< 1 Samuelova 31 >
1 A tak potýkali se Filistinští s Izraelem. Muži pak Izraelští utíkali před Filistinskými a padli, zbiti jsouce na hoře Gelboe.
पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे, र धेरै जना गिल्बो पर्वतमा मारिए।
2 I stihali Filistinští Saule a syny jeho, a zabili Filistinští Jonatu a Abinadaba a Melchisua, syny Saulovy.
पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे।
3 Když se pak zsilila bitva proti Saulovi, trefili na něj střelci, muži s luky; i postřelen jest velmi od těch střelců.
शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब तिनीहरूले तिनलाई गम्भीर घाइते बनाए।
4 I řekl Saul oděnci svému: Vytrhni meč svůj a probodni mne jím, aby přijdouce ti neobřezanci, neprobodli mne, a neučinili sobě ze mne posměchu. Ale nechtěl oděnec jeho, nebo se bál velmi. A pochytiv Saul meč, nalehl na něj.
शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्ली उडाउनेछन् र मार्नेछन्।” तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।
5 Tedy vida oděnec jeho, že umřel Saul, nalehl i on na meč svůj a umřel s ním.
जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्यो।
6 A tak umřel Saul a tři synové jeho, a oděnec jeho, ano i všickni muži jeho v ten den spolu.
यसरी शाऊल र तिनका तीन जना छोराहरू र हतियार बोक्ने त्यही दिन एकसाथ मरे।
7 Když pak uzřeli synové Izraelští, kteříž bydlili za tím údolím, a kteříž bydlili za Jordánem, že zutíkali muži Izraelští, nadto že Saul i synové jeho zahynuli, opustivše města, také utíkali. I přišli Filistinští a bydlili v nich.
जब त्यस बेँसीमा भएका र यर्दनपारि भएका इस्राएलीहरूले इस्राएलका सेना भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। तब पलिश्तीहरू आएर ती सहरहरूलाई कब्जा गरे।
8 A když bylo nazejtří, přišli Filistinští, aby zloupili pobité; i nalezli Saule a tři syny jeho ležící na hoře Gelboe.
भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका तीन छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए।
9 I sťali hlavu jeho a svlékli odění jeho, a poslali po zemi Filistinské vůkol, aby to ohlášeno bylo v chrámě modl jejich i lidu.
तिनीहरूले शाऊलको शिर काटे र तिनका हतियारहरू लिए। अनि तिनीहरूले पलिश्तीहरूको देशभरि तिनीहरूका मूर्तिहरूका मन्दिरहरूमा र तिनीहरूका मानिसहरूको बीचमा यो खबर घोषणा गर्नलाई दूतहरू पठाए।
10 I složili odění jeho v chrámě Astarot, tělo pak jeho přibili na zdi Betsan.
तिनीहरूले शाऊलका हतियारहरू अश्तोरेतको मन्दिरमा राखे; अनि तिनको शरीरलाई बेथ-शानको भित्तामा बाँधिदिए।
11 Tedy uslyšavše o tom obyvatelé Jábes Galád, co učinili Filistinští Saulovi,
जब याबेश-गिलादका मानिसहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए, सो कुरा सुने;
12 Zdvihli se všickni muži silní, a jdouce celou noc, sňali tělo Saulovo i těla synů jeho se zdi Betsanské; a když se navrátili do Jábes, spálili je tam.
तब तिनीहरूका वीर मानिसहरू रातभरि हिँडेर बेथ-शानमा पुगे। तिनीहरूले शाऊल र तिनका छोराहरूका शरीरलाई बेथ-शानको भित्ताबाट निकाले र याबेश सहरमा गएर तिनीहरूलाई त्यहाँ जलाइदिए।
13 A vzavše kosti jejich, pochovali je pod stromem v Jábes, a postili se sedm dní.
त्यसपछि तिनीहरूले तिनीहरूका हड्डीहरू लगे र तिनीहरूलाई याबेशमा एउटा झ्याउको बोटको फेदमा गाडिदिए। अनि तिनीहरूले सात दिनसम्म उपवास बसे।