< Micheáš 2 >
1 Běda těm, kteříž vymýšlejí nepravost a ukládají zlé na ložcích svých, a na úsvitě ráno vykonávají je, když jest v moci rukou jejich.
धिक्कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।
2 Požádají polí, i vydírají, takž i domů, a odjímají; a tak provozují moc nad mužem i domem jeho, nad jedním každým i dědictvím jeho.
तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् ।
3 Protož takto praví Hospodin: Aj, já myslím proti čeledi té věc zlou, odkudž nevyňmete hrdel vašich, aniž budete choditi vysokomyslně; nebo čas zlý bude.
यसैकारण परमप्रभु यस्तो भन्नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।
4 V ten den užívati budou o vás přísloví, a naříkati budou naříkáním žalostným, řkouce: Do cela zpuštěni jsme, podíl lidu mého proměnil. Jaktě mi jej odjal, a vzav pole naše, rozdělil!
त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”
5 Protož nebudeš míti, kdožť by vztáhl provazec na los v shromáždění Hospodinovu.
यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् ।
6 Neprorokujte. Budou prorokovati, ale nebudou těmto prorokovati, a neponesou pohanění.
“अगमवाणी नगर” भनेर तिनीहरू भन्नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”
7 Ó kteráž sloveš domem Jákobovým, zdali do těsna vehnán býti má duch Hospodinův? To-liž by skutkové jeho byli? Zdaliž slova má nejsou dobrá tomu, kdož upřímě chodí?
याकूबको घराना, के साँच्चै यस्तो भनिनुपर्छ, “के परमप्रभुको आत्मा रिसाउनुभएको छ? के यी उहाँका कामहरू हुन्?” के सिधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन र?
8 Včera byl lidem mým, již jako nepřítel povstává. Majíce oděv, plášť strhujete s těch, kteříž chodí bezpečně, vyhýbajíce se bitvě.
अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्त्र अर्थात् लबेदा खोस्छौ ।
9 Manželky lidu mého vyháníte z domu rozkoší jejich, od dítek jejich odjímáte slávu mou na věky.
तिमीहरूले मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ ।
10 Vstaňte a odejděte, neboť tato není sídlem pro nečistotu. Ztratí vás, a to ztracením jistým.
उठ र जाओ, किनभने त्यसको अशुद्धताको कारण यो ठाउँ तिमीहरू बस्न मिल्ने ठाउँ होइन । त्यो पूर्ण रूपमा सर्वनाश भएको छ ।
11 Jestliže za proroka se vydávaje a lež mluvě, říká: Budu tobě prorokovati o víně aneb o nápoji opojujícím, takový bývá prorokem lidu tohoto.
यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्ता हुनेछ ।
12 Jistotně zberu tě, Jákobe, docela, jistotně shromáždím ostatky Izraele, a seženu je v hromadu jako ovce v Bozra, jako stádo do prostřed ovčince jeho, i vzejde hluk od lidu.
याकूब, म निश्चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु । म निश्चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु । गोठको भेडाझैँ, तिनीहरूको खर्कको बिचमा भएको बगालझैँ म तिनीहरूलाई एकसाथ ल्याउनेछु । मानिसहरूको ठुलो सङ्ख्याको कारण त्यहाँ ठुलो आवाज हुनेछ ।
13 Vstoupí ten, kterýž prolamovati bude před nimi. Prolomí, a projdou bránu, a vyjdou skrze ni; ano i král jejich půjde před nimi, a Hospodin na špici jejich.
तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरूभन्दा अगि जानेछ । तिनीहरू ढोका भत्काएर बाहिर जान्छन्, र तिनीहरूका राजा तिनीहरूभन्दा अगाडि जानेछन् । तिनीहरू सबैभन्दा अगाडि परमप्रभु हुनुहुनेछ ।