< 2 Mosebog 22 >

1 Naar nogen stjæler en Okse eller et Lam og slagter det eller sælger det, skal han betale fem Okser for Oksen og fire Lam for Lammet.
कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्‍यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु र एउटा भेडाको सट्टा चारवटा भेडा देओस् ।
2 Om nogen Tyv bliver greben, idet han bryder ind, og bliver slagen og dør, skal ingen Bloddom udgaa for hans Skyld.
घर फोर्दै गर्दा चोरलाई भेट्टाइयो र त्यसलाई प्रहार गर्दा त्‍यो मर्‍यो भने त्यसलाई हिर्काउने हत्याको दोषी हुनेछैन ।
3 Men er Solen opgangen over ham, da skal Bloddom udgaa for hans Skyld. Tyven skal betale; men har han intet, da skal han sælges for sit Tyveri.
तर त्यसले घर फोर्नुअगि घाम झुल्किसकेको रहेछ भने त्यसलाई मार्ने व्यक्‍तिलाई हत्याको दोष लाग्‍नेछ । चोरले नोक्सानी भरिदिनुपर्छ । त्योसँग केही छैन भने त्यसको चोरीको लागि त्यसलाई बेचिनुपर्छ ।
4 Dersom det stjaalne findes i hans Vold, hvad enten det er Okse eller Asen eller Lam, som er levende, skal han betale dobbelt.
चोरिएको पशु अर्थात् चाहे त्यो गोरु होस् वा गधा होस् वा भेडा होस्, त्योसँगै जिउँदै पाइयो भने त्यसले दुई गुणा फिर्ता दिनुपर्छ ।
5 Naar nogen lader afæde Ager eller Vingaard, idet han slaar sit Kvæg løs, og det afæder en andens Ager, da skal han betale af det bedste paa sin Ager og af det bedste i sin Vingaard.
कुनै मानिसले खेत वा दाखबारीमा आफ्ना गाईवस्तु चराउँदा त्यसले बाँधेन र पशु अर्को मानिसको खेतमा चर्न पुग्यो भने त्यसले आफ्नो सबैभन्दा असल खेत वा दाखबारीबाट नोक्सानी तिर्नुपर्छ ।
6 Om Ild farer ud og griber fat i Torne, og Negene eller det staaende Korn eller Ageren ødelægges, da skal han, som antændte Branden, visselig betale.
आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्‍नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्‍यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ ।
7 Om nogen flyr sin Næste Penge eller Tøj at forvare, og det bliver stjaalet af Mandens Hus, skal Tyven, hvis han findes, betale dobbelt.
कुनै मानिसले आफ्नो छिमेकीलाई सुरक्षाको खातिर रुपियाँ-पैसा वा सामान राख्‍न दिँदा त्यस मानिसको घरबाट त्यो चोरी भयो र चोर फेला पारियो भने चोरले दुई गुणा तिर्नुपर्छ ।
8 Men findes Tyven ikke, da skal Husbonden føres frem for Gud at vidne, at han ikke har lagt sin Haand paa sin Næstes Tøj.
तर चोरलाई फेला पारिएन भने घरको मालिकको छिमेकीको सम्पत्तिमाथि उसकै हात छ या छैन भनी जाँच गर्न त्यो न्यायकर्ताहरूको सामु आउनुपर्छ ।
9 Hvad angaar al svigagtig Handel, om Okse, Asen, Lam, Klæder, om alt, hvad der er tabt, om hvilket nogen siger, at dette er hans, da skal begges Sag komme for Gud; hvem Gud siger at være skyldig, han skal betale sin Næste dobbelt.
कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले “यो मेरो हो” भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ । न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस् ।
10 Naar nogen flyr sin Næste Asen eller Okse eller Lam eller andet Kvæg at passe paa, og det dør, eller det kommer til Skade, eller det bortføres, og ingen ser det,
कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्‍नलाई दिँदा त्यो मर्‍यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने
11 da skal Ed ved Herren være imellem dem begge, at han ikke har lagt sin Haand paa sin Næstes Gods, og den skal dets Ejermand tage for god, og den anden skal ikke betale.
आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।
12 Men bliver det stjaalet fra ham, da skal han betale dets Ejermand det.
तर त्यसबाट यो चोरी भएको हो भने त्यसले यसको लागि मालिकलाई क्षतिपूर्ति तिर्नुपर्छ ।
13 Men bliver det sønderrevet, da skal han føre det frem til et Vidnesbyrd; han skal ikke betale det, som er sønderrevet.
पशुलाई टुक्राटुक्रा पारिएको छ भने अर्को मानिसले साक्षीको रूपमा त्यो पशु ल्याओस् । टुक्राटुक्रा पारिएको कारण त्यसले क्षतिपूर्ति दिनुपर्दैन ।
14 Og naar nogen laaner noget af sin Næste, og det kommer til Skade eller dør, da skal han, hvis Ejermanden ikke er til Stede, betale det.
कुनै मानिसले आफ्नो छिमेकीबाट पशु पैँचो लिँदा मालिकको उपस्थितिविना त्यसलाई चोट लाग्यो वा त्यो मर्‍यो भने अर्को मानिसले क्षतिपूर्ति दिनैपर्छ ।
15 Dersom dets Ejermand er derhos, da skal han ikke betale; dersom det er lejet, da regnes det for Lejen.
तर मालिक पनि उपस्थित थियो भने अर्को मानिसले तिर्नुपर्दैन । पशुलाई भाडामा लिइएको थियो भने ज्यालाको लागि लाग्‍ने रकमले क्षतिपूर्ति तिरिनेछ ।
16 Og naar nogen lokker en Jomfru, som ikke er trolovet, og ligger hos hende, da skal han visselig give Morgengave for hende og tage sig hende til Hustru.
कुनै पुरुषले मगनी नभएकी कन्या केटीलाई फकाएर त्यससित सुत्यो भने त्यसले दुलहीको रकम दिएर त्यसलाई आफ्नी पत्‍नी बनाउनुपर्छ ।
17 Men om hendes Fader vægrer sig ved at give ham hende, da skal han tilveje Penge efter Morgengave for en Jomfru.
केटीको बुबाले केटी त्यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्‍यो भने त्यसले कन्या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ ।
18 Du skal ikke lade en Troldkvinde leve.
तिमीहरूले टुनामुना गर्नेलाई जीवित नराख्‍नू ।
19 Hver som ligger hos et Dyr, skal visselig dødes.
पशुसित सुत्‍ने जोसुकै पनि मारिनैपर्छ ।
20 Hvo som ofrer til Guderne og ikke til Herren alene, skal være forbandet.
परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ ।
21 Og du skal ikke plage en fremmed og ikke undertrykke ham; thi I have været fremmede i Ægyptens Land.
तिमीहरूले परदेशीको बिगार गर्नुहुँदैन वा त्यसलाई थिचोमिचो गर्नुहुँदैन किनकि तिमीहरू पनि मिश्र देशमा परदेशीहरू थियौ ।
22 I skulle ikke plage nogen Enke eller faderløs.
विधवा वा अनाथलाई दुर्व्यवहार नगर्नू ।
23 Dersom du plager ham, og han raaber til mig, da skal jeg visselig høre hans Raab.
तिनीहरूलाई सतायौ र तिनीहरूले मेरो पुकारा गरे भने म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु ।
24 Saa optændes min Vrede, og jeg ihjelslaar eder med Sværd, og eders Hustruer skulle blive Enker og eders Børn faderløse.
मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन् ।
25 Dersom du laaner mit Folk Penge, nemlig den fattige hos dig, da skal du ikke være ham som en Aagerkarl; I skulle ikke lægge Aager paa ham.
मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर ।
26 Dersom du tager din Næstes Klædebon til Pant, da skal du give ham det igen, førend Solen gaar ned.
तिमीहरूले छिमेकीको खास्टो बन्धकी राख्यौ भने सूर्यास्तअगि नै तिमीहरूले त्यो फिर्ता गरिदिनुपर्छ ।
27 Thi det er hans eneste Skjul, det er hans Klædebon for hans Krop; deri ligger han; og det skal ske, naar han raaber til mig, da skal jeg høre det, thi jeg er naadig.
किनकि त्यसको ओढ्ने त्यही मात्र हो । यो त्यसको शरीरको लागि त्यसको खास्टो हो । योबाहेक त्यो केमा सुत्‍न सक्छ र? त्यसले मेरो पुकारा गर्दा म सुन्‍नेछु किनकि म दयालु छु ।
28 Du skal ikke bande Gud, og den øverste iblandt dit Folk skal du ikke ønske ondt over.
परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दा नगर न त तिमीहरूका मानिसहरूको शासकलाई सराप ।
29 Du skal ikke tøve med at give mig af din Lades Fylde og din Vinperses Væde; du skal give mig den førstefødte af dine Sønner.
तिमीहरूको कटनी वा दाखबारीबाट भेटी चढाउन विलम्ब नगर । तिमीहरूका छोराहरूका जेठोचाहिँ मलाई दिनुपर्छ ।
30 Saaledes skal du gøre med din Okse og med dit Faar; det skal være syv Dage hos sin Moder, paa den ottende Dag skal du give mig det.
त्यस्तै गरी तिमीहरूका गोरु र भेडाहरूलाई पनि यसै गर । सात दिनसिम्म तिनीहरू आ-आफ्ना माउसित बस्‍न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ ।
31 Og I skulle være mig aldeles hellige Mennesker og ikke æde Kød, som er sønderrevet paa Marken; for Hunde skulle I kaste det.
तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ । त्यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू । बरु, त्यो कुकुरहरूलाई फालिदिनू ।

< 2 Mosebog 22 >