< 1 Samuel 19 >
1 Og Saul talede til Jonathan, sin Søn, og til alle sine Tjenere, at de skulle slaa David ihjel; men Jonathan, Sauls Søn, fandt stort Behag i David.
आफ्ना छोरा जोनाथन र आफ्ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।
2 Og Jonathan forkyndte David det og sagde: Min Fader Saul søger efter at slaa dig ihjel; saa var dig nu, kære, i Morgen, og bliv i Skjul og hold dig gemt!
त्यसैले जोनाथनले दाऊदलाई भने, “मेरा बुबा शाऊलले तपाईंलाई मार्न खोज्दैछन् । यसकारण बिहान सजग हुनुहोस् र आफूलाई कुनै गोप्य ठाउँमा लुकाउनुहोस् ।
3 Og jeg vil gaa ud og staa ved min Faders Side paa Marken, hvor du er, og jeg vil tale med min Fader om dig, og naar jeg har set, hvad det er, da vil jeg kundgøre dig det.
म बाहिर जाने छु र तपाईं भएकै ठाउँमा म मेरो बुबाको छेउमा खडा हुनेछु र म मेरो बुबासँग तपाईंको बारेमा कुरा गर्नेछु । मैले कुनै कुरा थाहा पाएँ भने, म तपाईंलाई भन्नेछु ।”
4 Saa talede Jonathan godt om David til Saul sin Fader, og sagde til ham: Kongen synde ikke imod sin Tjener, imod David, thi han har ikke syndet imod dig, saa ere og hans Gerninger dig meget gode.
जोनथानले तिनका बुबा शाऊलसँग दाऊदको बारेमा असल कुरा गरे र उनलाई भने, “राजाले उनका सेवक दाऊदको विरुद्धमा पाप नगर्नुहोस् । किनकि तिनले तपाईंको विरुद्ध पाप गरेका छैनन् र तिनका कामहरूले तपाईंको भलो भएको छ ।
5 Thi han har sat sit Liv i sin Haand og slaget Filisteren, og Herren beredte en stor Frelse for al Israel, det har du set og glædedes derved; og hvorfor vil du synde imod uskyldigt Blod ved at ihjelslaa David uforskyldt?
किनकि तिनले आफ्नो जीवनलाई खतरामा राखे र त्यो पलिश्ती मारे । परमप्रभुले सारा इस्राएलको निम्ति ठुलो विजय ल्याउनुभयो । तपाईंले त्यो देख्नुभयो र आनन्दित हुनुभयो । तपाईंले दाऊदलाई विनाकारण मारेर निर्दोष रगतको विरुद्ध किन पाप गर्नुहुन्छ?
6 Da adlød Saul Jonathans Røst, og Saul svor; Saa vist som Herren lever, han skal ikke dødes.
शाऊलले जोनाथनको कुरा सुने । शाऊलले शपथ खाए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिनलाई मारिनेछैन ।”
7 Og Jonathan kaldte ad David, og Jonathan gav ham alle disse Ord til Kende; og Jonathan førte David til Saul, og han var for hans Ansigt som tilforn.
तब जोनाथनले दाऊदलाई बोलाए र जोनाथनले यी सबै कुरा भने । जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी उनको उपस्थितिमा अगिझैं भए ।
8 Og Krigen varede ved; og David drog ud og stred mod Filisterne og slog dem med et stort Slag, og de flyede for hans Ansigt.
फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।
9 Og den onde Aand fra Herren kom paa Saul, og han sad i sit Hus og havde sit Spyd i sin Haand, og David legede paa Strenge med Haanden.
शाऊलमाथि आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसेको र ऊदले आफ्नो सङ्गीतको साधन बजाइरहेका बेलामा परमप्रभुको हानिकारक आत्मा तिनीमाथि आयो ।
10 Og Saul søgte efter at stikke Spydet igennem David ind i Væggen; men denne gik bort fra Sauls Ansigt; og han stak Spydet i Væggen; saa flyede David og undkom den samme Nat.
शाऊलले दाऊदलाई भालाले भित्तामा नै छेडिदिन खोजे, तर तिनी शाऊलको उपस्थितिबाट उम्के, ताकि शाऊले भाला भित्तामा रोपे । दाऊद त्यस रात भागे र बाँचे ।
11 Og Saul sendte Bud til Davids Hus for at vare paa ham og at slaa ham ihjel om Morgenen; men Mikal, hans Hustru, forkyndte David det og sagde: Dersom du ikke redder dit Liv i Nat, bliver du dræbt i Morgen.
शाऊलले दाऊदको घरमा तिनको चेवा गर्न दूतहरू पठाए, ताकि उनले तिनलाई बिहान् मार्न सकून् । दाऊदकी पत्नी मीकलले तिनलाई भनिन्, “तपाईंले आफ्नो जीवन आज राती बचाउनुभएन भने तपाईंलाई भोलि मारिनुहुनेछ ।”
12 Saa lod Mikal David ned igennem et Vindue, og han gik og flyede og undkom.
त्यसैले मीकलले दाऊदलाई झ्यालबाट तल झारिन् । तिनी गए र भागे र बाँचे ।
13 Og Mikal tog Gudebilledet og lagde det i Sengen og lagde et Gedeskind under dets Hoved og bedækkede det med et Klæde.
मीकलले घरानाको मूर्ती लिइन् र त्यसलाई ओछ्यानमा राखिन् । तिनले यसको शिरमा बाख्राको रौं राखिन् र त्यसलाई लुगाले छोपिन् ।
14 Da sendte Saul Bud for at lade David hente, og hun sagde: Han er syg.
जब शाऊलले दाऊदलाई ल्याउन दूतहरू पठाए, तब तिनले भनिन्, “तिनी बिरामी छन् ।”
15 Saa sendte Saul Bud hen at se David og sagde: Bærer ham op til mig i Sengen, at man kan slaa ham ihjel.
तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए । उनले भने, “त्यसलाई ओछ्यामा नै मकहाँ ल्याऊ, ताकि म त्यसलाई मार्नेछु ।”
16 Og Budene kom, og se, Gudebilledet laa i Sengen, og Gedeskindet under dets Hoved.
जब दूतहरू हेर्नलाई आए, हेर, शिरमा बाख्राको रौंको सिरानी बनाएको घरानाको मूर्ती ओछ्यानमा थियो ।
17 Da sagde Saul til Mikal: Hvorfor bedrog du mig saa og lod min Fjende fare, at han undkom? Og Mikal sagde til Saul: Han sagde til mig: Lad mig gaa, hvorfor skulde jeg slaa dig ihjel?
शाऊलले मीकललाई भने, “तैंले मलाई किन छल गरिस् र मेरो शत्रुलाई जान दिइस्, ताकि ऊ बाँच्यो?” मीकलले शाऊललाई जवाफ दिइन्, “उहाँले मलाई भन्नुभयो, 'मलाई जान देऊ । मैले तिमीलाई किन मार्नु?'”
18 Og David flyede og undkom og kom til Samuel i Rama og gav ham alt det til Kende, som Saul havde gjort ham; og han og Samuel gik hen, og de bleve i Najoth.
अब दाऊद भागे र बाँचे, र रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा उनलाई सुनाए । त्यसपछि तिनी र शमूएल नैयोतमा बसे ।
19 Og det blev Saul tilkendegivet, og der sagdes: Se, David er i Najoth i Rama.
शाऊललाई यसो भनेर खबर गरियो, “हेर्नुहोस्, दाऊद रामाको नैयोतमा छन् ।”
20 Da sendte Saul Bud, at de skulde hente David, og de saa en Forsamling af Profeter, som profeterede, og Samuel, som var sat over dem, stod hos; og Guds Aand kom over Sauls Bud, saa at ogsaa de profeterede.
तब शाऊलले दाऊदलाई समात्न दूतहरू पठाए । अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको र शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे, तब शाऊलका दूतहरूमाथि पनि परमेश्वरको आत्मा आउनुभयो र तिनीहरूले पनि अगमवाणी गरे ।
21 Der de gave Saul det til Kende, da sendte han andre Bud, og de profeterede ogsaa; og Saul sendte ydermere tredje Gang Bud, og de profeterede ogsaa.
जब शाऊललाई यो कुरा भनियो, तब उनले अरू दूतहरूलाई पठाए, र तिनीहरूले पनि अगमवाणी गरे । त्यसैले शाऊलले फेरि पनि तेस्रो पटक दूतहरूलाई पठाए र तिनीहरूले पनि अगमवाणी गरे ।
22 Siden gik han selv til Rama, og der han kom til den store Brønd, som er i Seku, da spurgte han og sagde: Hvor er Samuel og David? og en sagde: Se, de ere i Najoth i Rama.
त्यसपछि उनी पनि रामामा गए र सेकूमा भएको गहिरो इनारमा आए । उनले भने, “शमूएल र दाऊद कहाँ छन्?” कसैले भन्यो, “हेर्नुहोस्, तिनीहरू रामाको नैयोतमा छन् ।”
23 Da gik han derhen til Najoth i Rama; og Guds Aand kom ogsaa over ham, og han vedblev at gaa og profetere, indtil han kom til Najoth i Rama.
शाऊल रामाको नैयोतमा गए । तब परमेश्वरको आत्मा उनीमाथि आउनुभयो र जसै उनी जाँदै थिए, उनी रामाको नैयोतमा नपुगेसम्म नै उनले अगमवाणी गरे ।
24 Og han førte sig ogsaa af sine Klæder og profeterede ogsaa for Samuels Ansigt og kastede sig nøgen ned hele den Dag og hele den Nat; derfor siger man: Er Saul ogsaa iblandt Profeterne?
उनले आफ्ना लुगा फुकाले र शमूएलको सामु अगमवाणी गरे । उनी त्यो दिनभरि र रातभरि नाङ्गै बसे । यसैकारण तिनीहरूले भन्छन्, “के शाऊल पनि अगमवक्ताहरूकै माझमा छन्?”