elsket Skændsel.
तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्नो लज्जास्पद कुरालाई ज्यादै मन पराउँछन् ।
19 Et Vejr har omspændt dem med sine Vinger, og de skulle blive til Skamme for deres Ofre.
हावाले त्यसलाई आफ्ना पखेटामा बेर्नेछ, र आफ्ना बलिदानहरूका कारणले तिनीहरू शर्ममा पर्नेछन् ।