< Ámos 1 >
1 Slova Amosova, (kterýž byl mezi pastýři) z Tekoa, kteráž viděl o Izraelovi za dnů Uziáše krále Judského, a za dnů Jeroboáma syna Joasova, krále Izraelského, dvě létě před země třesením.
आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए।
2 I řekl: Hospodin řváti bude z Siona, a z Jeruzaléma vydá hlas svůj, i budou kvíliti salášové pastýřů, a vyschnou pole nejvýbornější.
तिनले भने: “याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ, र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ; गोठालाका खर्कहरू सुकेर जान्छन् र कर्मेलको टाकुरा ओइलाउँछ।”
3 Takto praví Hospodin: Pro troji nešlechetnost Damašku, ovšem pro čtveru neodpustím jemu, proto že mlátili Galáda cepami okovanými.
याहवेह यसो भन्नुहुन्छ: “दमस्कसका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले फलामका दाँतहरू भएका डण्डाले गिलादलाई दाइँ गरेकी छे;
4 Ale pošli oheň na dům Hazaelův, kterýžto zžíře paláce Benadadovy.
म हजाएलको घरमा आगो पठाउनेछु, जसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ।
5 I polámi závoru Damašku, a vypléním obyvatele z údolí Aven, a toho, kterýž drží berlu, z domu Eden, i půjde v zajetí lid Syrský do Kir, dí Hospodin.
म दमस्कसका ढोकालाई फोरिदिनेछु; म अवेनको बेँसीमा बस्ने राजालाई नाश गर्नेछु; अनि बेथ-अदनमा राजदण्ड लिने राजालाई म नाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीर देशमा जानेछन्,” याहवेहले भन्नुहुन्छ।
6 Takto praví Hospodin: Pro troji nešlechetnost Gázy, ovšem pro čtveru neslituji se nad ním, proto že je zajímajíce, v zajetí věčné podrobovali Idumejským.
याहवेह यसो भन्नुहुन्छ: “गाजाका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे; अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे;
7 Ale pošli oheň na zed Gázy, kterýžto zžíře paláce její,
म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका किल्लाहरू भस्म पार्नेछ।
8 A vypléním obyvatele z Azotu, i toho, kterýž drží berlu, z Aškalon, a obrátím ruku svou proti Akaron, i zahyne ostatek Filistinských, praví Panovník Hospodin.
म अश्दोदको राजा र अश्कलोनको राजदण्ड लिनेलाई नाश गर्नेछु। सबै पलिश्तीहरू नमरेसम्म, म मेरो हात एक्रोनको सहरको विरुद्धमा उठाउनेछु,” प्रभु याहवेह भन्नुहुन्छ।
9 Takto praví Hospodin: Pro troji nešlechetnost Týru, ovšem pro čtveru neodpustím jemu, proto že je v zajetí věčné podrobili Idumejským, a nepamatovali na smlouvu bratrskou.
याहवेह यसो भन्नुहुन्छ: “टायरका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले मित्रताको सन्धिलाई अनादर गर्दै एदोमलाई कैदीको सारा समुदाय बेचेकी छे;
10 Ale pošli oheň na zed Tyrskou, kterýžto zžíře paláce jeho.
म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका बलिया किल्लाहरूलाई भस्म पार्नेछ।”
11 Takto praví Hospodin: Pro troji nešlechetnost Edoma, ovšem pro čtveru neslituji se nad ním, proto že udusiv v sobě všecku lítostivost, stihá mečem bratra svého, a hněv jeho ustavičně rozsapává, anobrž vzteklost jeho špehuje bez přestání.
याहवेह यसो भन्नुहुन्छ: “एदोमका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि एदोमले आफ्नो भाइलाई तरवारले खेद्यो, र देशका स्त्रीहरूलाई मार्यो; किनभने त्यसको रिस निरन्तर उठिरह्यो, र त्यसको रिसको ज्वाला दन्किरह्यो।
12 Ale pošli oheň na Teman, kterýžto zžíře paláce v Bozra.
म तेमानमाथि आगो पठाउनेछु; त्यसले बोज्राका किल्लाहरूलाई भस्म पार्नेछ।”
13 Toto praví Hospodin: Pro troji nešlechetnost synů Ammon, ovšem pro čtveru neodpustím jemu, proto že roztínali těhotné Galádské, jen aby rozšiřovali pomezí své.
याहवेह यसो भन्नुहुन्छ: “अम्मोनका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्ति गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो।
14 Ale zanítím oheň na zdi Rabba, kterýžto zžíře paláce její, s troubením v den boje a s bouří v den vichřice.
म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसको किल्लाहरू भस्म पार्नेछ; लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा, र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ।
15 I půjde král jejich v zajetí, on i knížata jeho s ním, praví Hospodin.
रब्बाका राजाका साथै तिनी र तिनका अधिकारीहरू सबै एकसाथ निर्वासनमा लगिनेछन्,” याहवेह भन्नुहुन्छ।