< 5 Mojžišova 10 >
1 Toho času řekl mi Hospodin: Vyhlaď sobě dvě dsky kamenné, podobné prvním, a vstup ke mně na horu, a udělej sobě truhlu dřevěnou.
त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, 'पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना ।
2 I napíši na dskách těch slova, kteráž byla na dskách prvních, kteréž jsi rozrazil, a vložíš je do té truhly.
तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू म यी पाटीहरूहरूमा लेख्ने छु, र तैँले तिनलाई सन्दुकमा राख्नू ।'
3 Tedy udělal jsem truhlu z dříví setim, a vyhladiv dvě dsky kamenné, podobné prvním, vstoupil jsem na horu, nesa ty dvě dsky v rukou svých.
त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ ।
4 I napsal na těch dskách, tak jakž prvé byl napsal, deset slov, kteráž mluvil k vám Hospodin na hoře z prostředku ohně v den shromáždění onoho, a dal je Hospodin mně.
पर्वतमा सभाको दिनमा आगोको बिचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दस आज्ञा उहाँले पहिलेजस्तै ती पाटीहरूमा लेख्नुभयो र मलाई दिनुभयो ।
5 A obrátiv se, sstoupil jsem s hory té, a vložil jsem ty dsky do truhly, kterouž jsem byl udělal, a byly tam, jakož mi přikázal Hospodin.
म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।”
6 Synové pak Izraelští hnuli se z Beerot synů Jakan do Moserah. Tam umřel Aron, a tu jest pochován; i konal úřad kněžský na místě jeho Eleazar, syn jeho.
(इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले ।
7 Odtud táhli do Gadgad, a z Gadgad do Jotbata, do země vod tekutých.
त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए ।
8 Toho času oddělil Hospodin pokolení Léví, aby nosili truhlu smlouvy Hospodinovy, a aby stáli před Hospodinem k službě jemu, a k dobrořečení ve jménu jeho až do dnešního dne.
त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन र उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्न उहाँले लेवी कुललाई छान्नुभयो जस्तो आजसम्म चलिआएको छ ।
9 Pročež nemělo pokolení Léví dílu a dědictví s bratřími svými, nebo Hospodin jest dědictví jeho, jakož mluvil k němu Hospodin Bůh tvůj.
त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्वरले तिनलाई भन्नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)
10 Já pak zůstal jsem na té hoře jako dnů prvních, čtyřidceti dní a čtyřidceti nocí, a uslyšel mne Hospodin i tehdáž, a nechtěl shladiti tebe.
पहिलेजस्तै म चालिस दिन र चालिस रातसम्म पर्वतमा बसेँ । त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्नुभयो ।
11 Potom řekl mi Hospodin: Vstaň, jdi, předcházeje lid, aby vešli a vládli zemí, kterouž jsem s přísahou zaslíbil otcům jejich, že jim ji dám.
परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्नुभयो, 'उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् र त्यसको अधिकार गर्ने छन् ।'
12 Nyní tedy, Izraeli, čeho žádá Hospodin Bůh tvůj od tebe? Jediné abys se bál Hospodina Boha svého, a chodil po všech cestách jeho, a abys miloval ho, a sloužil Hospodinu Bohu svému v celém srdci svém, a ve vší duši své,
अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर;
13 Ostříhaje přikázaní Hospodinových a ustanovení jeho, kteráž já přikazuji tobě dnes k tvému dobrému.
परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।
14 Aj, Hospodina Boha tvého jest nebe i nebesa nebes, země a všecky věci, kteréž jsou na ní.
हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन् ।
15 Však toliko v otcích tvých zalíbilo se Hospodinu, aby je zamiloval, a vyvolil símě jejich po nich, vás totiž ze všech národů, jakož dnes vidíš.
परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो र उहाँले तिमीहरू, तिमीहरूका सन्तानहरू र त्यसपछि आउनेहरूलाई चुन्नुभयो जस्तो तिमीहरू देख्छौ ।
16 Protož obřežtež neobřízku srdce svého, a šíje své nezatvrzujte více.
त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ ।
17 Nebo Hospodin Bůh váš, on jest Bůh bohů, a Pán pánů, Bůh silný, veliký, mocný a hrozný, kterýž nepřijímá osoby, ani béře darů,
किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै देवहरूका परमेश्वर र प्रभुहरूका प्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्न र घुस लिनुहुन्न ।
18 Èině soud sirotku a vdově, miluje také příchozího, dávaje mu chléb a oděv.
उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्त्र दिएर प्रेम देखाउनुहुन्छ ।
19 Protož milujte hostě, nebo jste byli hosté v zemi Egyptské.
त्यसकारण परदेशीलाई प्रेम गर । किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ ।
20 Hospodina Boha svého báti se budeš, jemu sloužiti, a jeho se přídržeti, a ve jménu jeho přisahati budeš.
परमप्रभु तिमीहरूका परमेश्वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ ।
21 Onť jest chvála tvá, a onť jest Bůh tvůj, kterýž učinil s tebou tyto veliké a hrozné věci, kteréž viděly oči tvé.
उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ ।
22 V sedmdesáti dušech sstoupili otcové tvoji do Egypta, nyní pak rozmnožil tě Hospodin Bůh tvůj, abys byl v množství jako hvězdy nebeské.
तिमीहरूका सत्तरी जना पिता-पुर्खा मिश्रमा गएका थिए । अहिले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराहरूजत्तिकै असङ्ख्य बनाउनुभएको छ ।