< 2 Mosebog 15 >
1 Da sang Mose og Israels Børn denne Sang for Herren og sagde: Jeg vil synge for Herren; thi han er højt ophøjet; Hesten og den, som red derpaa, har han nedstyrtet i Havet.
तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए । तिनीहरूले भने, “म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।
2 Herren er min Styrke og Lovsang, og han blev mig til Frelse; denne er min Gud, og jeg vil prise ham, min Faders Gud, og jeg vil ophøje ham.
परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ । उहाँ मेरा परमेश्वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु । उहाँ मेरा पिता-पुर्खाका परमेश्वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु ।
3 Herren er en Krigsmand, „Herre‟ er hans Navn.
परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
4 Han kastede Faraos Vogne og hans Hær i Havet, og hans udvalgte Høvedsmænd bleve druknede i det røde Hav.
उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ । फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे ।
5 Afgrundene skjulte dem; de sank ned i de dybe Vande som en Sten.
गहिराइले तिनीहरूलाई छोप्यो । तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे ।
6 Herre! din højre Haand har vist sig at være herlig med Styrke; Herre! du knuser Fjenden med din højre Haand.
हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ ।
7 Og du nedstøder dine Modstandere med din store Højhed; du udsender din Vrede, den fortærer dem som Straa.
महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्यो ।
8 Og ved din Vredes Vejr ophobedes Vandene, Strømmene stode som en Dynge; Bølgerne stivnede midt i Havet.
तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो । बगिरहेको पानी स्थिर भई उभियो । गहिरो पानी समुद्रको मुटुमा जम्यो ।
9 Fjenden sagde: Jeg vil forfølge, gribe, dele Rovet; min Sjæl skal stille sin Lyst paa dem, jeg vil uddrage mit Sværd, min Haand skal udrydde dem.
शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्त हुनेछ । म मेरो तरवार थुत्नेछु । मेरा हातले तिनीहरूलाई नष्ट पार्नेछन् ।'
10 Du blæste med dit Vejr, Havet skjulte dem; de sank som Bly i de mægtige Vande.
तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे ।
11 Hvo er som du iblandt Guderne, Herre? hvo er som du, herlig bevist i Hellighed, forfærdelig at berømme, underfuld i Gerning!
हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र?
12 Du udrakte din højre Haand, Jorden opslugte dem.
तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो ।
13 Du har ved din Miskundhed ført dette Folk, som du har genløst; du ledsagede dem med din Kraft til din Helligheds Bolig.
तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्याउनुभएको छ ।
14 Folkene hørte det, de bævede; Angest betog dem, som bo i Palæstina.
जाति-जातिहरूले सुन्नेछन्, र तिनीहरू थरथर काँप्नेछन् । त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ ।
15 Da forfærdedes Edoms Fyrster, Bæven betog de vældige i Moab, alle Indbyggere i Kanaan bleve mistrøstige.
तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् ।
16 Forfærdelse og Frygt skal falde over dem, ved din Arms Magt skulle de blive tavse som en Sten, indtil dit Folk, Herre! kommer over, til det Folk kommer over, som du har forhvervet.
आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन् । हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन् ।
17 Du skal føre dem ind og plante dem paa din Arvs Bjerg; du har gjort en Bolig, hvori du vil bo, o Herre! en Helligdom, Herre! har dine Hænder beredt.
तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ । हे परमप्रभु, यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन् ।
18 Herren skal regere evindelig og altid.
परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ ।”
19 Thi Faraos Heste droge ind med hans Vogne og hans Ryttere i Havet, og Herren lod Havets Vande komme tilbage over dem; men Israels Børn gik paa det tørre midt igennem Havet.
किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए ।
20 Og Maria, den Profetinde, Arons Søster, tog en Pauke i sin Haand; og alle Kvinder gik ud efter hende med Pauker og Dans.
हारूनकी दिदी अगमवादिनी मिरियमले खैँजडी लिइन्, र सबै स्त्रीले पनि खैँजडी लिँदै उनीसँगै नाचे ।
21 Og Maria svarede dem: Synger for Herren, thi han er højt ophøjet; Hesten og den, som red derpaa, har han nedstyrtet i Havet.
मिरियमले तिनीहरूका निम्ति गाइन्, “परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।”
22 Og Mose lod Israel drage frem fra det røde Hav, og de droge ud til den Ørk Sur, og de vandrede tre Dage i Ørkenen og fandt ikke Vand.
तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन्
23 Saa kom de til Mara; men de kunde ikke drikke Vandet i Mara, thi det var besk; derfor kaldte han dens Navn Mara.
। त्यसपछि तिनीहरू मारा भन्ने ठाउँमा आइपुगे, तर त्यहाँको पानी तितो भएकोले तिनीहरूले पिउन सकेनन् । त्यसैले तिनीहरूले त्यस ठाउँको नाउँ मारा राखे ।
24 Da knurrede Folket imod Mose og sagde: Hvad skulle vi drikke?
त्यसकारण मानिसहरूले “हामीले के पिउने?” भनी मोशालाई गनगन गरे ।
25 Saa raabte han til Herren, og Herren viste ham et Træ, og han kastede det i Vandet, og saa blev Vandet sødt. Der satte han dem Lov og Ret, og der forsøgte han dem.
मोशाले परमप्रभुलाई पुकारा गरे, र उहाँले तिनलाई एउटा बिरुवा देखाइदिनुभयो । मोशाले त्यसलाई पानीमा हाल्दा पानी पिउनलाई मिठो भयो । त्यहीँ नै परमप्रभुले तिनीहरूलाई कडा विधि दिनुभयो, त्यहाँ नै उहाँले तिनीहरूको जाँच गर्नुभयो ।
26 Og han sagde: Om du flitteligen hører Herren din Guds Røst, og gør det, som Ret er for hans Øjne, og vender dine Øren til hans Bud og holder alle hans Befalinger, da vil jeg ikke lægge paa dig nogen af de Sygdomme, som jeg lagde paa Ægypterne; thi jeg er Herren, som læger dig.
उहाँले भन्नुभयो, “तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ, र उहाँको दृष्टिमा जे ठिक छ त्यही गर्यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ र उहाँका विधिहरू पालन गर्यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्गाइ गर्ने परमेश्वर हुँ ।”
27 Og de kom til Elim, og der var tolv Vandkilder og halvfjerdsindstyve Palmetræer; og der lejrede de sig ved Vandet.
तब मानिसहरू एलीममा आइपुगे जहाँ पानीका बार्हवटा मुल र सत्तरीवटा खजुरका रुख थिए । तिनीहरूले पानी नजिकै पाल टाँगे ।