< Žalmy 81 >

1 Přednímu z kantorů na gittit, Azafovi. Plésejte Bohu, síle naší, prokřikujte Bohu Jákobovu.
हाम्रो बल परमेश्‍वरको निम्ति ठुलो सोरले गाओ । याकूबका परमेश्‍वरको निम्ति जयजयकार गर ।
2 Vezměte žaltář, přidejte buben, harfu libou a loutnu.
गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ ।
3 Trubte trubou na novměsíce, v uložený čas, v den slavnosti naší.
औंसीको दिनमा र पूर्णिमाको दिनमा, हाम्रो चाड सुरु हुँदा तुरही फुक ।
4 Nebo toť jest ustavení v Izraeli, řád Boha Jákobova.
किनकि यो इस्राएलको निम्ति आदेश हो, याकूबका परमेश्‍वरले दिनुभएको विधान हो ।
5 Na svědectví v Jozefovi vyzdvihl jej, když byl vyšel proti zemi Egyptské, kdež jsme jazyk neznámý slýchati musili.
जब उहाँ मिश्रदेशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको सोर मैले सुनें, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः
6 Osvobodil jsem, dí Bůh, od břemene rameno jeho, a ruce jeho nádob zednických zproštěny byly.
“मैले त्यसको काँधबाट बोझ हटाएँ । टोकरीहरू समात्‍ने त्यसका हातहरू मुक्‍त भए ।
7 V ssoužení tom, když jsi volal, vytrhl jsem tě, vyslyšel jsem tě z skrýše hromu, zkušoval jsem tě při vodách sváru. (Sélah)
तिमीहरूको संकष्‍टमा तिमीहरूले पुकारा गर्‍यौ र मैले तिमीहरूलाई सहायता गरें । गर्जनको कालो बादलबाट मैले तिमीहरूलाई जवाफ दिएँ । मेरिबाको पानीमा मैले तिमीहरूको जाँच गरें । सेला
8 Řeklť jsem: Slyš, lide můj, a osvědčím se tobě, ó Izraeli, budeš-li mne poslouchati,
हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए!
9 A nebude-li mezi vámi Boha jiného, a nebudeš-li se klaněti bohu cizímu.
तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।
10 Já jsem Hospodin Bůh tvůj, kterýž jsem tě vyvedl z země Egyptské, otevři jen ústa svá, a naplnímť je.
म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्यायो । तिमीहरूको मुख चौडा खोल र त्‍यो म भर्नेछु ।
11 Ale neuposlechl lid můj hlasu mého, a Izrael nepřestal na mně,
तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।
12 A protož pustil jsem je v žádost srdce jejich, i chodili po radách svých.
त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून् ।
13 Ó byť mne byl lid můj poslouchal, a Izrael po cestách mých chodil,
ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए ।
14 Tudíž bych já byl nepřátely jejich snížil, a na protivníky jejich obrátil ruku svou.
तब म तुरुन्‍तै तिनीहरूका शत्रुहरूलाई अधीन गर्थें र तिनीहरूलाई थिचोमिचो गर्नेहरूका विरुद्धमा म आफ्‍नो हात फर्काउँथे ।
15 A ti, kteříž v nenávisti mají Hospodina, úlisně by se jim poddávati musili, i byl by čas jejich až na věky.
परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्‍क परून्! तिनीहरू सदाको निम्ति अपमानित होऊन् ।
16 A krmil bych je byl jádrem pšenice, a medem z skály sytil bych je.
इस्राएललाई म उत्तम गहुँ खुवाउँथें । तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्‍त पार्थें ।”

< Žalmy 81 >