< Kolossensern 3 >

1 Naar I altsaa ere blevne oprejste med Kristus, da søger det, som er oventil, hvor Kristus sidder ved Guds højre Haand.
यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्‍नुभएको छ ।
2 Tragter efter det, som er oventil, ikke efter det, som er paa Jorden.
माथिका कुराहरूमा विचार गर, तर पृथ्वीका कुरामा ध्यान नलगाओ ।
3 Thi I ere døde, og eders Liv er skjult med Kristus i Gud.
किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको छ ।
4 Naar Kristus, vort Liv, aabenbares, da skulle ogsaa I aabenbares med ham i Herlighed.
जब ख्रीष्‍ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।
5 Saa døder da de jordiske Lemmer, Utugt, Urenhed, Brynde, ondt Begær og Havesygen, som jo er Afgudsdyrkelse;
त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो ।
6 for disse Tings Skyld kommer Guds Vrede.
यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँछ ।
7 I dem vandrede ogsaa I fordum, da I levede deri.
तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ ।
8 Men nu skulle ogsaa I aflægge det alt sammen, Vrede, Hidsighed, Ondskab, Forhaanelse, slem Snak af eders Mund.
तर अब यी कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ– रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
9 Lyver ikke for hverandre, da I have afført eder det gamle Menneske med dets Gerninger
एक अर्कालाई नढाँट; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ ।
10 og iført eder det nye, som fornyes til Erkendelse efter hans Billede, der skabte det;
तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ, जुन त्यसलाई सृष्‍टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको छ ।
11 hvor der ikke er Græker og Jøde, Omskærelse og Forhud, Barbar, Skyther, Træl, fri, men Kristus er alt og i alle.
यस ज्ञानमा, कोही ग्रिक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्‍का हुँदैन, तर ख्रीष्‍ट नै सबै कुरा हुनुहुन्छ र सबै कुरामा हुनुहुन्छ ।
12 Saa ifører eder da som Guds udvalgte, hellige og elskede inderlig Barmhjertighed, Godhed, Ydmyghed, Sagtmodighed, Langmodighed,
त्यसकारण, परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर ।
13 saa I bære over med hverandre og tilgive hverandre, dersom nogen har Klagemaal imod nogen; ligesom Kristus tilgav eder, saaledes ogsaa I!
एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।
14 Men over alt dette skulle I iføre eder Kærligheden, hvilket er Fuldkommenhedens Baand.
यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर, जुनचाहिँ पूर्णताको बन्धन हो ।
15 Og Kristi Fred raade i eders Hjerter, til hvilken I ogsaa bleve kaldede i eet Legeme; og vorder taknemmelige!
तिमीहरूका हृदयमा ख्रीष्‍टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ ।
16 Lad Kristi Ord bo rigeligt iblandt eder, saa I med al Visdom lære og paaminde hverandre med Psalmer, Lovsange og aandelige Viser, idet I synge med Ynde i eders Hjerter for Gud.
ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ ।
17 Og alt, hvad I gøre i Ord eller i Handling, det gører alt i den Herres Jesu Navn, takkende Gud Fader ved ham.
अनि जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्‍वर पितालाई उहाँद्वारा धन्यवाद देओ ।
18 I Hustruer! underordner eder under eders Mænd, som det sømmer sig i Herren.
पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।
19 I Mænd! elsker eders Hustruer, og værer ikke bitre imod dem!
पतिहरू, आफ्ना पत्‍नीहरूलाई प्रेम गर र उनीहरूप्रति कठोर नहोओ ।
20 I Børn! adlyder i alle Ting eders Forældre, thi dette er velbehageligt i Herren.
छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।
21 I Fædre! opirrer ikke eders Børn, for at de ikke skulle tabe Modet.
बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्‍नेछन् ।
22 I Trælle! adlyder i alle Ting eders Herrer efter Kødet, ikke med Øjentjeneste som de, der ville tækkes Mennesker, men i Hjertets Enfold, frygtende Herren.
दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । परमप्रभुको भय मान ।
23 Hvad I end foretage eder, saa gører det af Hjertet, som for Herren og ikke for Mennesker,
तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति आत्मादेखि नै गर ।
24 da I vide, at I af Herren skulle faa Arven til Vederlag; det er den Herre Kristus, I tjene.
तिमीहरू जान्दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ ।
25 Thi den, som gør Uret, skal faa igen, hvad Uret han gjorde, og der er ikke Persons Anseelse.
किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।

< Kolossensern 3 >