< 2 Korintským 13 >

1 Toto již po třetí jdu k vám, a v ústech dvou neb tří svědků staneť každé slovo.
म तेस्रो पटक तिमीहरूकहाँ आउँदै छु । “हरेक आरोपलाई दुई वा तिन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ ।”
2 Předpovědělť jsem, a předpovídám po druhé jako přítomný, a nepřítomný nyní píši těm, kteříž prve hřešili, i jiným všechněm, že přijdu-liť opět znovu, neodpustím,
म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैन ।
3 Poněvadž zkusiti hledáte toho, kterýž skrze mne mluví, Krista, kterýžto k vám není nemocný, ale mocný jest v vás.
तिमीहरूलाई म यो भन्छु, किनकि तिमीहरू मद्वारा ख्रीष्‍ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ । उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्‍न । तर उहाँ तिमीहरूमा शक्‍तिशाली हुनुहुन्छ ।
4 Nebo ačkoli ukřižován jest jako nemocný, ale živ jest z moci Boží. A tak i my mdlí jsme s ním, ale živi budeme s ním, z moci Boží vztahující se až k vám.
किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो, तर परमेश्‍वरको शक्‍तिद्वारा जीवित हुनुभयो । किनकि हामी पनि उहाँमा दुर्बल छौँ, तर तिमीहरूका बिचमा हामी परमेश्‍वरको शक्‍तिद्वारा उहाँमा जिउँछौँ ।
5 Sami sebe zkušujte, jste-li u víře; sami sebe ohledujte. Èili sami sebe neznáte, že Ježíš Kristus jest v vás? Leč jste snad zavrženi.
तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैँले जाँच । आफैँलाई जाँच । येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भन्‍ने तिमीहरूले महसुस गरेका छैनौ? उहाँ हुनुहुन्छ, नत्रता तिमीहरू स्वीकृत हुँदैनौ ।
6 Ale naději mám, žeť poznáte, žeť my nejsme zavrženi.
र म निश्‍चित छु, कि तिमीहरूले हामी अस्वीकृत नभएका पाउनेछौ ।
7 Modlímť se pak Bohu, abyste nic zlého nečinili, ne proto, abychom my se dokonalí ukázali, ale abyste vy to, což jest dobrého, činili, my pak jako zavržení abychom byli.
तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्‍ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं ।
8 Neboť nic nemůžeme proti pravdě, ale k pravdě.
किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ ।
9 Radujeme se zajisté, že ač jsme mdlí, ale vy jste silní, a za toť se i modlíme, abyste vy byli dokonalí.
किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं ।
10 Protož toto nepřítomný jsa, píši, abych snad potom přítomen jsa, nemusil býti přísný, podle moci, kterouž mi dal Pán k vzdělání, a ne k zkáze.
म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।
11 Naposledy, bratří mějtež se dobře, dokonalí buďte, potěšujte se, jednostejně smyslte, pokoj mějte. A Bůh lásky a pokoje budeť s vámi.
अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ ।
12 Pozdravtež jedni druhých políbením svatým.
एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
13 Pozdravují vás všickni svatí.
सबै विश्‍वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
14 Milost Pána Jezukrista, a láska Boží, a účastenství Ducha svatého budiž se všemi vámi. Amen. Druhý list k Korintským psán byl z Filippis, Města Macedonského, po Titovi a Lukášovi.
प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।

< 2 Korintským 13 >