< Joel 3 >
1 Nebo aj, v těch dnech a v ten čas, když zase přivedu zajatý lid Judský a Jeruzalémský,
“ती दिनहरूमा र त्यस समयमा, जब म यहूदा र यरूशलेमका समृद्धिहरू फर्काउँछु,
2 Shromáždím také všecky národy, a svedu je do údolí Jozafat, abych se tam soudil s nimi o lid svůj a dědictví své, Izraele, jejž rozptýlili mezi pohany a zemi mou rozdělili.
तब म सबै राष्ट्रहरूलाई एकसाथ भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा तल ल्याउनेछु। त्यहाँ म तिनीहरूलाई परीक्षा गर्नेछु; किनकि तिनीहरूले मेरो उत्तराधिकार र मेरो जाति इस्राएललाई जेजस्तो गरे, तिनीहरूले मेरो जातिलाई राष्ट्रहरूका बीचमा तितरबितर पारे; अनि तिनीहरूले मेरो देशलाई विभाजन गरे।
3 Také o lid můj metali los, a dávali mládence za nevěstku, mladice pak prodávali za víno, aby pili.
तिनीहरूले मेरा मानिसहरूमाथि चिट्ठा हाले, वेश्यावृत्तिको निम्ति केटाहरूको व्यापार गरे; तिनीहरूले दाखमद्यको निम्ति केटीहरूलाई बेचे।
4 Anobrž, co vy máte proti mně, ó Tyrští a Sidonští, i všecky končiny Filistinské? Zdaliž se mi odplacujete? Jestliže mi se odplacujete, snadněť a vnáhleť i já obrátím odplatu vaši na hlavu vaši,
“अब हे टायर र सीदोन, र पलिश्तीका सारा मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के तिमीहरूले मैले जे गरेको छु, त्यसको बदला लिँदैछौ? यदि तिमीहरूले बदला लिइरहेका छौ भने तिमीहरूले जे गरेका छौ, त्यो तिमीहरूकै टाउकोमा म चाँडै नै खन्याइदिनेछु।
5 Kteříž stříbro mé i zlato mé béřete, a klénoty mé výborné vnášíte do chrámů svých,
किनकि तिमीहरूले मेरो चाँदी र मेरो सुन, साथै मेरा बहुमूल्य सम्पत्तिहरू तिमीहरूका दरबारहरूमा लगेका छौ।
6 A syny Judské i syny Jeruzalémské prodáváte synům Javanovým, aby je pryč zavodili od pomezí jejich.
तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई आफ्ना मातृभूमिदेखि टाढा पठाउन ग्रीकहरूका हातमा बेचेका छौ।
7 Aj, já vzbudím je z toho místa, kamž jste je prodali, a obrátím odplatu vaši na hlavu vaši.
“हेर, तिमीहरूले तिनीहरूलाई बेचेको ठाउँदेखि, म तिनीहरूलाई फिर्ता ल्याउनेछु; अनि तिमीहरूले जे गरेका छौ, त्यो म तिमीहरूका टाउकोमा खन्याइदिनेछु।
8 Prodám zajisté syny i dcery vaše v moc synů Judských, i prodadí je Sabejským, do národu dalekého; neboť jest Hospodin mluvil.
म तिमीहरूका छोरा र छोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु; अनि तिनीहरूले यिनीहरूलाई एउटा टाढाको राष्ट्र शबीहरूको हातमा बेचिदिनेछन्।” याहवेहले बोल्नुभएको छ।
9 Provolejte to mezi národy, vyhlaste boj, probuďte reků, nechť přitáhnou, a dadí se najíti všickni muži váleční.
राष्ट्रहरूका बीचमा यो घोषणा गर: युद्धको निम्ति तयारी गर! शूरवीरहरूलाई आह्वान गर! सारा लडाकु योद्धाहरू नजिक आऊन् र आक्रमण गरून्।
10 Skujte motyky své v meče, a srpy své v oštípy; ten, kterýž jest mdlý, nechť řekne: Udatný jsem.
तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार र हँसियाहरूलाई भाला बनाओ। कमजोर मानिसहरूले भनून्, “म बलियो छु!”
11 Shromažďte se a přitáhněte všickni národové okolní, a shlukněte se; způsobiž to, ať tam sstoupí, ó Hospodine, rekové tvoji.
चाँडो गरी आओ, हे चारैतिरका सारा राष्ट्रहरू हो; अनि त्यहाँ एकसाथ भेला होओ। हे याहवेह! तपाईंका महान् योद्धाहरू तल ल्याउनुहोस्!
12 Probudíť se a přitáhnou národové ti do údolé Jozafat; nebo tam se posadím, abych soudil všecky ty národy okolní.
“राष्ट्रहरू तयार होऊन्; तिनीहरू यहोशापातको बेँसीतिर अगि बढून्; किनकि चारैतिरबाट आएका सारा राष्ट्रहरूलाई न्याय गर्न म त्यहाँ न्यायआसनमा बस्नेछु।
13 Přičiňte srp, nebo uzralo obilé; poďte, sstupte, nebo plný jest pres, oplývají kádě; mnohá zajisté jest zlost jejich.
हँसिया लगाओ, किनकि फसल पाकेको छ। आओ, दाखहरूलाई कुल्च; किनकि दाखले कोल भरिएको छ, र घैलाहरू भरिएर पोखिन्छन्; किनकि तिनीहरूको दुष्टता ठूलो छ!”
14 Ale více hromad, hromad v údolí posekání; nebo blízký jest den Hospodinův, v údolí posekání.
फैसला गरिने बेँसीमा भीडका भीड मानिसहरू छन्! किनकि फैसलाको बेँसीमा याहवेहको दिन नजिक छ।
15 Slunce a měsíc zatmí se, a hvězdy potratí blesk svůj.
सूर्य र चन्द्रमा अँध्यारो हुनेछन्, र ताराहरू अब उसो चम्कने छैनन्।
16 A Hospodin řváti bude z Siona, a z Jeruzaléma vydá hlas svůj, tak že se třásti budou nebesa i země; nebo Hospodin jest útočiště lidu svého, a síla synů Izraelských.
सियोनको पर्वतदेखि याहवेह गर्जनुहुनेछ, र उहाँ यरूशलेमको सहरबाट पनि गर्जनुहुन्छ; पृथ्वी र आकाश थरथर काम्नेछन्। तर याहवेह आफ्ना मानिसहरूका निम्ति शरणस्थान र इस्राएलका मानिसहरूका निम्ति एउटा बलियो किल्ला हुनुहुनेछ।
17 I zvíte, že já Hospodin jsem Bohem vaším, kterýž bydlím na Sionu, hoře svatosti své, a tak Jeruzalém bude svatý, a cizí nepůjdou přes něj více.
“त्यसपछि तिमीहरूले जान्नेछौ, म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; मेरो पवित्र पर्वत, सियोनमा म वास गर्छु। यरूशलेम पवित्र हुनेछ; विदेशीहरूले फेरि कहिल्यै त्यसलाई आक्रमण गर्नेछैनन्।
18 I stane se v ten čas, že hory dštíti budou mstem, a pahrbkové oplývati mlékem, a všickni potokové Judští budou plní vody, a studnice z domu Hospodinova vyjde, kteráž zapojí údolé Setim.
“ती दिनमा पर्वतहरूले नयाँ दाखमद्य चुहाउनेछन्; अनि डाँडाहरूमा दूध बहनेछ; यहूदाका सबै खोल्साहरूमा पानी बहनेछ। अनि याहवेहको भवनदेखि पानीको फोहोरा बगेर निस्कनेछ, र अखैयाको बेँसीलाई भिजाउनेछ।
19 Egypt na zpuštění přijde, a země Idumejská hrozně zpuštěna bude pro násilí synům Judským činěné; nebo vylévali krev nevinnou v zemi jejich.
तर इजिप्ट उजाड हुनेछ, र एदोम उजाड मरुभूमि हुनेछ; किनकि तिनीहरूले यहूदाका मानिसहरूलाई अत्याचार गरेका थिए, जसको देशमा तिनीहरूले निर्दोष रगत बगाएका थिए।
20 Juda pak na věky trvati bude, a Jeruzalém od národu do pronárodu.
यहूदामा मानिसहरू सदासर्वदा बसोबास गर्नेछन्; अनि यरूशलेममा पुस्तौँ-पुस्तासम्म मानिसहरूको बसोबास हुनेछ।
21 A očistím ty, jejichž jsem krve neočistil; nebo Hospodin přebývá na Sionu.
के म निर्दोषहरूका रगतको बदला नलिई छोडौँ? अहँ, म छोड्नेछैनँ।”