< Žalmy 138 >

1 Davidův. Oslavovati tě budu, Pane, celým srdcem svým, a před mocnými žalmy tobě zpívati.
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; “देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु।
2 Skláněti se budu k chrámu svatému tvému, a oslavovati jméno tvé pro milosrdenství tvé a pro pravdu tvou; nebo jsi zvelebil nade všecko jméno své a slovo své.
म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु; अनि तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको निम्ति तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि तपाईंले आफ्नो आदेश यति उच्‍च पार्नुभयो कि, यसले तपाईंको प्रसिद्धिलाई पनि पार गर्दछ।
3 Kteréhokoli dne vzýval jsem tě, vyslyšels mne, a obdařils silou duši mou.
जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो।
4 Oslavovati tě budou, Hospodine, i všickni králové země, když uslyší řeč úst tvých.
हे याहवेह, तपाईंका आदेशहरू सुनेर, यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्।
5 A zpívati budou o cestách Hospodinových, a že veliká jest sláva Hospodinova,
तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्; किनकि याहवेहको महिमा महान् छ।
6 A ač vyvýšený jest Hospodin, však že na poníženého patří, a vysokomyslného zdaleka zná.
याहवेह उच्‍चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ; तर अहङ्कारीहरूलाई भने उहाँले टाढैबाट चिन्‍नुहुन्छ।
7 Bych pak chodil u prostřed ssoužení, obživíš mne; proti vzteklosti nepřátel mých vztáhneš ruku svou, a tak vysvobodí mne pravice tvá.
म सङ्कष्‍टको बीच भएर हिँड्नुपरे तापनि तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ; मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ; र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।
8 Hospodin dokoná za mne; nebo milosrdenství tvé, Hospodine, na věky, aniž díla rukou svých kdy opustíš.
याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ; हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ; तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।

< Žalmy 138 >