< 1 Kronická 10 >

1 Když pak bojovali Filistinští s Izraelem, utíkali muži Izraelští před Filistinskými, a padli, zbiti jsouce na hoře Gelboe.
पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे र धेरै जना गिल्बो पर्वतमा मारिए।
2 I stihali Filistinští Saule a syny jeho, a zabili Filistinští Jonatu, Abinadaba a Melchisua, syny Saulovy.
पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे।
3 A když se zsilila bitva proti Saulovi, trefili na něj střelci s luky, a postřelen jest od střelců.
शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। अनि जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब उनीहरूले तिनलाई घाइते बनाए।
4 Protož řekl Saul oděnci svému: Vytrhni meč svůj a probodni mne jím, aby přijdouce ti neobřezanci, nečinili sobě ze mne posměchu. Ale nechtěl oděnec jeho, nebo se bál velmi. A pochytiv Saul meč, nalehl na něj.
शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्‍ली उडाउनेछन् र मार्नेछन्।” तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।
5 Tedy vida oděnec jeho, že umřel Saul, nalehl i on na meč a umřel.
जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्‍यो।
6 A tak umřel Saul i tři synové jeho, a všecka čeled jeho spolu zemřeli.
यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे। तिनको सम्पूर्ण घराना एकैसाथ मरे।
7 Když pak uzřeli všickni muži Izraelští, kteříž bydlili za tím údolím, že utekli Izraelští, a že zemřeli Saul i synové jeho, opustivše města svá, též utíkali. I přišli Filistinští a bydlili v nich.
जब बेँसीमा भएका सारा इस्राएलीहरूले सेनाहरू भागिरहेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। अनि पलिश्तीहरू आएर तिनीहरूका सहरहरू कब्जा गरे।
8 Potom nazejtří přišli Filistinští, aby zloupili pobité. I nalezli Saule a syny jeho, ležící na hoře Gelboe.
भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए।
9 A svlékše ho, vzali hlavu jeho i odění jeho, a poslali po zemi Filistinské vůkol, aby to ohlášeno bylo modlám jejich i lidu.
तिनीहरूले तिनलाई नाङ्गो पारेर तिनको टाउको र हतियार लगे। यो खबर तिनीहरूका मूर्तिहरू र तिनीहरूका मानिसहरूका बीचमा घोषणा गर्नलाई पलिश्तीहरूको देशभरि दूतहरू पठाए।
10 Složili také i odění jeho v chrámě boha svého, hlavu pak jeho přibili v chrámě Dágon.
तिनीहरूले शाऊलका हतियार आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउकोलाई चाहिँ आफ्ना देवता दागोनको मन्दिरमा झुण्ड्याए।
11 Tedy uslyšavše všickni v Jábes Galád všecko, což učinili Filistinští Saulovi,
जब याबेश-गिलादका सबै बासिन्दाहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए भन्‍ने सुने,
12 Zdvihli se všickni muži silní a vzali tělo Saulovo, a těla synů jeho, a přinesli je doJábes. A pochovavše kosti jejich pod jedním dubem v Jábes, postili se sedm dní.
तब तिनीहरूका सबै वीर मानिसहरू गएर शाऊल र तिनका छोराहरूका मृत शरीर याबेशमा ल्याए। त्यसपछि उनीहरूले तिनीहरूका हड्डीहरू याबेशको ठूलो रूखमुनि गाडे; र उनीहरू सात दिनसम्म उपवास बसे।
13 A tak umřel Saul pro přestoupení své, jímž byl přestoupil proti Hospodinu, totiž proti slovu Hospodinovu, jehož neostříhal, a že se také radil s duchem věštím, doptávaje se ho,
शाऊलको मृत्यु भयो; किनकि तिनी याहवेहप्रति विश्‍वासयोग्य थिएनन्। त्यसकारण तिनले याहवेहको वचन पालन गरेनन्, तब तिनले अगुवाइको निम्ति तन्त्रमन्त्रको सल्‍लाह लिए;
14 A nedoptával se Hospodina. Protož zabil jej, a přenesl království na Davida syna Izai.
तर याहवेहसँग चाहिँ सल्‍लाह लिएनन्। यसकारण याहवेहको विरोध गरेको पापले गर्दा तिनी मर्नुपर्‍यो। अनि उहाँले तिनको राज्य यिशैका छोरा दावीदलाई दिनुभयो।

< 1 Kronická 10 >