< 1 Mosebog 41 >
1 Og det skete, der to Aar vare omme, da drømte Farao, og se, han stod ved Floden.
दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे । तिनी नील नदीको किनारमा उभिए ।
2 Og se, af Floden opsteg syv Køer, skønne af Udseende og fede paa Kød, og aade i Engen.
नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे ।
3 Og se, syv andre Køer opstege efter disse af Floden, stygge af Udseende og magre paa Kød, og stode hos de andre Køer paa Bredden af Floden.
नील नदीबाट अरू सातवटा नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । तिनीहरू नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए ।
4 Og de Køer, som vare stygge af Udseende og magre paa Kød, opaade de syv Køer, som vare skønne af Udseende og fede; saa vaagnede Farao.
त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा सप्रेका र मोटा-मोटा गाईलाई खाइदिए । अनि फारो ब्युँझे ।
5 Og han faldt i Søvn og drømte anden Gang, og se, syv Aks voksede op paa eet Straa, fulde og gode.
तिनी फेरि सुते र अर्को सपना देखे । सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रे ।
6 Og se, syv Aks, tynde og svedne af Østenvinden, skøde op efter dem.
त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्नका बाला तिनीहरू पछि पलाए ।
7 Og de magre Aks opslugte de syv fede og fulde Aks; da vaagnede Farao, og se, det var en Drøm.
सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो ।
8 Og det skete om Morgenen, da var hans Aand bekymret, og han sendte hen og lod kalde alle Spaamænd i Ægypten og alle de vise derudi, og Farao fortalte dem sin Drøm; men der var ingen, som udtydede Farao den.
बिहान तिनको आत्मा बेचैन भयो । तिनले मिश्रका सबै जादुगर र बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए । फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए, तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्ने त्यहाँ कोही भएन ।
9 Da talede den øverste Mundskænk til Farao og sagde: Jeg ihukommer i Dag min Synd.
त्यसपछि मुख्य पियाउनेले फारोलाई भने, “आज म मेरो दोषको बारेमा सोच्दै छु ।
10 Farao var vred paa sine Tjenere og lod mig sætte i Fængsel udi Huset hos den øverste for Livvagten, mig og den øverste Bager.
फारो आफ्ना नोकरहरूसित रिसाउनु भई मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्तानको कैदखानामा राख्नुभयो ।
11 Da drømte vi en Drøm i een Nat, jeg og han; vi drømte, hver efter sin Drøms Udtydning.
तिनी र मैले एउटै रात सपना देख्यौँ । हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ ।
12 Og der var hos os en hebraisk ung Karl, en Tjener hos den øverste for Livvagten, og ham fortalte vi, og han udtydede os vore Drømme; hver efter sin Drøm udtydede han det.
त्यहाँ हामीसित एक जना जवान हिब्रू मानिस थियो जो अङ्गरक्षकका कप्तानको नोकर थियो । हामीले त्यसलाई हाम्रा सपनाहरू बताएपछि त्यसले अर्थ खोलिदियो । त्यसले हामीलाई आ-आफ्ना सपनाअनुसार अर्थ खोलिदियो ।
13 Og det skete, ligesom han udtydede os det, saa skete det; mig satte man i mit Sted igen, og ham hængte man.
त्यसले हामीलाई अर्थ खोलिदिएअनुसार नै हुन आयो । फारोले मलाई मेरो पदमा पुनर्स्थापना गरिदिनुभयो, तर अर्को मानिसलाई झुण्ड्याइयो ।”
14 Da sendte Farao hen og lod kalde Josef, og de lode ham straks ud af Hulen, og han lod sig rage og førte sig i andre Klæder og kom til Farao.
त्यसपछि फारोले योसेफलाई डाक्न पठाए । तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए । तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए ।
15 Da sagde Farao til Josef: Jeg drømte en Drøm, og ingen er der, som kan udtyde den; men jeg har hørt sige om dig, at naar du hører en Drøm, kan du udtyde den.
फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेँ, तर यसको अर्थ खोल्ने कोही भएन । तर तिमीले सपना सुन्यौ भने यसको अर्थ खोल्न सक्छौ भनी मैले तिम्रो बारेमा सुनेको छु ।”
16 Og Josef svarede Farao og sagde: Det staar ikke til mig; Gud skal svare Farao godt.
योसेफले फारोलाई जवाफ दिए, “ममा यस्तो खुबी त छैन, तर परमेश्वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ ।”
17 Da sagde Farao til Josef: Der jeg drømte, se, da stod jeg paa Bredden af Floden.
फारोले योसेफलाई बताए, “मेरो सपनामा म नील नदीको किनारमा उभिएँ ।
18 Og se, syv Køer opstege af Floden, fede paa Kød og skønne af Skikkelse, og de aade i Engen.
नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे ।
19 Og se, efter dem opstege syv andre Køer, tynde og saare stygge af Skikkelse og magre paa Kød; jeg har ikke set saa stygge som dem i hele Ægyptens Land.
नील नदीबाट अरू सातवटा कमजोर, नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । मैले पुरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ ।
20 Og de magre og stygge Køer aade de syv første fede Køer.
त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा मोटा-मोटा गाईलाई खाइदिए ।
21 Og der de havde opædt dem, kendtes det dog ikke paa dem, at de havde opædt dem, og de vare stygge at se til ligesom tilforn; og jeg vaagnede.
तिनीहरूले ती गाईहरूलाई खाइसकेपछि तिनीहरू खाएका जस्ता देखिँदैनथे किनकि तिनीहरू पहिलेजस्तै अझै पनि नसप्रेका देखिन्थे । त्यसपछि मेरो निद्रा खुल्यो ।
22 Og jeg saa, der jeg drømte, og se, syv Aks, som voksede op paa eet Straa, fulde og gode.
मेरो अर्को सपनामा मैले सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखेँ ।
23 Og se, efter dem skøde syv tørre Aks frem, som vare tynde og svedne af Østenvinden.
त्यसपछि सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्नका बाला तिनीहरू पछि पलाउन थाले ।
24 Og de tynde Aks opslugte de syv gode Aks; og jeg har sagt Spaamændene det, men ingen kan udtyde mig det.
सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । मैले जादुगरहरूलाई यी सपनाहरू बताएँ, तर मलाई तिनको अर्थ खोलिदिने कोही भएन ।”
25 Og Josef sagde til Farao: Faraos Drøm, den er een: Gud giver Farao til Kende, hvad han vil gøre.
योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हुन् । परमेश्वरले गर्न लाग्नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।
26 De syv gode Køer, de ere syv Aar, og de syv gode Aks, de ere syv Aar, det er een Drøm.
सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् ।
27 Og de syv magre og stygge Køer, de ere syv Aar, og de syv tomme Aks, svedne af Østenvinden, skulle være syv Hungers Aar.
तीपछि आएका सातवटा दुब्ला-दुब्ला र नसप्रेका गाई सात वर्ष हुन्, र पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला अनिकालका सात वर्ष हुन् ।
28 Det er det Ord, som jeg har sagt Farao: Gud lader Farao se, hvad han vil gøre.
मैले फारोलाई बताएको कुरा यही नै हो । परमेश्वरले गर्न लाग्नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।
29 Se, der kommer syv Aar med stor Overflødighed i hele Ægyptens Land.
हेर्नुहोस्, मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ ।
30 Og syv Hungers Aar skulle komme efter dem, at al den Overflødighed skal glemmes i Ægyptens Land, og Hungeren skal fortære Landet.
त्यसपछि सात वर्षको अनिकाल पर्नेछ, र मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन, अनि अनिकाले देशलाई सखाप पार्नेछ ।
31 Og der skal ikke vides af den Overflødighed i Landet for den Hunger, som kommer derefter; thi den bliver meget svar.
देशमा पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झनेछैन किनकि यो अति नै भयानक हुनेछ ।
32 Men at Farao har drømt igen anden Gang betyder, at det skal visselig ske af Gud, og Gud skal snarlig gøre dette.
फारोलाई सपना दोहोर्याइनुको कारणचाहिँ यही हो, कि परमेश्वरले यो विषयलाई पक्का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ ।
33 Saa se nu Farao sig om efter en forstandig og viis Mand, som han kan sætte over Ægyptens Land.
अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस् ।
34 Dette gøre Farao, og han beskikke Tilsynsmænd over Landet og tage den femte Del af Ægyptens Land i de syv Overflødigheds Aar.
फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन् ।
35 Og de skulle samle alle Haande Spise udi disse tilkommende gode Aar og sanke Korn under Faraos Haand til Spise, i Stæderne, og de skulle forvare det.
सहरहरूमा खानाका लागि तिनीहरूले आउँदै गरेका यी असल वर्षहरूका सबै अनाज जम्मा गरून् । तिनीहरूले यसको सञ्चय गर्नुपर्छ ।
36 Og den Spise skal være beskikket for Landet til de syv Hungerens Aar, som skulle komme over Ægyptens Land, at Landet ikke skal ødelægges af Hunger.
मिश्रमा आउने सात वर्षको अनिकालको अवधिमा यी अनाज वितरण गरिनुपर्छ । यसरी अनिकालद्वारा देश सखाप हुनेछैन ।”
37 Og denne Tale var god for Faraos Øjne og for alle hans Tjeneres Øjne.
फारो र तिनका सबै कामदारको दृष्टिमा यो सल्लाह राम्रो थियो ।
38 Og Farao sagde til sine Tjenere: Mon vi kunne finde nogen som denne, en Mand, i hvem Guds Aand er?
फारोले आफ्ना कामदारहरूलाई भने, “यिनीजस्तै परमेश्वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र?”
39 Og Farao sagde til. Josef: Efterdi Gud har ladet dig vide alt dette, da er ingen saa forstandig og viis som du.
त्यसैले फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमीजस्तै कुशल र बुद्धिमान् अरू कोही छैन ।
40 Du skal være over mit Hus, og alt mit Folk skal være dine Ord lydigt; alene ved Tronen vil jeg være større end du.
तिमी नै मेरो घरको अधिकारी हुनेछौ र तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन् । सिंहासनमा मात्रै म तिमीभन्दा ठुलो हुनेछु ।”
41 Og Farao sagde til Josef: Se, jeg har sat dig over alt Ægyptens Land.
फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।”
42 Og Farao tog sin Ring af sin Haand og satte den paa Josefs Haand og lod ham føre i kostelige Linklæder og hængte en Guldkæde om hans Hals
फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली योसेफको औँलामा लगाइदिए । तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए ।
43 og lod ham age paa sin anden Vogn, og de raabte for ham: Abrek; og han satte ham over hele Ægyptens Land.
फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए । मानिसहरू यसो भन्दै तिनको सामु चिच्च्याए, “घुँडा टेकेर झुक ।” फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए ।
44 Og Farao sagde til Josef: Jeg er Farao; og uden din Villie skal ingen Mand opløfte sin Haand eller sin Fod i hele Ægyptens Land.
फारोले योसेफलाई भने, “म फारो हुँ, र तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन ।”
45 Og Farao kaldte Josefs Navn Zafnath Panea og gav ham Asnath, en Datter af Præsten Potifera i On, til Hustru; saa drog Josef ud over Ægyptens Land.
फारोले योसेफको नाउँ “सापनत-पानेह” राखिदिए । तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए । योसेफ मिश्र देशभरि जान्थे ।
46 Og Josef var tredive Aar gammel, der han stod for Farao, Kongen i Ægypten; og Josef gik ud fra Farao og rejste igennem hele Ægyptens Land.
मिश्रका राष्ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए । योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे ।
47 Og Landet bar i Hobetal i de syv Overflødigheds Aar.
सहकालका सात वर्षमा जमिनले प्रचुर मात्रामा उब्जनी गर्यो ।
48 Og han samlede al Spise i de syv Aar, som vare i Ægyptens Land, og lagde Spise i Stæderne; hvad der voksede paa Markerne omkring hver Stad til Spise, det lagde han derudi.
तिनले सात वर्षमा मिश्र देशका सबै अनाज सङ्कलन गरी त्यसलाई सहरहरूमा राखे । तिनले हरेक सहरमा वरिपरिका खेतहरूबाट अनाज थन्क्याएर राखे ।
49 Saa samlede Josef Korn som Havets Sand, overmaade meget, indtil han lod af at tælle; thi der var ikke Tal derpaa.
योसेफले अन्नको भण्डारण समुद्रको बालुवासरह गरे । अन्न यति धेरै थियो कि तिनले हिसाब राख्नै छाडिदिए ।
50 Og før Hungerens Aar kom, blev der født Josef to Sønner, hvilke Asnath, en Datter af Præsten Potifera i On, fødte ham.
अनिकालका वर्षहरू सुरु हुनुभन्दा अगि योसेफले ओनका पुजारी पोतीपेराकी छोरी आसनतबाट दुई जना छोरा जन्माइसकेका थिए ।
51 Og Josef kaldte den førstefødtes Navn Manasse; „thi Gud har ladet mig glemme al min Møje og alt min Faders Hus‟.
योसेफले आफ्नो जेठो छोरोलाई मनश्शे नाउँ दिएका थिए किनकि तिनले भने, “परमेश्वरले मेरा र मेरा पिताका घरानाका सबै कष्ट बिर्सन लगाउनुभएको छ ।”
52 Og den andens Navn kaldte han Efraim; „thi Gud har gjort mig frugtbar i min Elendigheds Land‟.
तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, “परमेश्वरले मेरो कष्टलको देशमा मेरो फलिफाप गराउनुभएको छ ।”
53 Og de syv Overflødigheds Aar endte, som vare i Ægyptens Land.
मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो ।
54 Og de syv Hungerens Aar begyndte at komme, som Josef havde sagt, og der var Hunger i alle Landene, men der var Brød i det hele Ægyptens Land.
योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो । सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो ।
55 Der hele Ægyptens Land led Hunger, da raabte Folket til Farao om Brød; men Farao sagde til alle Ægyptere: Gaar til Josef, hvad han siger eder, skulle I gøre.
सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे । फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ र तिनले भनेझैँ गर ।”
56 Der Hungeren var i hele Landet, da oplod Josef alle Steder, hvor noget var, og solgte Ægypterne Korn; thi Hungeren tog Overhaand i Ægyptens Land.
अनिकालले पुरै देशलाई ढाकेको थियो । योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे । मिश्र देशमा अनिकाल अति भयानक थियो ।
57 Og fra alle Lande kom man til Ægypten for at købe hos Josef; thi Hungeren var meget svar i alle Lande.
सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्न मिश्रमा आउँदै थिए ।