< Žalmy 93 >

1 Hospodin kraluje, v důstojnost se oblékl, oblékl se Hospodin v sílu, a přepásal se; také okršlek země upevnil, aby se nepohnul.
परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । ऐश्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ । परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्‍थापित छ । यो हल्‍लाउन सकिन्‍न ।
2 Utvrzenť jest trůn tvůj přede všemi časy, od věčnosti ty jsi.
प्राचीन समयदेखि सिंहासन स्‍थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।
3 Pozdvihují se řeky, ó Hospodine, pozdvihují řeky zvuku svého, pozdvihují řeky vlnobití svých.
हे परमप्रभु महासागरहरू उठ्छन् । तिनीहरूले आफ्‍नो स्‍वर उचाल्‍छन् । महासागरहरूका छालहरू ठोकिन्‍छन् र गर्जन्‍छन् ।
4 Nad zvuk mnohých vod, nad sílu vln mořských mnohem silnější jest na výsostech Hospodin.
तर धैरै ठोकिने छालहरू, समुद्रका शक्तिशाली छालहरूभन्‍दा माथि परमप्रभु उच्‍चमा शक्तिशाली हुनुहुन्‍छ ।
5 Svědectví tvá jsou velmi jistá, domu tvému ušlechtilá svatost, Hospodine, až na věky.
तपाईंका गम्‍भीर आज्ञाहरू धेरै भरोसायोग्‍य छन् । हे परमप्रभु, तपाईंको मन्‍दिरलाई सदासर्वदा पवित्रताले सुसज्‍जित पार्छ ।

< Žalmy 93 >