< 2 Samuel 23 >
1 Og disse ere de sidste Davids Ord: Saa sagde David, Isajs Søn, og saa sagde den Mand, som er højt ophøjet, Jakobs Guds Salvede, og lystelig ved Israels Salmer:
अब दाऊदको अन्तिम वचनहरू यी नै हुन्— यिशैका छोरा दाऊद, उच्च रूपमा आदर गरिएको मानिस, याकूबका परमेश्वरले अभिषेक गर्नुभएको व्यक्ति, इस्राएलको सुमधुर भजनकार ।
2 Herrens Aand talede ved mig, og hans Tale er paa min Tunge.
“परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो जिब्रोमा थियो ।
3 Israels Gud sagde, til mig talede Israels Klippe: Der skal være en, som hersker iblandt Menneskene, en retfærdig, en, som hersker i Guds Frygt,
इस्राएलका परमेश्वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्नुभयो, 'जसले मानिसहरूमाथि धार्मिक रूपले शासन गर्छ, जसले परमेश्वरको भयमा शासन गर्छ ।
4 og som Lys om Morgenen, naar Solen opgaar, om Morgenen, naar der ikke ere Skyer, naar Græsset vokser af Jorden ved Solskin efter Regnen.
त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहानजस्तो हुनेछ, जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ ।
5 Thi staar mit Hus sig ikke saa med Gud? thi han har sat mig en evig Pagt, som er ordentligt beskikket i alle Maader og bevaret; thi al min Frelse og al min Lyst, skulde han ej lade den spire frem?
वास्तवमा, के मेरो परिवार परमेश्वरको सामु यस्तै हुँदैन र? के उहाँले मसँग हरेक उपायले स्थापित र पक्का अनन्त करार गर्नुभएको छैन र? के उहाँले मेरो उद्धारको वृद्धि र मेरा सबै इच्छा पुरा गर्नुहुन्न र?
6 Men Belials Børn, de skulle alle sammen være som Torne, der udkastes; thi de kunne ikke tages med Haand.
तर व्यार्थकाहरू फालिने काँडाजस्तै हुनेछन्, किनभने तिनीहरूलाई कसैको हातले जम्मा पार्न सकिंदैन ।
7 Men hver, som vil røre ved dem, maa være forsynet med Jern og Spydstage; og de skulle opbrændes med Ild, hvor de bo.
तिनीहरूलाई छुने मानिसले फलामको समग्री वा भालाको बिंड प्रयोग गर्नुपर्छ । जहाँ तिनीहरू बस्छन् त्यहीं तिनीहरूलाई जलाउनुपर्छ' ।”
8 Disse ere Navnene paa de vældige, som hørte David til: Joseb-Basebeth Takmoni var en Øverste for Høvedsmændene, han svingede sin Lanse imod otte Hundrede, som bleve ihjelslagne paa een Gang.
दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब-बेश्बेत वीर मानिसहरूका अगुवा थिए । तिनलले एकै पटकमा आठ सय मानिसलाई मारे ।
9 Og efter ham var Eleasar, en Søn af Dodo, som var en Søn af Ahohi; han var iblandt de tre vældige med David, da de forhaanede Filisterne, som der vare forsamlede til Strid, medens Israels Mænd droge op.
तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए । तिनी तीन जना वीर मनिसमध्ये एक जना थिए । युद्ध गर्न भेला भएका पलिश्तीहरूलाई इस्राएलीहरूले अपमान गर्दा र इस्राएलीहरू पछि हट्दा दाऊदको साथमा हुने तिनी नै थिए ।
10 Han stod op og slog Filisterne, indtil hans Haand blev træt, og hans Haand hang fast ved Sværdet, og Herren gjorde en stor Frelse paa den samme Dag; og Folket vendte tilbage efter ham kun for at udplyndre de ihjelslagne.
एलाजार खडा भए र आफ्नो हात नथाकेसम्म, र तिनको हातले तरवारको बिंड नै नसमात्ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।
11 Og efter ham var Arariteren Samma, Ages Søn; da Filisterne vare forsamlede i en Hob, da var der sammesteds et Stykke Land fuldt med Linser, og Folket flyede for Filisternes Ansigt,
तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे ।
12 og han stillede sig midt paa dette Stykke og friede det og slog Filisterne, og Herren gjorde en stor Frelse.
तर शम्मा खेतको बिचमा भए भए र त्यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो ।
13 Og tre af de tredive ypperste gik ned og kom om Høsten til David til Hulen ved Adullam, og Filisternes Hob havde lejret sig i Refaims Dal.
तीस जनामध्येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्लामको गुफामा गए । पलिश्तीहरूका फौजले रपाईंको बेसीमा छाउनी हालेका थिए ।
14 Og David var da i Befæstningen; men Filisternes Befæstning var da i Bethlehem.
त्यस बेला दाऊद आफ्नो किल्ला अर्थात् गुफामा थिए, जबकि पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए ।
15 Og David fik Lyst og sagde: Hvo vil give mig Vand at drikke af den Brønd i Bethlehem, som er ved Porten?
दाऊदले पानी तृष्णा गरे र भने, “बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्थ्यो नि!”
16 Da brøde de tre vældige ind i Filisternes Lejr og droge Vand af den Brønd i Bethlehem, som er i Porten, og de bare og førte det til David; men han vilde ikke drikke deraf, men udøste det for Herren.
त्यसैले यी तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बिचबाट गए र बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी ल्याए । तिनीहरूले पानी लिए र दाऊदकहाँ ल्याए, तर तिनले त्यो पिउन इन्कार गरे । बरु, तिनले त्यो परमप्रभुमा चढाए ।
17 Og han sagde: Det være langt fra mig, o Herre! at jeg skulde gøre dette! er det ikke de Mænds Blod, som gik derhen med Livsfare? Og han vilde ikke drikke det. Dette gjorde de tre vældige.
अनि तिनले भने, “हे परमप्रभु, मैले यसो गर्ने कुरा मबाट दूर रहोस् । के मैले ती मानिसहरूका रगत पिउनु जसले आफ्ना जीवनलाई खतरामा हालेका छन्?” त्यसैले तिनले त्यो पिउन इन्कार गरे । ती तीन जना वीर मानिसले यी कुराहरू गरेका थिए ।
18 Og Abisaj, Joabs Broder, Zerujas Søn, var en Øverste for Høvedsmændene, og han opløftede sit Spyd imod tre Hundrede, som bleve ihjelslagne; og han var navnkundig iblandt de tre.
योआबका भाइ र सरूयाहका छोरा अबीशै यी तिन जनाका कप्तान थिए । तिनले एक पटक तीन सय जना मानिससँग लडे र तिनीहरूलाई मारे । तिनलाई प्रायः तीन जना सिपाहरूसँगै उल्लेख गरिन्छ ।
19 Var han ikke herligere end de tre? og han var deres Øverste; men han naaede ikke de tre.
के तिनी ती तीन जनाभन्दा धेरै प्रसिद्ध थिएनन् र? तिनलाई उनीहरूका कप्तान बनाइएको थियो । तापनि तिनको ख्याति तीन जना धेरै ख्यातिप्राप्त सिपाहीका बराबर थिएन ।
20 Og Benaja, Jojadas Søn, var en stridbar Mands Søn, stor i Gerninger, fra Kabzeel; han slog to Løvehelte af Moabiterne, og han gik ned og slog en Løve midt i en Brønd en Dag, da der var Sne.
यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए । तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे । तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे । तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे ।
21 Og han slog en ægyptisk Mand, som var anselig, og den Ægypter havde et Spyd i sin Haand; men han gik ned til ham med en Kæp, og han rykkede Spydet af Ægypterens Haand og slog ham ihjel med hans eget Spyd.
त्यसपछि तिनले एक जना ठुलो मिश्रीलाई मारे । मिश्रीको हातमा भाला थियो, तर बनायाहले त्यससँग लौरोले मात्र युद्ध लडे । तिनले त्यो मिश्रीको हातबाट भाला खोसे र त्यसको आफ्नै भालाले त्यसलाई मारे ।
22 Disse Ting gjorde Benaja, Jojadas Søn, og han var navnkundig iblandt de tre vældige,
यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए, र तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो ।
23 herligere end de tredive, men han naaede ikke de tre; og David satte ham i sit Raad.
तिनलाई तीस जना सिपालाई भन्दा उच्च आदर दिइन्थ्यो, तर तिनलाई ती तीन जनालाई जत्ति उच्च रूपमा बिलकुलै मानिंदैनथ्यो । तापनि दाऊदले यिनलाई आफ्नो अङ्गरक्षकको जिम्मा दिए ।
24 Asael, Joabs Broder, var iblandt de tredive; Elhanan, Dodos Søn af Bethlehem;
ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,
25 Haroditeren Samma; Haroditeren Elika;
हरोदी शम्मा, हरोदी एलीका,
26 Palthiteren Helez; Thekoiteren Ira, Ikes's Søn;
पल्ती हेलेस, तकोका इक्केशका छोरा ईरा,
27 Anathothiteren Abieser; Husathiteren Mebunaj;
अनातोतका अबीएजेर, हूशाती मबून्ने,
28 Ahohiteren Zalmon; Netofathiteren Maharaj;
अहोही सल्मोन, नतोपाती महरै,
29 Netofathiteren Heleb, Baenas Søn; Ithai, Ribajs Søn, af Benjamins Børns Gibea;
नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै।
30 Pireathoniteren Benaja; Hiddai fra Gaas Bække;
पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,
31 Arbathiteren Abialbon; Barhumiteren Asmaveth;
अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,
32 Saalboniteren Eljaba; af Jasens Sønner, Jonathan;
शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,
33 Harariteren Samma; Arariteren Ahiam, Sarars Søn;
हरारी शरारका छोरा अहीहाम,
34 Elifelet, Ahasbajs Søn, en Maakathiters Søn; Giloniteren Eliam, Akitofels Søn;
माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,
35 Karmeliteren Hezraj; Arbiteren Paeraj;
कर्मेलका हेस्रो, अर्बी पारै,
36 Jigal, Nathans Søn, af Zoba; Gaditeren Bani;
सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी,
37 Ammoniteren Zelek; Beerothiteren Naharaj, Joabs, Zerujas Søns, Vaabendrager;
अम्मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए,
38 Jithriteren Ira; Jithriteren Gareb;
यित्री ईरा, यित्री गारेब,
39 Hethiteren Uria; I alt syv og tredive.
हित्ती उरियाह । जम्मा सैंतिस जना थिए ।