< Žalmy 107 >
1 Oslavujte Hospodina, nebo jest dobrý, nebo na věky milosrdenství jeho.
परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
2 Nechť o tom vypravují ti, kteříž jsou vykoupeni skrze Hospodina, jak je on vykoupil z ruky těch, kteříž je ssužovali,
परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ ।
3 A shromáždil je z zemí, od východu a od západu, od půlnoci i od moře.
उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ ।
4 Bloudili po poušti, po cestách pustých, města k přebývání nenacházejíce.
तिनीहरू मरुभूमिको बाटोमा उजाडस्थानमा भौंतारिए र बस्नलाई कुनै सहर भेट्टाएनन् ।
5 Hladovití a žízniví byli, až v nich svadla duše jejich.
किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।
6 Když volali k Hospodinu v ssoužení svém, z úzkostí jejich vytrhl je,
तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
7 A vedl je po cestě přímé, aby přišli do města k bydlení.
उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्नलाई एउटा सहरमा जान पाऊन् ।
8 Nechať oslavují před Hospodinem milosrdenství jeho, a divné skutky jeho před syny lidskými,
परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
9 Poněvadž napájí duši žíznivou, a duši hladovitou naplňuje dobrými věcmi.
किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ ।
10 Kteříž sedí ve tmě a v stínu smrti, sevříni jsouce bídou i železy,
कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्ट र साङ्लाहरूमा बसे ।
11 Protože odporni byli řečem Boha silného, a radou Nejvyššího pohrdli.
तिनीहरूले परमेश्वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्चको सल्लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो ।
12 Pročež ponížil bídou srdce jejich, padli, a nebylo pomocníka.
उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन ।
13 Když volají k Hospodinu v ssoužení svém, z úzkostí je vysvobozuje.
तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो ।
14 Vyvodí je z temností a stínu smrti, a svazky jejich trhá.
उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।
15 Nechať oslavují před Hospodinem milosrdenství jeho, a divné skutky jeho před syny lidskými,
परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
16 Poněvadž láme brány měděné, a závory železné posekává.
किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ ।
17 Blázni pro cestu převrácenosti své, a pro nepravosti své v trápení bývají.
आफ्ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्ना पापहरूका कारणले कष्टमा परे ।
18 Oškliví se jim všeliký pokrm, až se i k branám smrti přibližují.
तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे ।
19 Když volají k Hospodinu v ssoužení svém, z úzkostí jejich je vysvobozuje.
तब आफ्ना कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो ।
20 Posílá slovo své, a uzdravuje je, a vysvobozuje je z hrobu.
उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
21 Nechať oslavují před Hospodinem milosrdenství jeho, a divné skutky jeho před syny lidskými,
परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
22 A obětujíce oběti chvály, ať vypravují skutky jeho s prozpěvováním.
तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून् ।
23 Kteří se plaví po moři na lodech, pracujíce na velikých vodách,
केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन् ।
24 Tiť vídají skutky Hospodinovy, a divy jeho v hlubokosti.
यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे ।
25 Jakž jen dí, hned se strhne vítr bouřlivý, a dme vlny mořské.
किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।
26 Vznášejí se k nebi, sstupují do propasti, duše jejich v nebezpečenství rozplývá se.
तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्टमा बिलेर गयो ।
27 Motají se a nakloňují jako opilý, a všecko umění jejich mizí.
तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।
28 Když volají k Hospodinu v ssoužení svém, z úzkostí jejich je vysvobozuje.
तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो ।
29 Proměňuje bouři v utišení, tak že umlkne vlnobití jejich.
उहाँले आँधीलाई शान्त पार्नुभयो र छालहरू शान्त भए ।
30 I veselí se, že utichlo; a tak přivodí je k břehu žádostivému.
तब तिनीहरू आनन्दित भए किनभने समुद्र शान्त भयो, र तिनीहरूले इच्छा गरेको बन्दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो ।
31 Nechať oslavují před Hospodinem milosrdenství jeho, a divné skutky jeho před syny lidskými.
परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
32 Nechť ho vyvyšují v shromáždění lidu, a v radě starců chválí jej.
तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून् ।
33 Obrací řeky v poušť, a prameny vod v suchost,
उहाँले नदीहरूलाई उजाडस्थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा,
34 Zemi úrodnou v slatinnou, pro zlost obyvatelů jejích.
र यसका मानिसहरूका दुष्टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्छ ।
35 Pustiny obrací v jezera, a zemi vyprahlou v prameny vod.
उहाँले उजाडस्थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्छ ।
36 I osazuje na ní hladovité, aby stavěli města k bydlení.
भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्नलाई एउटा सहर बनाउँछन् ।
37 Kteříž osívají pole, a dělají vinice, a shromažďují sobě užitek úrody.
खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्त उब्जनी ल्याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।
38 Takť on jim žehná, že se rozmnožují velmi, a dobytka jejich neumenšuje.
उहाँले तिनीहरूलाई आशिष् दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्न ।
39 A někdy pak umenšeni a sníženi bývají ukrutenstvím, bídou a truchlostí,
पीडादायी संकष्ट र दुःखले तिनीहरूको सङ्ख्या घट्यो र तल झारिए ।
40 Když vylévá pohrdání na knížata, dopouštěje, aby bloudili po poušti bezcestné.
उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन ।
41 Onť vyzdvihuje nuzného z trápení, a rozmnožuje rodinu jako stádo.
तर खाँचोमा परेकाहरूलाई उहाँले कष्टबाट सुरक्षा दिनुहुन्छ र बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ ।
42 Nechť to spatřují upřímí, a rozveselí se, ale všeliká nepravost ať zacpá ústa svá.
सोझो मन भएकाहरूले यो देख्नेछन् र आनन्दि हुनेछन् । सबै दुष्टताले आफ्नो मुख बन्द गर्छ ।
43 Ale kdo jest tak moudrý, aby toho šetřil, a vyrozumíval mnohému milosrdenství Hospodinovu?
बुद्धिमान्हरूले यी कुराहरूमा ख्याल गर्नुपर्छ र परमप्रभुको करारको विश्वस्तताका कामहरूमा ध्यान गर्नुपर्छ ।