< 1 Korintským 4 >
1 Tak o nás smýšlej člověk, jako o služebnících Kristových a šafářích tajemství Božích.
यसरी कुनै व्यक्तिले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरको गोप्य सत्यताको भण्डारे ठान्नुपर्छ ।
2 Dále pak vyhledává se při šafářích toho, aby každý z nich věrný nalezen byl.
यस सम्बन्धमा, भण्डारेहरू विश्वासयोग्य हुन आवश्यक छ ।
3 Mně pak to za nejmenší věc jest, abych od vás souzen byl, aneb od lidského soudu; nýbrž aniž sám sebe soudím.
तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैँ पनि मेरो जाँच गर्दिनँ ।
4 Nebo ačkoli do sebe nic bezbožného nevím, však ne skrze to jsem spravedliv; nebo ten, ješto mne soudí, Pán jest.
मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्ने चाहिँ होइन । परमेश्वरले नै मेरो न्याय गर्नुहुन्छ ।
5 Protož nesuďtež nic před časem, až by přišel Pán, kterýž i osvítí to, což skrytého jest ve tmě, a zjeví rady srdcí. A tehdážť bude míti chválu jeden každý od Boha.
यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
6 Tyto pak věci, bratří moji, v podobenství obrátil jsem na sebe a na Apollo, pro vás, abyste se na nás učili nad to, což psáno jest, výše nesmýšleti, a abyste jeden pro druhého nenadýmali se proti někomu.
अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्लोसले यी सिद्धान्तहरू प्रयोग गर्यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।
7 Nebo kdož tě soudí? A co máš, ješto bys nevzal? A když jsi vzal, proč se chlubíš, jako bys nevzal?
किनकि कसले तिमीहरू र अरू मानिसहरूका बिचमा फरक देख्छ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ?
8 Již jste nasyceni, již jste zbohatli, bez nás kralujete. Ale ó byste kralovali, abychom i my také spolu s vámi kralovali.
तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ! तिमीहरू अगिबाटै धनी भएका छौ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ ।
9 Za to mám jistě, že nás Bůh apoštoly poslední okázal jako k smrti oddané; nebo učiněni jsme divadlo tomuto světu, i andělům, i lidem.
किनकि मलाई यस्तो लाग्छ कि परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ ।
10 My blázni pro Krista, ale vy opatrní v Kristu; my mdlí, vy pak silní; vy slavní, ale my opovržení.
हामी ख्रीष्टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।
11 Až do tohoto času i lačníme, i žízníme, i nahotu trpíme, i poličkováni býváme, i místa nemáme,
यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ ।
12 A pracujeme, dělajíce rukama vlastníma; uhaněni jsouce, dobrořečíme; protivenství trpíce, mile snášíme.
हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष् दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ ।
13 Když se nám rouhají, modlíme se za ně; jako smeti tohoto světa učiněni jsme, a jako povrhel u všech, až posavad.
मानिसले हामीलाई निन्दा गर्दा हामी दयापूर्वक बोल्छौँ । हामी संसारले इन्कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।
14 Ne proto, abych vás zahanbil, píši toto, ale jako svých milých synů napomínám.
तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु ।
15 Nebo byste pak deset tisíc pěstounů měli v Kristu, však proto nemnoho máte otců. Nebo v Kristu Ježíši skrze evangelium já jsem vás zplodil.
किनकि ख्रीष्टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्टमा तिमीहरूका पिता बनेँ ।
16 Protož prosím vás, buďtež následovníci moji.
त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।
17 Pro tu příčinu poslal jsem vám Timotea, kterýžto jest syn můj milý a věrný v Pánu. Tenť vám připomínati bude, které jsou cesty mé v Kristu, jakž všudy v každé církvi učím.
यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।
18 Rovně jako bych neměl k vám přijíti, tak se naduli někteří.
म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।
19 Ale přijduť k vám brzo, bude-li Pán chtíti, a poznám ne řeč těch nadutých, ale moc.
तर यदि परमेश्वरको इच्छा भयो भने म त्यहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्ति हेर्नेछु ।
20 Neboť nezáleží v řeči království Boží, ale v moci.
किनकि परमेश्वरको राज्य कुरामा होइन, तर शक्तिमा छ ।
21 Co chcete? S metlou-li abych přišel k vám, čili s láskou, a s duchem tichosti?
तिमीहरू के चाहन्छौ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा?