< 5 Mojžišova 8 >

1 Všelikého přikázaní, kteréž já přikazuji tobě dnes, skutečně ostříhejte, abyste živi byli a rozmnožili se, a vešli k dědičnému obdržení země, kterouž s přísahou zaslíbil Hospodin otcům vašim.
मैले आज तिमीहरूलाई दिइरहेका हरेक आज्ञालाई होसियारीसाथ पालन गर, ताकि तिमीहरू जीवित रहन सक, र वृद्धि हुन सक। अनि याहवेहले तिमीहरूका पितापुर्खाहरूसँग शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्न सक; र त्यस देशमा अधिकार गर्न सक।
2 A rozpomínati se budeš na všecku cestu, kterouž tě vedl Hospodin Bůh tvůj již teď čtyřidceti let po poušti, aby ponížil tebe a zkusil tě, aby známé bylo, co jest v srdci tvém, budeš-li ostříhati přikázaní jeho, čili nic.
तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर तिमीहरूका हृदय जान्‍न, तिमीहरूलाई नम्र बनाउन अनि जाँच्नलाई कसरी याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उजाडस्थानभरि यी चालीस वर्षसम्म डोर्‍याउनुभयो, सो स्मरण गर।
3 I ponížil tě a dopustil na tebe hlad, potom tě krmil mannou, kteréž jsi ty neznal, ani otcové tvoji, aby známé učinil tobě, že ne samým chlebem živ bude člověk, ale vším tím, což vychází z úst Hospodinových, živ bude člověk.
उहाँले तिमीहरूलाई नम्र तुल्याउन भोकाउन दिनुभयो। त्यसपछि मन्‍न खुवाउनुभयो; जसलाई न तिमीहरूले, न त तिमीहरूका पितापुर्खाहरूले नै जानेका थिए। मानिस भोजनले मात्र जीवित रहँदैन, तर याहवेहको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर सिकाउनलाई त्यसो गर्नुभयो।
4 Roucho tvé nevetšelo na tobě, a noha tvá se neodhnetla, již od čtyřidceti let.
यी चालीस वर्षहरूमा तिमीहरूका लुगा फाटेनन्, र तिमीहरूका खुट्टा पनि सुनिएनन्।
5 Znejž tedy v srdci svém, že jakož cvičí člověk syna svého, tak Hospodin Bůh tvůj cvičí tebe.
यसकारण जसरी मानिसले आफ्ना छोरालाई अनुशासनमा राख्छ, त्यसरी नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी याद राख।
6 A ostříhej přikázaní Hospodina Boha svého, chodě po cestách jeho, a boje se jeho.
याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर। उहाँका आज्ञामा हिँड र उहाँको आदर गर।
7 Nebo Hospodin Bůh tvůj uvozuje tě do země výborné, země, v níž jsou potokové vod, studnice a propasti prýštící se po údolích i po horách,
किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यस्तो उत्तम देशमा ल्याउनुहुँदैछ, जुन देशमा नदीनालाहरू, पानीका धाराहरू र पानीका मूलहरू पहाड र बेँसीहरूबाट बगेर निस्कन्छन्।
8 Do země hojné na pšenici a ječmen, na vinice a fíky a jablka zrnatá, do země, v níž jest hojnost olivoví olej přinášejícího a medu.
यस्तो देश, जहाँ गहुँ र जौ, अङ्‌गुर र नेभाराका रूखहरू, अनार, जैतुनको तेल र मह उत्पादन हुँदछन्।
9 Země, v níž bez nedostatku chléb jísti budeš, a v ničemž nouze trpěti nebudeš, země, jejíž kamení jest železo, a z hor jejích měď sekati budeš.
यस्तो देश, जहाँ भोजनको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। यस्तो देश, जहाँ चट्टानहरूमा फलाम छन्, र तिमीहरूले पहाडहरूबाट तामा खनेर निकाल्न सक्छौ।
10 Kdyžkoli jísti budeš a nasytíš se, dobrořečiti budeš Hospodina Boha svého za zemi výbornou, kterouž dal tobě.
जब तिमीहरूले खाएर तृप्‍त हुन्छौ, तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तम देश दिनुभएको निम्ति उहाँलाई प्रशंसा गर।
11 Aniž se kdy toho dopouštěj, abys se měl zapomenouti na Hospodina Boha svého, a neostříhati přikázaní a soudů jeho i ustanovení jeho, kteráž já dnes přikazuji tobě,
आज मैले तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका व्यवस्थाहरू र उहाँका उर्दीहरू दिइरहेको छु, तिमीहरूले उहाँलाई नभुल
12 Aby, když bys jedl a nasycen byl, a domů krásných nastavěje, v nich bys bydlil,
नत्रता तिमीहरू खाएर तृप्‍त हुनेछौ, तब तिमीहरूले राम्रा घरहरू बनाएर बसोबास गर्छौ।
13 A volové i ovce tvé rozmnoženy byly by, stříbra také a zlata měl bys mnoho, a hojnost ve všech věcech svých,
अनि जब तिमीहरूका बथान र बगालहरू वृद्धि हुँदै जानेछन्; तिमीहरूका चाँदी र सुन प्रशस्त हुनेछ। अनि तिमीहरूसँग भएका सबै कुराहरू वृद्धि हुनेछ,
14 Nepozdvihlo se srdce tvé, a zapomenul bys na Hospodina Boha svého, kterýž tě vyvedl z země Egyptské, z domu služby,
तब तिमीहरूका हृदयमा घमण्ड आउनेछ, र तिमीहरूलाई इजिप्टको दासत्वबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले बिर्सनेछौ।
15 A vedl tě přes poušť velikou a hroznou, na níž byli hadové ohniví a štírové, poušť žíznivou, na níž nebylo žádné vody, a vyvedl tobě vodu z přetvrdé skály,
उहाँले तिमीहरूलाई विशाल र डरलाग्दो उजाडस्थानद्वारा त्यस सुक्खा र पानीविनाको भूमिबाट अनि विषालु सर्पहरू र बिच्छीहरू भएको ठाउँबाट डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्ति त्यस कडा चट्टानबाट पानी निकाल्नुभयो।
16 Kterýž tě krmil na poušti mannou, o kteréž nevěděli otcové tvoji, aby tě potrápil a zkusil tebe, naposledy však aby dobře učinil tobě.
अन्त्यमा उहाँले तिमीहरूलाई सबै अशल कुराहरू दिन सक्नुभएको होस् भनेर उहाँले तिमीहरूलाई नम्र बनाउन र जाँच गर्न तिमीहरूका पितापुर्खाहरूले कहिल्यै नजानेका मन्‍न उजाडस्थानमा खानलाई दिनुभयो।
17 Aniž říkej v srdci svém: Moc má a síla ruky mé způsobila mi tato zboží,
तिमीहरूले आफ्नो मनमा सोचौला, “मेरा आफ्ना हातका शक्ति र मेरा हातका बलले आफ्ना निम्ति यो धन कमाएको हुँ।”
18 Ale pamatuj na Hospodina Boha svého, nebo on dává tobě moc k dobývání zboží, aby utvrdil smlouvu svou, kterouž s přísahou učinil s otci tvými, jakož to ukazuje dnešní den.
तर याहवेह तिमीहरूका परमेश्‍वरलाई स्मरण गर; किनकि उहाँले नै तिमीहरूलाई धन कमाउने क्षमता दिनुभएको छ। अनि उहाँले तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा गर्नुभएको करार निश्‍चित गर्नुहुन्छ, जसरी आजको दिनसम्म गर्नुभएको छ।
19 Pakli zapomena se na Hospodina Boha svého, postoupil bys po bozích cizích, a sloužil bys jim a klaněl bys se jim: osvědčuji proti vám dnes, že konečně zahynete.
यदि कुनै दिन तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई बिर्सेर अरू देवी-देवताहरूलाई पछ्याएर तिनीहरूलाई पूजा गर्‍यौ र तिनीहरूको सामु निहुर्‍यौ भने म आज तिमीहरूको विरुद्धमा साक्षी दिन्छु; तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ।
20 Jako pohané, kteréž Hospodin zahladil před tváří vaší, tak zahynete, proto že jste neposlouchali hlasu Hospodina Boha svého.
तिमीहरूकै सामु याहवेहले जातिहरूलाई नाश गर्नुभएझैँ, तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन नगरेको कारण नष्‍ट हुनेछौ।

< 5 Mojžišova 8 >