< Hozeáš 9 >
1 Neraduj se, Izraeli, s plésáním jako jiní národové, že smilníš, odcházeje od Boha svého, a miluješ mzdu po všech obilnicích.
हे इस्राएल, रमाइलो नगर्; अरू राष्ट्रहरूजस्तै हर्षले उत्सव नमना। किनकि तँ आफ्ना परमेश्वरप्रति विश्वासघाती भएको छस्; तैँले हरेक खलामा वेश्यावृत्तिको ज्याला मन पराएको छस्।
2 Obilnice ani pres nebude jich pásti, a mest pochybí jim.
खला र दाखरसको कोलहरूले मानिसहरूलाई खुवाउने छैनन्; तिनीहरूलाई नयाँ दाखरसको अभाव हुनेछ।
3 Aniž budou bydliti v zemi Hospodinově, ale navrátí se Efraim do Egypta, a v Assyrii věci nečisté jísti budou.
तिनीहरू याहवेहको देशमा बस्नेछैनन्; एफ्राइम फेरि इजिप्टतिर फर्कनेछ, र अश्शूरमा अशुद्ध भोजन खानेछ।
4 Nebudou obětovati Hospodinu vína, aniž příjemné jemu bude. Oběti jejich budou jako chléb kvílících, z něhož kdož by koli jedli, poškvrnili by se, protože chléb jejich pro mrtvé jejich nemá přicházeti do domu Hospodinova.
तिनीहरूले याहवेहकहाँ दाखरसको भेटी चढाउनेछैनन्, न त तिनीहरूका बलिदानहरूले उहाँलाई खुशी तुल्याउनेछ। यस्ता बलिदानहरू तिनीहरूका निम्ति विलाप गर्नेहरूको रोटीजस्ता हुनेछन्; ती रोटी खाने सबै अशुद्ध हुनेछन्। त्यो भोजन तिनीहरूकै भोकको निम्ति मात्र हुनेछ; त्यो याहवेहको मन्दिरमा आउनेछैन।
5 Co pak činiti budete v den slavnosti, a v den svátku Hospodinova?
“तेरा निम्ति तोकिएका चाडहरूको दिनमा, याहवेहका चाडका दिनहरूमा, तैँले के गर्नेछस्?
6 Nebo aj, zahynou skrze poplénění, Egypt zbéře je, a pohřbí je Memfis; nejrozkošnějšími schranami stříbra jejich kopřiva dědičně vládnouti bude, a bodláčí v domích jejich.
यदि तिनीहरू विनाशबाट भागे तापनि इजिप्टले तिनीहरूलाई जम्मा गर्नेछ, र मेम्फिसका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूका चाँदीका भण्डारहरूलाई सिस्नुघारीले छोप्नेछ, र तिनीहरूका पालहरूलाई काँडाघारीले ढाक्नेछ।
7 Přijdou dnové navštívení, přijdou dnové odplacení, poznají Izraelští, že ten prorok jest blázen šílený a člověk ničemný, pro množství nepravosti tvé a velikou nenávist tvou.
इस्राएलले यो कुरा थाहा गरोस्, दण्डका दिनहरू आइरहेका छन्; प्रतिशोधका दिनहरू ज्यादै नजिकै छन्। किनभने तेरा पापहरू अति धेरै छन्, तेरो शत्रुता धेरै भएको कारण तैँले अगमवक्तालाई मूर्ख र प्रेरणा पाएको मानिसलाई बौलाहासरह ठान्छस्।
8 Prorok, kterýž stráž drží nad Efraimem spolu s Bohem mým, jest osídlem čihařským na všech cestách svých, nenávist jest v domě Boha jeho.
अगमवक्ता मेरा परमेश्वरको साथसाथै एफ्राइमको पनि पहरेदार हो; तरै पनि त्यसका सबै बाटोहरूमा त्यसलाई पासो र त्यसका परमेश्वरको भवनमा शत्रुताले पर्खिरहेको हुन्छ।
9 Hlubokoť jsou zabředli a porušili se, tak jako za dnů Gabaa; zpomeneť na nepravost jejich, a vyhledávati bude hříchy jejich.
तिनीहरू गेबाका दिनमा जस्तै, भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्। परमेश्वरले तिनीहरूको दुष्टता याद गर्नुहुनेछ, र उहाँले तिनीहरूका पापको निम्ति दण्ड दिनुहुनेछ।
10 Jako hrozny na poušti nalezl jsem byl Izraele, jako ranní fíky v prvotinách jejich popatřil jsem na otce vaše; oni odešli za Belfegor, a oddali se té ohavnosti, protož budouť ohavní, tak jakž se jim líbilo.
“जब मैले इस्राएललाई भेट्टाएँ, त्यो त मरुभूमिमा अङ्गुर भेट्टाएझैँ थियो, जब मैले तिमीहरूका पितापुर्खाहरूलाई देखेँ, त्यो नेभाराको रूखमा भएको पहिलो फलझैँ थियो। तर जब तिनीहरू बाल-पिओरमा आए, तब तिनीहरूले आफूलाई त्यस घिनलाग्दो मूर्तिमा समर्पण गरे, र तिनीहरू ती घृणित वस्तुझैँ बने, जसलाई तिनीहरूले प्रेम गर्थे।
11 Efraim jako pták zaletí, i sláva jejich od narození a od života, nýbrž od početí.
एफ्राइमको महिमा चराझैँ उडेर जानेछ, अर्थात् तिनीहरूमा न त कसैको जन्म, न कोही गर्भावस्था, न त कसैको गर्भधारण हुनेछ।
12 A byť pak i odchovali syny své, však je zbavím věku zmužilého; nýbrž i jim běda, když já se od nich odvrátím.
यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूलाई प्रत्येक बालकको निम्ति शोकित तुल्याउनेछु। तिनीहरूलाई धिक्कार! जब म तिनीहरूबाट टाढा जान्छु।
13 Efraim, jakýž vidím Týr, vštípen jest v obydlí, a však Efraim vyvede k mordéři syny své.
मैले एफ्राइमलाई टायरजस्तै सुन्दर ठाउँमा रोपिएको देखेको छु। तर एफ्राइमले आफ्ना छोराछोरीहरूलाई वधशालामा मारिनका निम्ति ल्याउनेछ।”
14 Dej jim, Hospodine; co bys dal? Dej jim život neplodný a prsy vyschlé.
हे याहवेह, तिनीहरूलाई दण्ड दिनुहोस्, अर्थात् तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहुने गर्भहरू, र सुकेका स्तनहरू दिनुहोस्।
15 Vrch zlosti jejich jest v Galgala, protož i tam jich nenávidím. Pro zlost skutků jejich vyženu je z domu svého, aniž jich více budu milovati; všecka knížata jejich jsou zpurná.
“गिलगालमा तिनीहरूका सबै दुष्टताहरूको कारण मैले तिनीहरूलाई घृणा गरेँ। तिनीहरूका दुष्ट कामहरूको कारण म तिनीहरूलाई मेरो भवनदेखि निकालिदिनेछु। अब उसो म तिनीहरूलाई प्रेम गर्नेछैनँ; तिनीहरूका सबै अगुवाहरू विद्रोही छन्।
16 Bit bude Efraim, kořen jejich uschne, ovoce nepřinesou, a byť pak zplodili, tedy zmořím nejmilejší života jejich.
एफ्राइम काटिएर ढलेको छ, तिनीहरूका जरा ओइलाएका छन्; तिनीहरूले कुनै पनि फल फलाउँदैनन्। यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूका प्रिय सन्तानहरूलाई मारिदिनेछु।”
17 Pohrdne jimi Bůh můj, nebo nechtí ho poslouchati, i budou tuláci mezi pohany.
मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ; किनकि तिनीहरूले उहाँका वचनहरू पालन गरेनन्; तिनीहरू राष्ट्रहरूबीच भौँतारिँदै हिँड्नेछन्।