< Jób 12 >

1 Odpověděv pak Job, řekl:
तब इयोबले जवाफ दिएर भने:
2 V pravdě, že jste vy lidé, a že s vámi umře moudrost.
“निस्सन्देह, तपाईंहरू मात्र सबै कुरा जान्‍ने मानिसहरू हुनुहुन्छ, र बुद्धि तपाईंहरूसँगै मर्नेछ!
3 I jáť mám srdce jako vy, aniž jsem zpozdilejší než vy, anobrž při komž toho není?
तर तपाईंहरूसँग भएझैँ मसँग पनि समझ छ; म पनि तपाईंहरूभन्दा कमको छैनँ। यी सबै कुरा कसले जान्दैन र?
4 Za posměch příteli svému jsem, kteréhož, když volá, vyslýchá Bůh; v posměchuť jest spravedlivý a upřímý.
“यद्यपि मैले परमेश्‍वरलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो— तर पनि म आफ्ना साथीहरूको निम्ति एउटा हाँसोको पात्र बनेको छु, धर्मी र निर्दोष मानिस त एउटा हाँसोको पात्र पो बनिँदो रहेछ!
5 Pochodně zavržená jest (podlé smýšlení člověka pokoje užívajícího) ten, kterýž jest blízký pádu.
सुखी मानिसहरूले दुःखमा पर्नेहरूलाई उपहास गर्छन्; र खुट्टा चिप्लनेहरूका खुट्टा तान्‍ने गर्छन्।
6 Pokojné a bezpečné příbytky mají loupežníci ti, kteříž popouzejí Boha silného, jimž on uvodí dobré věci v ruku jejich.
परमेश्‍वर तिनीहरूकै हातमा भएझैँ, चोरहरू घरमा शान्तिसँग बस्दछन्, र परमेश्‍वरलाई रिस उठाउनेहरू सुरक्षित छन्।
7 Ano zeptej se třebas hovad, a naučí tě, aneb ptactva nebeského, a oznámí tobě.
“तर जनावरहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंहरूलाई सिकाइदिनेछन्; अथवा आकाशका चराचुरुङ्गीहरूलाई पनि सोध्नुहोस्, तिनीहरूले तपाईंहरूलाई बताइदिनेछन्;
8 Aneb rozmluv s zemí, a poučí tě, ano i ryby mořské vypravovati budou tobě.
अथवा पृथ्वीसँग बोल्नुहोस्, र त्यसले तपाईंहरूलाई सिकाउनेछ; अथवा समुद्रका माछाहरूले तपाईंहरूलाई बताइदेऊन्।
9 Kdo nezná ze všeho toho, že ruka Hospodinova to učinila?
यी सबै कुरा याहवेहकै हातले गरेका हुन् भनी यीमध्ये कसलाई थाहा छैन र?
10 V jehož ruce jest duše všelikého živočicha, a duch každého těla lidského.
हरेक प्राणीको जीवन र सबै मानव-जातिको सास उहाँकै हातमा छ।
11 Zdaliž ucho slov rozeznávati nebude, tak jako dásně pokrmu okoušejí?
जिब्रोले भोजनको स्वाद चाखेजस्तै के कानले शब्दहरूको जाँच गर्दैन र?
12 Při starcích jest moudrost, a při dlouhověkých rozumnost.
के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र? के जीवनको दीर्घायुले समझ ल्याउँदैन र?
13 Nadto pak u Boha moudrost a síla, jehoť jest rada a rozumnost.
“बुद्धि र शक्ति परमेश्‍वरका हुन्; परामर्श र समझशक्ति उहाँकै हुन्।
14 Jestliže on boří, nemůže zase stavíno býti; zavírá-li člověka, nemůže býti otevříno.
उहाँले भत्काउनुभएको कुरालाई फेरि बनाउन सकिँदैन; उहाँले कैद गर्नुभएकोलाई कसैले छुटाउन सक्दैन।
15 Hle, tak zastavuje vody, až i vysychají, a tak je vypouští, že podvracejí zemi.
यदि उहाँले पानीलाई रोक्नुभयो भने खडेरी पर्छ; यदि उहाँले पानीलाई छोडिदिनुभयो भने त्यसले जमिनलाई विध्वंस पार्छ।
16 U něho jest síla a bytnost, jeho jest ten, kterýž bloudí, i kterýž v blud uvodí.
शक्ति र बुद्धि परमेश्‍वरका हुन्; धोका दिने र धोका खाने दुवै उहाँकै हुन्।
17 On uvodí rádce v nemoudrost, a z soudců blázny činí.
उहाँले शासकहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ। र न्यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्छ।
18 Svazek králů rozvazuje, a pasem přepasuje bedra jejich.
उहाँले राजाहरूद्वारा बाँधिएका बन्धनहरूलाई फुकाइदिनुहुन्छ र तिनीहरूका कम्मरमा पेटी बाँधिदिनुहुन्छ।
19 On uvodí knížata v nemoudrost, a mocné vyvrací.
उहाँले पुजारीहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ र धेरै अगाडिदेखि अधिकार गर्ने शासकहरूलाई खसालिदिनुहुन्छ।
20 On odjímá řeč výmluvným, a soud starcům béře.
उहाँले भरपर्दा सल्‍लाहकारहरूको ओठलाई चुप गराइदिनुहुन्छ, र प्रधानहरूका अन्तर्दृष्‍टिलाई हटाइदिनुहुन्छ।
21 On vylévá potupu na urozené, a sílu mocných zemdlívá.
उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ र शक्तिशालीहरूलाई निःशस्त्र तुल्याउनुहुन्छ।
22 On zjevuje hluboké věci z temností, a vyvodí na světlo stín smrti.
उहाँले अन्धकारमा भएका गहिरा कुराहरूलाई प्रकट गर्नुहुन्छ, र घोर अन्धकारलाई ज्योतिमा ल्याउनुहुन्छ।
23 On rozmnožuje národy i hubí je, rozšiřuje národy i zavodí je.
उहाँले राष्ट्रहरूलाई महान् बनाउनुहुन्छ, र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ; उहाँले राष्ट्रहरूलाई बढाउनुहुन्छ, र तिनीहरूलाई तितरबितर पनि पार्नुहुन्छ।
24 On odjímá srdce předním z lidu země, a v blud je uvodí na poušti bezcestné,
उहाँले पृथ्वीका शासकहरूबाट तिनीहरूका समझशक्ति खोस्‍नुहुन्छ; तिनीहरूलाई बाटो नभएको बिरानो ठाउँमा भौँतारिने बनाउनुहुन्छ।
25 Aby šámali ve tmě bez světla. Summou, činí, aby bloudili jako opilý.
तिनीहरू उज्यालो नभएको अँध्यारोमा छामछाम-छुमछुम गरिहिँड्छन्; उहाँले तिनीहरूलाई मातेको मानिसजस्तै धरमरिँदै हिँड्ने बनाउनुहुन्छ।

< Jób 12 >