< 2 Mosebog 8 >
1 Og Herren sagde til Mose: Gak til Farao, og du skal sige til ham: Saa siger Herren: Lad mit Folk fare, at de kunne tjene mig.
तब परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, 'परमप्रभु यसो भन्नुहुन्छः मेरो आराधना गर्नलाई मेरा मानिसहरूलाई जान दे ।
2 Og dersom du vægrer dig ved at lade dem fare, se, da vil jeg plage hele dit Landemærke med Frøer.
तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् भने म तेरो सारा देशलाई भ्यागुताले सताउनेछु ।
3 Og Floden skal vrimle med Frøer, og de skulle hoppe op og komme i dit Hus og i dit Sengekammer og paa din Seng og i dine Tjeneres Hus og iblandt dit Folk og i dine Ovne og i dine Dejgtruge.
नदी भ्यागुताहरूले भरिनेछ । तिनीहरू तेरो घर, सुत्ने कोठा र तेरो ओछ्यानमा आउनेछन् । तिनीहरू तेरा मानिसहरू, तेरा चुलाहरू र पिठो मुछ्ने आह्रीहरूमा आउनेछन् ।
4 Og Frøerne skulle hoppe op paa dig og paa dit Folk og paa alle dine Tjenere.
भ्यागुताहरूले तँलाई, तेरा मानिसहरू र तेरा सबै अधिकारीलाई आक्रमण गर्नेछन्' ।”
5 Og Herren sagde til Mose: Sig til Aron: Ræk din Haand ud med din Stav over Strømmene, over Floderne og over Søerne, og lad Frøerne komme op over Ægyptens Land.
परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी लिएर नदीहरू, खोलाहरू र तालहरूमा तपाईंको हात पसारी मिश्र देशमा भ्यागुताहरू ल्याउनुहोस्' ।”
6 Og Aron rakte sin Haand ud over Vandene i Ægypten, og der kom Frøer op og skjulte Ægyptens Land.
हारूनले मिश्रका पानीमा आफ्नो हात पसारे र भ्यागुताहरू आएर मिश्र देशलाई ढाके ।
7 Og Koglerne gjorde ligesaa med deres Besværgelser, og de lode Frøer komme op over Ægyptens Land.
तर जादुगरहरूले पनि त्यसै गरे । तिनीहरूले पनि मिश्र देशभरि भ्यागुताहरू ल्याए ।
8 Da kaldte Farao ad Mose og Aron og sagde: Beder til Herren, at han borttager Frøerne fra mig og fra mit Folk, saa vil jeg lade Folket fare, og de maa ofre til Herren.
तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू लैजाऊन् भनी परमप्रभुलाई बिन्ती चढाओ । तब म उहाँलाई बलिदान चढाउन तेरा मानिसहरूलाई जान दिनेछु ।”
9 Og Mose sagde til Farao: Hav du fremfor mig den Ære at sige, naar jeg skal bede for dig og for dine Tjenere og for dit Folk, at Frøerne skulle fordrives fra dig og fra dine Huse; kun i Floden skulle de blive tilbage.
मोशाले फारोलाई भने, “तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूका लागि मैले कहिले बिन्ती गर्ने भनी तपाईंले मलाई आज्ञा दिन सक्नुहुन्छ ताकि तपाईं र तपाईंका घरहरूबाट भ्यागुताहरूलाई हटाई ती नदीमा मात्र हुन सकून् ।”
10 Og han sagde: I Morgen; og han sagde: Efter dit Ord! at du skal fornemme, at der er ikke nogen som Herren vor Gud,
फारोले भने, “भोलि ।” मोशाले भने, “तपाईंले भन्नुभएझैँ होस् अनि परमप्रभु हाम्रा परमेश्वरजस्तै कोही रहेनछ भनी तपाईंले थाहा पाउनुभएको होस् ।
11 saa skulle Frøerne vige fra dig og fra dine Huse og fra dine Tjenere, og fra dit Folk; kun i Floden skulle de blive tilbage.
भ्यागुताहरू तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन् । ती नदीमा मात्र बस्नेछन् ।”
12 Saa gik Mose og Aron ud fra Farao; og Mose raabte til Herren angaaende de Frøer, som han havde paaført Farao.
मोशा र हारून फारोकहाँबाट गए । तब परमप्रभुले फारोकहाँ ल्याउनुभएका भ्यागुताहरूको बारेमा मोशाले उहाँलाई पुकारा गरे ।
13 Og Herren gjorde efter Mose Ord; saa døde Frøerne bort af Husene, af Gaardene og af Agrene.
मोशाले बिन्ती गरेजस्तै परमप्रभुले गर्नुभयो अर्थात् भ्यागुताहरू घरहरू, चोकहरू र खेतहरूमा मरे ।
14 Og de samlede dem sammen, Hob ved Hob, og Landet stinkede.
मानिसहरूले तिनलाई जम्मा गरी थुप्रो लगाए र ती गन्हाउन लागे ।
15 Der Farao saa, at han havde faaet Luft, da forhærdede han sit Hjerte, og han hørte dem ikke, som Herren havde sagt.
तर शान्त भएको देखेपछि परमप्रभुले भन्नुभएझैँ फारोले आफ्नो ह्रदय कठोर पारे अनि मोशा र हारूनको कुरा सुनेनन् ।
16 Og Herren sagde til Mose: Sig til Aron: Ræk din Stav ud, og slaa Støvet paa Jorden; det skal blive til Lus i hele Ægyptens Land.
परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, 'तपाईंको लट्ठी पसारेर जमिनको धुलोमा प्रहार गर्नुहोस् ताकि यो मिश्र देशभरि भुसुना बनोस्' ।”
17 Og de gjorde saa; og Aron udstrakte sin Haand med sin Stav og slog Støvet paa Jorden, og der blev Lus paa Mennesker og paa Kvæget; alt Støvet i Landet blev til Lus i hele Ægyptens Land.
तिनीहरूले त्यसै गरे । हारूनले लट्ठी लिएर आफ्नो हात पसारे । तिनले जमिनको धुलोमा प्रहार गरे । भुसुनाहरू मानिस र पशुहरूमा आए । सारा मिश्र देशभरि जमिनको धुलो भुसुनै-भुसुना भए ।
18 Og Koglerne gjorde ligesaa med deres Besværgelser for at lade Lus komme frem, men de kunde ikke; og der var Lus paa Menneskene og paa Kvæget.
जादुगरहरूले पनि तिनीहरूका जादुद्वारा भुसुनाहरू ल्याउन खोजे तर तिनीहरूले सकेनन् । मानिस र पशुहरूमा भुसुनाहरू थिए ।
19 Da sagde Koglerne til Farao: Det er Guds Finger; men Faraos Hjerte forhærdedes, saa at han ikke hørte dem, som Herren havde sagt.
तब जादुगरहरूले फारोलाई भने, “यसमा परमेश्वरको हात छ ।” तर फारोको ह्रदय कठोर भयो र तिनले तिनीहरूका कुरा सुनेनन् । परमप्रभुले भन्नुभएझैँ भयो ।
20 Og Herren sagde til Mose: Staa aarle op om Morgenen, og stil dig for Farao; se, han gaar ud til Vandet, og du skal sige til ham: Saa siger Herren: Lad mit Folk fare, at de maa tjene mig.
परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जान लाग्दा त्यसको अगि खडा भएर भन्, 'परमप्रभु यसो भन्नुहुन्छः मलाई आराधना चढाउनलाई मेरा मानिसहरूलाई जान दे ।
21 Thi dersom du ikke lader mit Folk fare, se, da lader jeg komme alle Haande Utøj paa dig og paa dine Tjenere og paa dit Folk og i dine Huse, at Ægypternes Huse skulle vorde fulde af allehaande Utøj, og tilmed Jorden, hvorpaa de ere.
तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँ, तेरा अधिकारीहरू, तेरा मानिसहरू र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु । मिश्रीहरूका घरहरू मात्र नभएर तिनीहरू खडा हुने जमिन पनि झिँगाहरूले भरिनेछन् ।
22 Og paa den samme Dag vil jeg udskille Gosen Land, i hvilket mit Folk er, at der ikke skal være alle Haande Utøj der, paa det du skal fornemme, at jeg er Herren midt i Landet.
तर त्यस दिन म मेरा मानिसहरू बसिरहेका गोशेन प्रदेशलाई चाहिँ फरक तरिकाले व्यवहार गर्नेछु ताकि त्यहाँ झिँगाहरू नहोऊन् । यो देशमा म परमप्रभु हुँ भनी तैँले जानोस् भनी यसो हुनेछ ।
23 Og jeg vil sætte en Frelse til at skille imellem mit Folk og imellem dit Folk; i Morgen skal det Tegn ske.
मेरा मानिसहरू र तेरा मानिसहरूका बिचमा म भिन्नता ल्याउनेछु । भोलि मेरो शक्तिको यो चिन्ह हुनेछ' ।”
24 Og Herren gjorde saa; og der kom en svær Hob Utøj i Faraos Hus og i hans Tjeneres Hus, og i hele Ægyptens Land blev Landet fordærvet af alle Haande Utøj.
परमप्रभुले त्यसै गर्नुभयो । फारोका घरहरू र तिनका अधिकारीहरूका घरहरूमा हुलका हुल झिँगाहरू आए । मिश्र देशभरि झिँगाहारूले देशलाई सखाप पारे ।
25 Og Farao kaldte ad Mose og ad Aron og sagde: Gaar hen, ofrer til eders Gud i dette Land.
फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “हाम्रो आफ्नै देशमा गएर तिमीहरूका परमेश्वरलाई बलिदान चढाउन जाओ ।”
26 Og Mose sagde: Det maa ikke ske, at vi saa gøre; thi vi skulde da ofre til Herren vor Gud, Ægypterne til en Vederstyggelighed; se, skulle vi ofre, Ægypterne til en Vederstyggelighed for deres Øjne, og de skulde ikke stene os?
मोशाले भने, “हामीलाई त्यसो गर्न ठिक हुँदैन किनकि हामीले परमप्रभु हाम्रा परमेश्वरलाई चढाउने बलिदान मिश्रीहरूको भन्दा बेग्लै हुनेछ । हामीले मिश्रीहरूलाई घिनलाग्ने बलि तिनीहरूकै आँखाको सामुन्ने चढायौँ भने के तिनीहरूले हामीमाथि ढुङ्गा बर्साउँदैनन् र?
27 Vi skulle gaa tre Dages Rejse i Ørken og ofre til Herren vor Gud, saasom han skal sige os.
परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आज्ञा दिनुभएझैँ उहाँलाई बलिदान गर्न हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जानैपर्छ ।”
28 Da sagde Farao: Jeg vil lade eder fare, at I skulle ofre til Herren eders Gud i Ørken, dog saa, at I ikke skulle drage længere bort; beder for mig.
फारोले भने, “परमप्रभु तिमीहरूका परमेश्वरलाई उजाड-स्थानमा बलिदान चढाउन जान दिन म अनुमति दिनेछु । तिमीहरू धेरै टाढा भने जानुहुँदैन । मेरो लागि प्रार्थना चढाऊ ।”
29 Og Mose sagde: Se, naar jeg kommer ud fra dig, da vil jeg bede til Herren, at alle Haande Utøj skal vige fra Farao og fra hans Tjenere og fra hans Folk i Morgen; kun at Farao ikke bedrager mig mere, saa at han ej lader Folket fare at ofre til Herren.
मोशाले भने, “म यहाँबाट जानेबित्तिकै हजुर फारो र हजुरका अधिकारीहरूसाथै मानिसहरूबाट झिँगाका हुलहरू भोलि नै हटून् भनी बिन्ती गर्नेछु । तर परमप्रभुलाई बलिदान चढाउन जान नदिई हाम्रा मानिसहरूलाई तपाईंले छल गर्नुहुँदैन ।
30 Og Mose gik ud fra Farao og bad til Herren.
मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।
31 Saa gjorde Herren efter Mose Ord og borttog alle Haande Utøj fra Farao, fra hans Tjenere og fra hans Folk; der blev ikke eet igen.
मोशाले अनुरोध गरेअनुसार परमप्रभुले गर्नुभयो, र उहाँले फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूबाट झिँगाका हुलहरूलाई हटाइदिनुभयो । एउटै पनि बाँकी रहेन ।
32 Men Farao forhærdede sit Hjerte end denne Gang og lod ikke Folket fare.
तर फारोले यस पटक पनि आफ्नो ह्रदय कठोर पारे र तिनले मानिसहरूलाई जान दिएनन् ।