< 1 Kronická 19 >

1 Stalo se zatím, že umřel Náhas král Ammonitský, a kraloval syn jeho místo něho.
त्यसको केही समयपछि अम्‍मोनीहरूका राजा नाहाशको मृत्‍यु भयो, र तिनको सट्टामा तिनका छोरा राजा भए ।
2 I řekl David: Učiním milosrdenství s Chanunem synem Náhasovým, nebo učinil otec jeho milosrdenství nade mnou. Tedy poslal David posly, aby ho potěšili pro otce jeho. I přišli služebníci Davidovi do země synů Ammon k Chanunovi, aby ho těšili.
दाऊदले भने, “म नाहाशका छोरा हानूनलाई दया देखाउनेछु, किनकि तिनका पिताले मलाई दया देखाए ।” यसैले तिनका पिताको बारेमा सहानुभूति प्रकट गर्न दाऊदले दूतहरू पठाए । दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्‍मोनीहरूको देशमा पसे ।
3 Tedy řekla knížata Ammonitská Chanunovi: Cožť se zdá, že David činí poctivost otci tvému, že poslal k tobě, kteříž by tě potěšili? Zdali ne proto, aby shlédli a vyšpehovali, i podvrátili zemi tuto, přišli služebníci jeho k tobě?
तर अम्‍मोनी राजकुमारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई आदर गरेका हुन्‌ भनी के तपाईं सम्‍झनुहुन्‍छ? तपाईंको देशलाई पराजित गर्नको निम्ति जाँच गर्नलाई तिनका सेवकहरू आएका होइनन्‌ र?”
4 Pročež Chanun vzav služebníky Davidovy, oholil je a zustřihoval roucha jejich polovici až do rozkroků, a propustil je.
यसकारण हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका कपाल खौरिदिए, र काँधदेखि कम्मरसम्‍म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए ।
5 Tedy odešli někteří, a oznámili Davidovi o těch mužích. I poslal proti nim, (nebo byli muži ti zlehčeni velice), a rozkázal jim král: Pobuďte v Jerichu, dokudž neobrostou brady vaše; potom se navrátíte.
जब तिनीहरूले यो कुरा दाऊदलाई वर्णन गरिदिए, तिनले तिनीहरूसित भेट गर्न पठाए, किनकि तिनीहरूको साह्रै लाजमा पारिएका थिए । राजाले भने, “तिमीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस र त्यसपछि फर्क ।”
6 Vidouce pak Ammonitští, že se zošklivili Davidovi, poslal Chanun a synové Ammon tisíc hřiven stříbra, aby sobě najali ze mzdy z Mezopotamie a z Syrie Maacha a z Soba vozů a jezdců.
जब अम्‍मोनीहरूले आफूहरूला दाऊदको दृष्‍टिमा दुर्घन्दित भएको देखे, तब हानून र अम्‍मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्‍यालामा ल्‍याउन एक हजार तोडा चाँदी पठाए ।
7 A najali sobě ze mzdy třidceti a dva tisíce vozů, a krále Maachu i lid jeho. Kteřížto přitáhše, položili se s vojskem naproti Medaba. Ammonitští také shromáždivše se z měst svých, přitáhli k té bitvě.
उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्‍यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्‍ने छाउनी बनाए । त्यसपछि अम्‍मोनीहरूचाहिं आ-आफ्‍ना सहरहरूबाट भेला भएर लडाइँ गर्न आए ।
8 Což uslyšav David, poslal Joába se vším vojskem udatných.
जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।
9 A tak vytáhše Ammonitští, sšikovali se k boji u brány města toho. Králové pak, kteříž byli přitáhli, byli zvláště na poli.
अम्‍मोनका मानिसहरू आए र सहरको मूल ढोकामा लडाइँको निम्ति पङ्क्तिवद्ध भए । सहायताका निम्ति आएका राजाहरू भने खुला मैदानमा थिए ।
10 A protož vida Joáb proti sobě sšikovaný lid z předu i z zadu, vybrav některé ze všech výborných Izraelských, sšikoval je také proti Syrským.
जब योआबले आफूलाई अगि र पछि दुवैतिर लडाइँले घेरेको थाहा पाए, तब तिनले केही असल इस्राएली फौजलाई लिए र अरामीहरूको विरुद्ध तयार पारे ।
11 Ostatek pak lidu dal pod správu Abizaie bratra svého, a sšikovali se proti Ammonitským.
तिनका अरू बाँकी फौजलाई तिनले आफ्‍ना भाइ अबीशैको कमाण्‍डमा दिए, र उनीहरूलाई तिनले अम्‍मोनीहरूको विरुद्ध यद्धमा खडा गरे ।
12 I řekl Joáb: Jestliže Syrští budou mne silnější, přispěješ mi na pomoc; pakli Ammonitští silnější budou tebe, já pomohu tobě.
योआबले भने, “अरामीहरू मेरो निम्‍ति साह्रै शक्तिशाली भए भने अबीशै तिमीले मेरो उद्धार गर्नुपर्छ । अम्‍मोनीहरू तिम्रो निम्‍ति साह्रै शक्तिशाली भए भने म आएर तिम्रो उद्धार गर्नेछु ।
13 Posiliž se, a zmužile se mějme, bojujíce za lid náš a za města Boha našeho, Hospodin však, což mu se dobře líbí, nechť učiní.
साहसिलो होऊ! हामी आफ्‍ना मानिस र हाम्रा परमेश्‍वरका सहरहरूका निम्‍ति साहसिलो होऔं, किनकि परमप्रभुको दृष्‍टिमा जे असल छ उहाँले त्‍यही गर्नुहुनेछ ।”
14 Takž přistoupil Joáb i lid, kterýž při něm byl, k bitvě proti Syrským. Ale oni utekli před ním.
यसैले योआब र तिनका सेनाका फौज अरामीहरूका विरुद्ध अगाडि बढे । तिनीहरू इस्राएलको सेनाको सामुबाट भाग्‍न बाध्य पारिए ।
15 V tom Ammonitští vidouce, že utíkají Syrští, utekli také i oni před Abizaiem bratrem jeho, a ušli do města. Joáb též navrátil se do Jeruzaléma.
जब अम्‍मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।
16 A tak vidouce Syrští, že jsou poraženi od Izraelských, poslali posly, a vyvedli Syrské, kteříž bydlejí za řekou, a Sofach kníže vojska Hadarezerova vedl je.
जब अरामीहरूले आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले यूफ्रेटिस नदीको पारिबाट हददेजेरका कमाण्‍डर शोपकको कमाण्‍डमा भएका अरू अरामी सेनालाई बोलाए ।
17 I oznámeno to Davidovi. Kterýžto shromáždiv všecken lid Izraelský, přepravil se přes Jordán, a přitáhl k nim, a sšikoval vojsko proti nim. A když sšikoval David vojsko proti Syrským k bitvě, bojovali s ním.
जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।
18 Tedy utekli Syrští před Izraelem. I porazil David z Syrských sedm tisíc vozů, a čtyřidceti tisíc lidu pěšího, až i Sofacha hejtmana vojska toho zabil.
आरामीहरू इस्राएलदेखि भागे, र दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू मारे । तिनले सेनाका कमाण्‍डर शोपकलाई पनि मारे ।
19 Pročež když viděli služebníci Hadarezerovi, že jsou poraženi od Izraele, vešli v pokoj s Davidem, a sloužili jemu. A nechtěli více Syrští táhnouti na pomoc Ammonitským.
हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले दाऊदसँग सन्‍धि गरे र तिनको सेवा गरे । यसैले अरामका मानिसहरूले फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌ ।

< 1 Kronická 19 >