< 2 Královská 2 >

1 Stalo se potom, když měl již vzíti Hospodin Eliáše u vichru do nebe, že vyšel Eliáš s Elizeem z Galgala.
जब परमप्रभुले एलियालाई हावाको भूमरीद्वारा उठाएर स्‍वर्गमा लानै लाग्‍नुभएको थियो, तब एलीशालाई साथ लिएर एलिया गिलगालबाट गए ।
2 I řekl Eliáš Elizeovi: Medle, poseď tuto, nebo Hospodin poslal mne až do Bethel. Jemuž řekl Elizeus: Živť jest Hospodin, a živať jest duše tvá, žeť se tebe nespustím. I přišli do Bethel.
एलियाले एलीशालाई भने, “कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्‍छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले तिनीहरू बेथेलमा झरे ।
3 Tedy vyšli synové proročtí, kteříž byli v Bethel, k Elizeovi a řekli jemu: Víš-liž, že dnes Hospodin vezme pána tvého od tebe? Kterýž odpověděl: A já vím, mlčte.
बेथेलमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।”
4 Opět řekl jemu Eliáš: Elizee, medle poseď tuto, nebo Hospodin poslal mne do Jericha. Kterýž odpověděl: Živť jest Hospodin, a živať jest duše tvá, žeť se tebe nespustím. I přišli do Jericha.
एलियाले तिनलाई भने, “एलीशा, कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ ।” तब एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले तिनीहरू यरीहोमा गए ।
5 Přistoupivše pak synové proročtí, kteříž byli v Jerichu, k Elizeovi, řekli jemu: Víš-liž, že dnes vezme Hospodin pána tvého od tebe? I řekl: A já vím, mlčte.
तब यरीहोमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।”
6 Řekl mu ještě Eliáš: Poseď medle tuto, nebo Hospodin poslal mne k Jordánu. Kterýž odpověděl: Živť jest Hospodin, a živať jest duše tvá, žeť se tebe nespustím. Šli tedy oba.
तब एलियाले तिनलाई भने, “कृपागरी, यहीँ बस, किनकि परमप्रभुले मलाई यर्दनमा पठाउनुभएको छ ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले ती दुई जना गइरहे ।
7 Padesáte pak mužů z synů prorockých šli, a postavili se naproti zdaleka, ale oni oba zastavili se u Jordánu.
पछि यी दुई जना यर्दन नदीनेर उभिरहँदा तिनीहरूका सामु अगमवक्ताहरू पचास जना छोराहरू उभिए ।
8 A vzav Eliáš plášť svůj, svinul jej a udeřil na vodu. I rozdělila se sem i tam, tak že přešli oba po suše.
एलियाले आफ्नो खास्टो उतारे, त्यसलाई बेह्रे अनि त्यसले पानीलाई हिर्काए । नदी दुईतिर विभाजित भयो जसको कारणले ती दुई जना सुक्खा जमिनबाट हिंडे ।
9 V tom když přešli, řekl Eliáš Elizeovi: Žádej sobě, co chceš, prvé než vzat budu od tebe. I řekl Elizeus: Nechť jest, prosím, dvojnásobní díl ducha tvého na mně.
तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, “तिमीबाट मलाई लानुअघि तिम्रो निम्ति मैले के गर्नुपर्छ मलाई भन?” एलीशाले जवाफ दिए, “तपाईंको आत्माको दोब्बर भाग ममा आउन दिनुहोस् ।”
10 Jemuž řekl: Nesnadnés věci požádal, a však jestliže uzříš mne, když budu vzat od tebe, staneť se tak; pakli nic, nestane se.
एलियाले भने, “तिमीले कठिन कुरा मागेका छौ । तापनि तिमीबाट मलाई लगिएको तिमीले देख्यौ भने, तिम्रो निम्‍ति यो हुनेछ, तर देखेनौ भने, यो हुनेछैन ।”
11 Takž stalo se, že když předce jdouce, rozmlouvali, aj, vůz ohnivý a koni ohniví rozdělili je na různo. I vstoupil Eliáš u vichru do nebe.
तिनीहरू कुराकानी गर्दै अगाडि बढ्दा थिए, हेर, एउटा अग्‍निमय रथ र घोडाहरू देखा परे, जसले यी दुई जना मानिसलाई एक-अर्काबाट अलग गरिदियो, अनि एलिया हावाको भूमरीद्वारा स्वर्गमा लगिए ।
12 To vida Elizeus, volal: Otče můj, otče můj! Vozové Izraelští i jezdci jeho! A neviděl ho více. Potom uchopiv roucho své, roztrhl je na dva kusy.
एलीशाले यो देखे र तिनी चिच्‍च्याए, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र तिनीहरूका घोडाहरू!” तिनले एलियालाई फेरि देखेनन्, र तिनले आफ्‍ना वस्‍त्र समाते र दुई भागमा च्याते ।
13 A zdvih plášť Eliášův, kterýž byl spadl s něho, navrátil se a stál na břehu Jordánském.
तिनले एलियाबाट खसेको खास्टो उठाए र यर्दन नदीको किनारमा खडा हुनलाई फर्केर गए ।
14 Tedy vzav plášť Eliášův, kterýž byl spadl s něho, udeřil na vodu a řekl: Kdež jest Hospodin Bůh Eliášův i on sám? A udeřil, pravím, na vodu, kteráž rozstoupila se sem i tam. I přešel Elizeus.
एलियाबाट खसेको खास्टोले तिनले पानीलाई हिर्काए र भने, “एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्छ? जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो र एलीशा पारि गए ।
15 Což vidouce synové proročtí z Jericha, naproti stojíce, řekli: Odpočinul duch Eliášův na Elizeovi. I šli proti němu a poklonili se mu až k zemi.
जब यरीहोबाट आएका अगमवक्ताहरूका छोराहरूले तिनी पारि तरेको देखे तब तिनीहरूले भने, “एलियाका आत्माले एलीशामा बास गरेको छ ।” त्यसैले तिनलाई भेट्न तिनीहरू आए, र तिनको अघि आफैलाई भुइँसम्मै निहुराए ।
16 A řekli jemu: Aj, nyní jest s služebníky tvými padesáte mužů silných, medle nechť jdou a hledají pána tvého. Snad ho zanesl duch Hospodinův, a povrhl jej na některé hoře aneb v některém údolí. Kterýž řekl: Neposílejte.
तिनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिस छन् । हामी अनुरोध गर्छौं कि तिनीहरूलाई जान र तपाईंका मालिकको खोजी गर्न दिनुहोस्, कतै परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको र तिनलाई कुनै पहाड वा उपत्यकामा फाल्‍नुभएको छ कि?” एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नपठाओ ।”
17 Ale když na něj vždy dotírali, tak že mu to obtížné bylo, řekl: Pošlete. I poslali padesáte mužů, a hledajíce za tři dni, nenalezli ho.
तर एलिशा लाजमा पारून्‍जेलसम्म तिनीहरूले बिन्ती गरेको हुनाले तिनले भने “तिनीहरूलाई पठाओ ।” तब तिनीहरूले पचास जना मानिस पठाए, र तिनीहरूले तिन दिनसम्म खोजी गरे, तर तिनलाई पाएनन् ।
18 A když se k němu navrátili, (on pak bydlil v Jerichu), řekl jim: Zdaliž jsem vám neřekl: Nechoďte?
एलीशा यरीहोमा हुँदा तिनीहरू तिनीकहाँ फर्केर आए, र तिनले तिनीहरूलाई सोधे, “के 'नजाओ' भनी मैले तिमीहरूलाई भनेको थिइनँ र?”
19 Muži pak města toho řekli Elizeovi: Hle, nyní byt v městě tomto jest výborný, jakož, pane můj, vidíš, ale vody jsou zlé a země neúrodná.
सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, तपाईं देख्‍न सक्‍नुहुन्छ यो सहरको अवस्था राम्रै छ, तर पानी दूषित छ, र जमिनले फल दिंदैन ।”
20 Tedy řekl: Přineste mi nádobu novou, a dejte do ní soli. I přinesli mu.
एलीशाले जवाफ दिए, “एउटा नयाँ कचौरा मकहाँ लेओ, र यसभित्र नून हाल ।” त्यसैले तिनीहरूले त्‍यो तिनीकहाँ ल्याए ।
21 A vyšed k pramenu těch vod, vsypal tam sůl a řekl: Takto praví Hospodin: Uzdravuji vody tyto; nebudeť více odtud smrti, ani nedochůdčete.
एलीशा पानीको मुहानमा गए, र त्यसमा नुन छर्किदिए । तब तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'मैले यो पानीलाई शुद्ध पारेको छु । अब फेरि मृत्यु हुने वा फलविहीन जमिन हुनेछैन' ।”
22 A tak uzdraveny jsou ty vody až do dnešního dne, vedlé řeči Elizeovy, kterouž byl mluvil.
त्यसैले एलीशाले बोलेको वचनद्वारा आजको दिनसम्म पानी शुद्ध छ ।
23 Potom šel odtud do Bethel. A když šel cestou, pacholata malá vyšedše z města, posmívali se jemu, říkajíce: Jdi lysý, jdi lysý!
त्यसपछि एलीशा त्यहाँबाट बेथेलमा गए । तिनी बाटोमा जाँदै गर्दा सहरबाट केही केटाहरू आए र तिनको खिसी गरे। तिनीहरूले भने, “ए मुडुले, तिमी माथि जाऊ! ए मुडुले, तिमी माथि जाऊ!”
24 Kterýž ohlédna se, uzřel je a zlořečil jim ve jménu Hospodinovu. Protož vyskočivše dvě nedvědice z lesa, roztrhaly z nich čtyřidcatero a dvé dětí.
एलीशा आफ्‍नो पछाडि फर्के र तिनीहरूलाई देखे । तिनीहरूमाथि सराप परोस् भनी तिनले परमप्रभुलाई पुकारे । त्यसपछि जङ्गलबाट दुईवटा पोथी भालु निस्केर आयो र बयालिस जना केटाहरूलाई घाइते बनाए ।
25 I šel odtud na horu Karmel, odkudž navrátil se do Samaří.
तब एलीशा त्यहाँबाट कर्मेल डाँडामा गए, र त्यहाँबाट तिनी सामरिया फर्के ।

< 2 Královská 2 >