< Jakubův 3 >

1 Bratři, nevytýkejte tak horlivě chyby druhým, vždyť chybujeme všichni. Jestliže budeme jednat špatně jakožto učitelé, náš trest bude o to přísnější. Kdo umí zkrotit svůj jazyk, dokazuje, že je zralý člověk a umí ovládat sám sebe.
मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्‍नु हुँदैन । हामीले यो जान्‍नुपर्छ, कि हामीहरूको अझ धेरै कडा इन्साफ हुनेछ ।
2
किनकि हामी धेरै किसिमले ठेस खान्छौँ । यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छ ।
3 I velkého koně donutíte k poslušnosti, jestliže mu do huby vložíte nepatrné udidlo.
आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छौँ ।
4 Nebo taková loď: i když je velká a žene ji silný vítr, kormidelník ji ovládá malým kormidlem.
पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ ।
5 Jazyk je také nepatrný, a přesto může způsobit velké věci. Od malého plaménku může shořet celý les.
त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्दछ । हेर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ ।
6 A jazyk je takový plamének. Zapálen hříchem může způsobit v duši člověka i v jeho okolí mnoho zla. (Geenna g1067)
जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैँ आगोले सल्किएको छ । (Geenna g1067)
7 Člověk umí zkrotit různé druhy zvířat, ptáků, plazů i mořských živočichů,
किनकि सबै किसिमका जङ्‍गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातीद्वारा नै वशमा राखिएको छ ।
8 ale svůj vlastní jazyk zkrotit nedovede. Co jednou vysloví zlého, vymkne se jeho vůli a šíří se to jako smrtelný jed.
तर मानिसमध्ये कसैले पनि जिब्रोलाई वशमा राख्‍न सकेको छैन । यो घातक विषले भरिएको र नियन्‍त्रण गर्न नसकिने दुष्‍ट हो ।
9 Bratři, jedním a týmž jazykem nelze chválit nebeského Otce a zároveň nenávistně útočit na lidi, jeho děti.
यही जिब्रोले हामी परमप्रभु र पिताको प्रशंसा गर्छौ, र यसैले हामी परमेश्‍वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौँ ।
एउटै मुखबाट आशिष् र अपशब्द निक्लन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।
11 Tak jako z jednoho pramene nevyvěrá zároveň sladká a hořká voda, tak nemůže ani z jedněch úst vycházet chvála a osočování.
के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्दछ र?
12 Cožpak si můžete natrhat olivy z fíkovníku a fíky z vinné révy?
मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँदछ र? वा दाखको बोटले अन्जीर फलाउँदछ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।
13 Pokládá se někdo za moudrého a zkušeného? Ať tedy prokáže svou moudrost jemným a krásným jednáním.
तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्‍तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।
14 Máte-li však v srdci plno hořkosti, závisti a sobectví, nechlubte se moudrostí, protože to se nesrovnává.
तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्‍या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।
15 Vaše myšlení neovládá Bůh, nýbrž vaše pudy a ďábel.
यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो ।
16 Vždyť tam, kde se objeví závist a sobecké zájmy, objeví se též nesvár a jiné zlo.
किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ ।
17 Moudrost pocházející od Boha je především čistá, mírumilovná, laskavá a ústupná. Je vždy milosrdná a vede k dobrým skutkům. Je upřímná a bez jakéhokoliv pokrytectví.
तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ ।
18 Bohu se líbí ti, kdo šíří pokoj.
अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।

< Jakubův 3 >