< Matouš 21 >
1 A když se přiblížili k Jeruzalému, a přišli do Betfage k hoře Olivetské, tedy Ježíš poslal dva učedlníky své,
जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,
2 Řka jim: Jdětež do městečka, kteréž proti vám jest, a hned naleznete oslici přivázanou a oslátko s ní. Odvěžtež je a přiveďte ke mně.
र यसो भन्नुभयो, “तिमीहरू सामुन्नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ ।
3 A řekl-liť by kdo co vám, rcete, že Pán jich potřebuje, a hnedť propustí je.
यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।”
4 Toto se pak všecko stalo, aby se naplnilo povědění skrze proroka, řkoucího:
अगमवक्ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्नुभयो,
5 Povězte dceři Sionské: Aj, král tvůj béře se tobě tichý, a sedě na oslici, a na oslátku té jhu podrobené.
“‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’”
6 I jdouce učedlníci, a učinivše tak, jakž jim byl přikázal Ježíš,
तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे ।
7 Přivedli oslici i oslátko, a vložili na ně roucha svá, a jej na vrchu na ně posadili.
तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्नुभयो ।
8 Mnohý pak zástup stlali roucha svá na cestě, jiní pak ratolesti z stromů sekali, a metali na cestu.
भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।
9 A zástupové, kteříž s předu i s zadu šli, volali, řkouce: Hosanna synu Davidovu. Požehnaný, kterýž se béře ve jménu Páně. Hosanna na výsostech.
येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्च्याए, “दाऊदका पुत्रलाई होसन्ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्वरको नाउँमा आउनुहुन्छ! उच्चमा विराजमान हुनुहुनेलाई होसन्ना!”
10 A když vjel do Jeruzaléma, zbouřilo se všecko město, řkouce: I kdo jest tento?
जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन्?”
11 Zástupové pak pravili: Toto jest ten Ježíš, prorok z Nazaréta Galilejského.
भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्ता ।”
12 I všel Ježíš do chrámu Božího, a vymítal všecky prodávající a kupující v chrámě, a stoly penězoměnců a stolice prodávajících holubice převracel,
त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्नेहरूका आसनहरू पल्टाइदिनुभयो ।
13 A řekl jim: Psánoť jest: Dům můj dům modlitby slouti bude, ale vy učinili jste jej peleší lotrovskou.
उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूका अड्डा बनाउँछौ ।”
14 I přistoupili k němu slepí a kulhaví v chrámě, a uzdravil je.
तब दृष्टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
15 Vidouce pak přední kněží a zákonníci divy, kteréž činil, a dítky, any volají v chrámě a praví: Hosanna synu Davidovu, rozhněvali se.
तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्ना” भनेर चिच्च्याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।
16 A řekli jemu: Slyšíš-liž, co tito praví? Ježíš pak řekl jim: I ovšem. Nikdá-liž jste nečtli, že z úst nemluvňátek a těch, kteříž prsí požívají, dokonal jsi chválu?
तिनीहरूले उहाँलाई भने, “के यी मानिसहरूले जे भनिरहेका छन्, तिमी सुन्न सक्छौ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’?”
17 A opustiv je, šel ven z města do Betany, a tu zůstal.
त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीँ बिताउनुभयो ।
18 Ráno pak navracuje se do města, zlačněl.
बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो ।
19 A vida jeden fíkový strom podlé cesty, šel k němu, a nic na něm nenalezl, než lístí toliko. I dí jemu: Nikdy více neroď se z tebe ovoce na věky. I uschl fík ten pojednou. (aiōn )
उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो । (aiōn )
20 A vidouce to učedlníci, divili se, řkouce: Kterak hned usechl fík ten!
जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो?”
21 I odpověděv Ježíš, řekl jim: Amen pravím vám: Budete-li míti víru a nebudete-li pochybovati, netoliko to fíkovému stromu učiníte, ale kdybyste i této hoře řekli: Zdvihni se a vrz sebou do moře, staneť se.
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ ।
22 A všecko, zač byste koli prosili na modlitbě, věříce, vezmete.
तिमीहरूले विश्वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ ।”
23 A když přišel do chrámu, přistoupili k němu přední kněží a starší lidu, když učil, řkouce: Jakou mocí tyto věci činíš? A kdo tobě tu moc dal?
जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?”
24 Odpovídaje pak Ježíš, řekl jim: Otížiť se i já vás na jednu věc, kterouž povíte-li mi, i já vám povím, jakou mocí tyto věci činím?
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्ने कुरा म तिमीहरूलाई बताउनेछु ।
25 Křest Janův odkud byl? S nebe-li, čili z lidí? A oni rozvažovali mezi sebou, řkouce: Díme-li s nebe, díť nám: Proč jste pak nevěřili jemu?
यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर भन्नेछन् ।
26 Pakli díme: Z lidí, bojíme se zástupu. Nebo všickni mají Jana za proroka.
तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्नालाई एक अगमवक्ताको रूपमा हेर्दथे ।”
27 I odpovídajíce Ježíšovi, řekli: Nevíme. Řekl jim i on: Aniž já vám povím, jakou mocí tyto věci činím.
तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।
28 Ale co se vám zdá? Člověk jeden měl dva syny. A přistoupiv k prvnímu, řekl: Synu, jdi na vinici mou dnes, a dělej.
तर तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’
29 Ale on odpověděv, řekl: Nechci. A potom usmysliv sobě, šel.
त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्ल्यो र गयो ।
30 I přistoupiv k druhému, řekl též. A on odpověděv, řekl: Jdu, pane. Ale nešel.
र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन ।
31 Který z těch dvou naplnil vůli otcovu? Řekli jemu: Ten první. Dí jim Ježíš: Amen pravím vám, že publikáni a nevěstky předcházejí vás do království Božího.
यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्यो?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्वरको राज्यमा प्रवेश गर्नेछन् ।
32 Nebo přišel k vám Jan cestou spravedlnosti, a nevěřili jste mu, ale publikáni a nevěstky uvěřili jemu. Vy pak viděvše to, aniž jste potom usmyslili sobě, abyste věřili jemu.
किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्वास गर्नलाई पछि तिमीहरूले पश्चात्ताप पनि गरेनौ ।
33 Jiné podobenství slyšte: Byl jeden hospodář, kterýž vzdělal vinici, a opletl ji plotem, a vkopal v ní pres, a ustavěl věži, i pronajal ji vinařům, a odšel pryč přes pole.
अर्को दृष्टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्का दिए । त्यसपछि उनी अर्कै देशमा गए ।
34 A když se přiblížil čas ovoce, poslal služebníky své k vinařům, aby vzali užitky její.
जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।
35 Vinaři pak zjímavše služebníky jeho, jiného zmrskali, jiného zabili, a jiného ukamenovali.
तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए ।
36 Opět poslal jiných služebníků více než prvé. I učinili jim též.
फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे ।
37 Naposledy pak poslal k nim syna svého, řka: Ustýdnouť se syna mého.
त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’
38 Vinaři pak uzřevše toho syna, řekli mezi sebou: Tentoť jest dědic; poďte, zabíme jej, a uvažme se v dědictví jeho.
तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’
39 I chytivše ho, vyvrhli jej ven z vinice, a zabili.
यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।
40 Protož když přijde pán vinice, co učiní vinařům těm?
जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान्?”
41 Řekli jemu: Zlé ty zle zatratí, a vinici svou pronajme jiným vinařům, kteříž budou vydávati jemu užitek časy svými.
तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।”
42 Řekl jim Ježíš: Nikdy-li jste nečtli v písmích: Kámen, kterýž zavrhli dělníci, ten učiněn jest v hlavu úhlovou? Ode Pána stalo se toto, a jest divné před očima našima.
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ?’
43 Protož pravím vám, že bude odjato od vás království Boží, a bude dáno lidu činícímu užitky jeho.
यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ ।
44 A kdož by padl na ten kámen, rozrazíť se; a na kohož upadne, setřeť jej.
जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।”
45 A slyšavše přední kněží ta podobenství jeho, porozuměli, že by o nich mluvil.
जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँका दृष्टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्ने तिनीहरूले बुझे ।
46 I hledajíce ho jíti, báli se zástupů; nebo ho měli za proroka.
तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्ता मान्ने हुनाले तिनीहरू भिडसँग डराए ।