< Ezechiel 36 >
1 Ty synu člověčí, prorokuj i o horách Izraelských a rci: Hory Izraelské, slyšte slovo Hospodinovo.
“हे मानिसको छोरा, इस्राएलका पर्वतहरूलाई अगमवाणी गरेर भन्, ‘हे इस्राएलका पर्वतहरू हो, याहवेहको यो वचन सुन्।
2 Takto praví Panovník Hospodin: Proto že říká ten nepřítel o vás: Aj, to dobře, takéť i výsosti věčné v dědictví se nám dostanou,
प्रभु याहवेह यसो भन्नुहुन्छ: शत्रुहरूले तँलाई भनेका छन्, “अहो! प्राचीन समयका अग्ला ठाउँहरू हाम्रा भएका छन्।”’
3 Protož prorokuj a rci: Takto praví Panovník Hospodin: Proto, proto že poplénili a sehltili vás vůkol, abyste byli za dědictví ostatku národů, a vydáni jste v pomluvu a v zlou pověst lidem,
यसकारण अगमवाणी गरेर भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: किनकि तिनीहरूले तिमीहरूलाई चारैतिरबाट नष्ट गरेर लखेटे; यसरी तिमीहरू बाँकी रहेका जातिहरूका अधिकारमा पर्यौ र मानिसहरूका डाह र गिल्लाको पात्र भयौ।
4 Protož hory Izraelské, slyšte slovo Panovníka Hospodina: Takto praví Panovník Hospodin horám i pahrbkům, potokům i údolím, pustinám hrozným i městům opuštěným, jenž jsou za loupež a posměch ostatku národů okolních,
यसकारण हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको यो वचन सुन: प्रभु याहवेह यसो भन्नुहुन्छ, तिमीहरूका चारैतिरका बाँकी रहेका देशहरूद्वारा डाह र गिल्ला गरिएका, लुटिएका, त्यागिएका सहरहरूलाई, पर्वतहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई र उजाड भग्नावशेषहरूलाई;
5 Protož takto dí Panovník Hospodin: jistě že v ohni horlivosti své mluviti budu proti ostatku těch národů, i proti vší zemi Idumejské, kteříž sobě osobili zemi mou za dědictví, veselíce se z celého srdce, a pléníce s chutí, aby sídlo vyhnaných z něho bylo v loupež.
प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो बल्दो जोशमा बाँकी रहेका जातिहरूको विरुद्धमा र एदोमको विरुद्धमा मैले बोलेको छु; किनकि तिनीहरूका आफ्ना हृदयमा उल्लास र डाह लिएर तिनीहरूले मेरो देशलाई आफ्नो बनाए, ताकि तिनीहरूले त्यसका खर्कहरू लुट्न सकून्।’
6 Protož prorokuj o zemi Izraelské, a mluv k horám a pahrbkům, potokům i k údolím: Takto praví Panovník Hospodin: Aj, já v horlivosti své a v prchlivosti své mluvím, proto že pohanění od národů snášíte.
यसकारण इस्राएल देशको बारेमा अगमवाणी गरेर पर्वतहरू, डाँडाहरू, खोल्साहरू र बेँसीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म आफ्नो डाही क्रोधमा बोल्छु; किनकि तिमीहरूले जातिहरूको गिल्ला सहेका छौ।
7 Protož takto praví Panovník Hospodin: já zdvihna ruku svou, přisahám, že ti národové, kteříž jsou vůkol vás, pohanění své nésti musejí.
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म हात उठाएर शपथ खान्छु, निश्चय तिमीहरूका चारैतिरका जातिहरूले पनि गिल्ला सहनेछन्।
8 Vy pak hory Izraelské, ratolesti své vypouštěti, a ovoce své přinášeti budete lidu mému Izraelskému, když se přiblíží a přijdou.
“‘तर हे इस्राएलका पर्वतहरू हो, तिमीहरूले मेरो प्रजा इस्राएलका निम्ति हाँगाहरू र फलहरू उत्पादन गर्नेछौ; किनकि तिनीहरू चाँडै घर फर्कनेछन्।
9 Nebo aj, já jsem s vámi, a patřím na vás, abyste dělány a osívány byly.
तिमीहरूका निम्ति म चिन्ता गर्छु, र तिमीहरूलाई निगाहको दृष्टिले हेर्नेछु; तिमीहरूको जमिन जोतिनेछ र बिउ छरिनेछ;
10 A rozmnožím v vás lidi, všecken dům Izraelský, jakýžkoli jest, i budou se osazovati města, a pustiny vzdělávati.
अनि म तिमीहरूका अर्थात् इस्राएलका सबै मानिसहरूका संख्या बढाइदिनेछु। सहरहरूमा फेरि मानिसहरू बसोबास गर्नेछन्, र भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्।
11 Rozmnožím, pravím, v vás lidi i hovada, a budou se množiti a ploditi, i učiním, že bydliti budete jako za předešlých let vašich, čině vám dobře, více než v prvotinách vašich. A zvíte, že já jsem Hospodin.
म तिमीहरूका मानिसहरू र घरेलु पशुहरूको संख्या बढाइदिनेछु; अनि तिनीहरू फलदायक भएर संख्यामा धेरै हुनेछन्। म विगतको समयमा झैँ इस्राएलका मानिसहरूलाई बसोबास गर्न दिनेछु; अनि तिमीहरूलाई पहिलेको भन्दा अझ बढी समृद्धि गराउनेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।
12 Nebo uvedu do vás lidi, lid svůj Izraelský, a budou tebou dědičně vládnouti; a budeš jim za dědictví, aniž kdy více siroby na ně uvedeš.
म मानिसहरूलाई अर्थात् मेरा प्रजा इस्राएललाई तिमीहरूमाथि बसोबास गराउनेछु। तिनीहरूले तिमीहरूलाई अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूको उत्तराधिकार हुनेछौ; तिमीहरूले तिनीहरूका छोराछोरीहरूलाई फेरि कहिल्यै पनि खोसेर लानेछैनौ।
13 Takto praví Panovník Hospodin: Proto že říkají vám, že jsi ty ta země, kteráž zžíráš lidi, a sirotky činíš z národů svých,
“‘प्रभु याहवेह यसो भन्नुहुन्छ: किनकि केही मानिसहरूले तिमीहरूलाई भन्छन्, “तिमीहरूले मानिसहरूलाई निल्छौ र आफ्ना जातिका मानिसहरूलाई तिनीहरूका सन्तानदेखि वञ्चित राख्छौ।”
14 Protož nebudeš více zžírati lidi, a národů svých více k sirobě přivoditi, praví panovník Hospodin.
यसकारण तिमीहरूले फेरि कहिल्यै पनि मानिसहरूलाई खानेछैनौ, र आफ्नो जातिलाई निःसन्तान बनाउनेछैनौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
15 Aniž dopustím, aby více slýcháno bylo v tobě potupy národů, aniž útržky lidské snášeti budeš více, ani ku pádu přivoditi více národů svých, praví Panovník Hospodin.
म तिमीहरूलाई फेरि पनि जाति-जातिहरूको गिल्ला सुन्न दिनेछैनँ; अनि तिमीहरूले फेरि पनि जाति-जातिहरूको निन्दा भोग्नुपर्नेछैन, अथवा तिमीहरूका जातिलाई फेरि पतन हुन दिनेछैनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’”
16 I stalo se slovo Hospodinovo ke mně, řkoucí:
याहवेहको वचन फेरि मकहाँ आयो:
17 Synu člověčí, dům Izraelský, bydlíce v zemi své, poškvrnili jí cestou svou a skutky svými; podobná nečistotě ženy pro nečistotu oddělené byla cesta jejich před očima mýma.
“हे मानिसको छोरा, जब इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै देशमा बसे, तिनीहरूले त्यसलाई आफ्ना चालहरू र कामहरूद्वारा अशुद्ध पारे। तिनीहरूका चाल मेरो दृष्टिमा स्त्रीको मासिक-स्रावको अशुद्धता जस्तै थियो।
18 Pročež vylil jsem prchlivost svou na ně, proto že krev vylévali na zemi, a ukydanými bohy svými poškvrnili jí.
यसकारण मैले मेरो क्रोध तिनीहरूमाथि खन्याइदिएँ; किनकि तिनीहरूले आफ्ना देशमा रगत बगाए, र तिनीहरूले आफ्ना मूर्तिहरूद्वारा त्यो देश अशुद्ध पारे।
19 I rozptýlil jsem je po národech, tak že rozplašeni jsou po zemích; podlé cesty jejich a podlé skutků jejich soudil jsem je.
मैले तिनीहरूलाई देशहरूको बीचमा छरपस्ट पारिदिएँ; मैले तिनीहरूका चालहरू र कामहरूअनुसार तिनीहरूको न्याय गरेँ।
20 Nýbrž odšedše mezi národy, kamž přišli, poškvrnili jména svatosti mé, když říkáno o nich: Že jsou lid Hospodinův, a že z jeho země vyšli.
अनि तिनीहरू जातिहरूका बीचमा जहाँ गए तापनि तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र पारे; किनकि तिनीहरूको बारेमा यसो भनिएको थियो, ‘यिनीहरू याहवेहका मानिसहरू हुन्, तर पनि यिनीहरूले उहाँको देश छोड्नुपर्यो।’
21 Ale slitoval jsem se pro jméno svatosti své, kteréhož poškvrnili dům Izraelský mezi národy, kamž přišli.
मलाई मेरो पवित्र नामको वास्ता थियो, जसलाई इस्राएलका मानिसहरूले तिनीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारे।
22 Protož rci domu Izraelskému: Takto praví Panovník Hospodin: Ne pro vás já to učiním, ó dome Izraelský, ale pro jméno svatosti své, kteréhož jste poškvrnili mezi národy, kamž jste přišli,
“यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका खातिर मैले यी कुराहरू गर्न लागेको होइन, तर मेरो पवित्र नामको खातिर, जुन नाम तिमीहरू गएका जाति-जातिहरूका बीचमा तिमीहरूले अपवित्र पारेका छौ।
23 Abych posvětil jména svého velikého, kteréž bylo poškvrněno mezi národy, kteréhož jste poškvrnili u prostřed nich, aby poznali národové, že já jsem Hospodin, praví Panovník Hospodin, když posvěcen budu v vás před očima jejich.
म मेरो महान् नामको पवित्रता देखाउनेछु, जुन जातिहरूका बीचमा अपवित्र तुल्याइएको छ, त्यो नाम जसलाई तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफूलाई तिमीहरूद्वारा तिनीहरूकै आँखाको सामु पवित्र प्रमाणित गर्नेछु, तब जाति-जातिहरूले म नै याहवेह हुँ भनी जान्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
24 Nebo poberu vás z národů, a shromáždím vás ze všech zemí, a uvedu vás do země vaší.
“‘किनकि म तिमीहरूलाई जाति-जातिहरूबाट बाहिर निकाल्नेछु; म तिमीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु।
25 A pokropím vás vodou čistou, a čisti budete; ode všech poškvrn vašich, i ode všech ukydaných bohů vašich očistím vás.
तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु; अनि तिमीहरू शुद्ध हुनेछौ; म तिमीहरूका सबै अशुद्धताहरूबाट र तिमीहरूका सबै मूर्तिहरूबाट तिमीहरूलाई शुद्ध पार्नेछु।
26 A dám vám srdce nové, a ducha nového dám do vnitřností vašich, a odejma srdce kamenné z těla vašeho, dám vám srdce masité.
म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिमीहरूबाट तिमीहरूका ढुङ्गाका हृदय निकाल्नेछु र तिमीहरूलाई मासुको एउटा हृदय दिनेछु।
27 Ducha svého, pravím, dám do vnitřností vašich, a učiním, abyste v ustanoveních mých chodili, a soudů mých ostříhali a činili je.
अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु; अनि तिमीहरूलाई मेरा उर्दीहरूमा हिँड्ने र मेरा नियमहरू होसियारीसाथ पालन गर्ने तुल्याउनेछु।
28 I budete bydliti v zemi, kterouž jsem byl dal otcům vašim, a budete lidem mým, a já budu vaším Bohem.
तब मैले तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्नेछौ; तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु।
29 Nebo vysvobodím vás ze všelijakých poškvrn vašich, a přivolám obilé, a rozmnožím je, a nedopustím na vás hladu.
म तिमीहरूलाई तिमीहरूका सबै अशुद्धताबाट बचाउनेछु। म अन्नलाई धेरै फल्न लगाउनेछु, र तिमीहरूमाथि अनिकाल ल्याउनेछैनँ।
30 Rozmnožím i ovoce stromů a úrody polní, tak že neponesete více potupy hladu mezi národy.
म रूखहरूका फलहरू र खेतका अन्नहरू वृद्धि गराउनेछु, ताकि अनिकालको कारण जातिहरूका बीचमा तिमीहरूले फेरि पनि अपमान सहनु नपरोस्।
31 I rozpomenete se na zlé cesty vaše a na skutky vaše nedobré, tak že sami se býti hodné ošklivosti uznáte pro nepravosti vaše a pro ohavnosti vaše.
तब तिमीहरूले आफ्ना दुष्ट चालहरू र दुष्ट कामहरू सम्झनेछौ; अनि तिमीहरू आफैँले आफ्ना पापहरू र घिनलाग्दा कामहरूका निम्ति आफैँलाई घृणा गर्नेछौ।
32 Ne pro vás já to učiním, praví Panovník Hospodin, známo vám buď. Zahanbětež se a zastyďte za cesty své, dome Izraelský.
मैले यो कुरा तिमीहरूको खातिर गरिरहेको छैनँ भन्ने कुरा तिमीहरूले जान्न सक भन्ने म चाहन्छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हे इस्राएलका मानिसहरू हो, आफ्ना चालचलनहरूका निम्ति शर्ममा पर, र लज्जित होओ!
33 Takto praví Panovník Hospodin: V ten den, v kterémž vás očistím ode všech nepravostí vašich, osadím města, a vzdělány budou pustiny.
“‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जुन दिन म तिमीहरूलाई तिमीहरूका पापहरूबाट शुद्ध पार्छु, म तिमीहरूका सहरहरूलाई फेरि बसोबास गराउनेछु; अनि भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्।
34 A tak země pustá bude dělána, kteráž prvé byla pouští před očima každého tudy jdoucího.
बाटो हिँडनेहरूको नजरमा यो जमिन उजाड रहनुको सट्टा फेरि अन्न उमार्नलाई खनजोत गरिनेछ।
35 I řeknou: Země tato zpuštěná jest jako zahrada Eden, ano i města pustá, zkažená a zbořená jsou ohrazena a osazena.
तिनीहरूले भन्नेछन्, “यो उजाड भएर लडिरहेको जमिन अदनको बगैँचाजस्तै भएको छ; भग्नावशेष अवस्थामा भएका, उजाड र सर्वनाश गरिएको अवस्थामा लडिरहेका सहरहरू अहिले सुरक्षित र बसोबास गरिएका छन्।”
36 I zvědí národové, kteříž pozůstanou vůkol vás, že já Hospodin vystavěl jsem zbořeniny, a vysadil pustiny. Já Hospodin mluvil jsem i učiním.
तब तिमीहरूका चारैतिर रहेका जातिहरूले थाहा पाउनेछन्, कि म याहवेहले नै भत्काइएका ठाउँहरूलाई पुनर्निर्माण गरेको हुँ; अनि उजाड भएको जमिनलाई फेरि उर्वर भूमिमा पुनर्स्थापित गरिदिएको हुँ। म याहवेहले बोलेको हुँ, अनि म यो गर्ने नै छु।’
37 Takto praví Panovník Hospodin: Ještě toho hledati bude při mně dům Izraelský, abych je rozmnožil. Rozmnožím je lidmi jako stády.
“प्रभु याहवेह यसो भन्नुहुन्छ: “म फेरि एक पटक इस्राएलका मानिसहरूको बिन्ती सुन्नेछु, र तिनीहरूका निम्ति यो गर्नेछु: म तिनीहरूका मानिसहरूलाई भेडाहरूजस्तै संख्यामा धेरै बढाइदिनेछु;
38 Jako stádo k obětem, jako stádo Jeruzalémské při slavnostech jeho, tak města pustá budou plná stád lidí, i zvědí, že já jsem Hospodin.
तोकिएका चाडहरूको समयमा भेटीको रूपमा यरूशलेममा ल्याइएका बगालहरूजस्तै संख्यामा धेरै बढाउनेछु। यसरी भग्नावशेष अवस्थामा रहेका सहरहरू मानिसहरूका भीडले भरिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”