< Žalmy 53 >
1 Přednímu z kantorů na machalat, vyučující žalm Davidův. Říká blázen v srdci svém: Není Boha. Porušeni jsou, a ohavnou páší nepravost; není, kdo by činil dobré.
सङ्गीत निर्देशकको निम्ति, महलत शैली, दावीदको मस्किल। मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्वर छँदैछैन।” तिनीहरू भ्रष्ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ; असल काम गर्ने कोही पनि छैन।
2 Bůh s nebe popatřil na syny lidské, aby viděl, byl-li by kdo rozumný a hledající Boha.
परमेश्वरले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ यो जान्नलाई कि कोही त समझदार होला, जसले परमेश्वरको खोजी गर्दछ?
3 Aj, každý z nich nazpět odšel, napořád neužiteční učiněni jsou; není, kdo by činil dobré, není ani jednoho.
तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्; असल गर्ने कोही छैन, एक जना पनि छैन।
4 Zdaliž nevědí všickni činitelé nepravosti, lid můj sžírajíce, jako by chléb jedli? Boha pak nevzývají.
के यी सबै दुष्ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले परमेश्वरलाई कहिल्यै पुकार्दैनन्।
5 Tuť se náramně strašiti budou, kdež není strachu. Bůh zajisté rozptýlí kosti těch, kteříž tě vojensky oblehli; zahanbíš je, nebo Bůh pohrdl jimi.
तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन, त्यहीँ नै तिनीहरू डरले व्याकुल भए। परमेश्वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ; तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ; किनभने परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो।
6 Ó by z Siona dáno bylo spasení Izraelovi. Když Bůh zase přivede zajaté lidu svého, plésati bude Jákob, a veseliti se Izrael.
अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब परमेश्वरले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।