< Matouš 12 >
1 V ten čas šel Ježíš v sobotu skrze obilí, učedlníci pak jeho lační jsouce, počali vymínati klasy a jísti.
त्यति बेला शबाथको दिनमा येशू अन्नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्न टिप्दै खान लागे ।
2 Farizeové pak spatřivše to, řekli jemu: Hle, učedlníci tvoji činí, čehož nesluší činiti v sobotu.
तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”
3 On pak řekl jim: Co jste nečtli, co učinil David, když lačněl, on i ti, kteříž s ním byli?
तर येशूले तिनीहरूलाई भन्नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?
4 Kterak všel do domu Božího a chleby posvátné jedl, kterýchž jemu neslušelo jísti, ani těm, kteříž s ním byli, než toliko samým kněžím?
कसरी उनी परमेश्वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो?
5 Aneb zdali jste nečtli v zákoně, že kněží v sobotu v chrámě sobotu ruší, a jsou bez hříchu?
र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र?
6 Ale pravímť vám, že větší jest tuto nežli chrám.
तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् एक जना यहाँ हुनुहुन्छ ।
7 Než kdybyste věděli, co jest to: Milosrdenství chci a ne oběti, nepotupovali byste nevinných.
‘म कृपा चाहन्छु र बलिदान होइन’ भन्ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ ।
8 Syn zajisté člověka jest pánem i soboty.
किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”
9 A odšed odtud, přišel do školy jejich.
त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।
10 A aj, byl tu člověk, maje ruku uschlou. I tázali se ho, řkouce: Sluší-li v sobotu uzdravovati? aby jej obžalovali.
हेर, त्यहाँ एक जना हात सुकेको व्यक्ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ?”
11 On pak dí jim: Který z vás bude člověk, ješto by měl ovci jednu, a kdyby ta upadla do jámy v sobotu, i zdaliž nedosáhne jí a nevytáhne?
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला?
12 A čím lepší jest člověk než ovce? A protož slušíť v sobotu dobře činiti.
त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ ।”
13 Tedy řekl člověku tomu: Vztáhni tu ruku svou. I vztáhl, a přivedena jest k zdraví jako druhá.
अनि येशूले त्यस व्यक्तिलाई भन्नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्यो, र उसको त्यो हात अर्को हातजस्तै निको भयो ।
14 Farizeové pak vyšedše, drželi radu proti němu, kterak by jej zahladili.
तर ती फरिसीहरू बाहिर गए र षड्यन्त्र रच्न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।
15 A věděv to Ježíš, šel odtud. I šli za ním zástupové mnozí, a uzdravil je všecky.
अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
16 A s pohrůžkou přikázal jim, aby ho nezjevovali,
उहाँको बारेमा अरूहरूलाई नभन्नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो,
17 Aby se naplnilo povědění skrze Izaiáše proroka, řkoucího:
ताकि यशैया अगमवक्ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,
18 Aj, služebník ten můj, kteréhož jsem vyvolil, ten milý můj, v němž se dobře zalíbilo duši mé. Položím Ducha svého na něj, a soud národům zvěstovati bude.
“हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् ।
19 Nebude se vaditi, ani křičeti, aniž kdo na ulicích uslyší hlas jeho.
उनले सङ्घर्ष गर्नेछैनन्, न त ठुलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्नेछ ।
20 Třtiny nalomené nedolomí, a lnu kouřícího se neuhasí, až i vypoví soud k vítězství.
उनले कुनै फुटेको नरकटलाई भाँच्नेछैनन्; उनले न्यायलाई विजयमा नपुर्याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् ।
21 A ve jménu jeho národové doufati budou.
अनि उनको नाउँमा गैरयहूदीहरूले विश्वास गर्नेछन् ।”
22 Tehdy přiveden k němu ďábelstvím posedlý, slepý a němý. I uzdravil jej, tak že ten slepý a němý i mluvil i viděl.
अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्ने व्यक्ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्ने व्यक्ति बोल्न सक्ने र देख्न सक्ने भयो ।
23 I děsili se všickni zástupové a pravili: Není-liž tento ten Syn Davidův?
सबै भिड छक्क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन्?”
24 Ale farizeové to uslyševše, řekli: Tento nevymítá ďáblů než skrze Belzebuba, kníže ďábelské.
तर जब फरिसीहरूले यस आश्चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”
25 Ježíš pak znaje myšlení jejich, dí jim: Každé království rozdělené samo proti sobě spustne, a každé město neb dům proti sobě rozdělený nestane.
तर येशूले तिनीहरूको विचार जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, “आफैँमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैँमा विभाजित भएको हरेक सहर वा घराना टिक्नेछैन ।”
26 A jestližeť satan satana vymítá, proti sobě rozdělen jest. Kterak tedy stane království jeho?
यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्यो आफैँमा विभाजित हुन्छ । त्यसको राज्य कसरी टिक्ला?
27 A vymítám-liť já ďábly skrze Belzebuba, synové vaši skrze koho vymítají? Protož oni soudcové vaši budou.
अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण, तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन् ।
28 Pakliť já Duchem Božím ďábly vymítám, přišloť jest jistě mezi vás království Boží.
तर यदि म परमेश्वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूमा आएको छ ।
29 Aneb kterak kdo může do domu silného vjíti a jeho nádobí pobrati, leč by prvé svázal toho silného, a teprv by dům jeho obloupiti mohl?
र कुनै मानिसले एक बलियो व्यक्तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ? त्यस बलियो व्यक्तिलाई बाँधेपछि उसको घरका सामानहरू त्यसले चोर्छ ।
30 Kdož není se mnou, proti mně jest; a kdo neshromažďuje se mnou, rozptylujeť.
जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्ट पार्छ ।
31 Protož pravím vám: Všeliký hřích i rouhání bude lidem odpuštěno, ale rouhání proti Duchu nebude odpuštěno lidem.
त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन ।
32 A kdyby kdo řekl slovo proti Synu člověka, bude jemu odpuštěno, ale kdož by mluvil proti Duchu svatému, nebude jemu odpuštěno, ani v tomto věku, ani v budoucím. (aiōn )
अनि जसले परमेश्वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ । (aiōn )
33 Čiňtež aneb strom dobrý, i ovoce jeho dobré; aneb čiňte strom zlý, i ovoce jeho zlé. Neboť po ovoci strom bývá poznán.
कि त रुखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ ।
34 Pokolení ještěrčí, kterakž byste mohli dobré věci mluviti, jsouce zlí? Nebo z hojnosti srdce ústa mluví.
ए सर्पका सन्तानहरू, तिमीहरू दुष्ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।
35 Dobrý člověk z dobrého pokladu srdce vynáší dobré, a zlý člověk ze zlého pokladu vynáší zlé.
एउटा असल व्यक्तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्ट व्यक्तिले आफ्नो हृदयमा रहेको दुष्ट कुराले जे दुष्ट छ त्यो नै बाहिर ल्याउँछ ।
36 Ale pravím vám, že z každého slova prázdného, kteréž mluviti budou lidé, vydadí počet v den soudný.
र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् ।
37 Nebo z slov svých spravedliv budeš, a z řečí svých budeš odsouzen.
किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”
38 Tehdy odpověděli někteří z zákonníků a farizeů, řkouce: Mistře, chceme od tebe znamení viděti.
त्यसपछि केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ ।”
39 On pak odpovídaje, dí jim: Pokolení zlé a cizoložné znamení hledá, ale znamení jemu nebude dáno, jediné to znamení Jonáše proroka.
तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन ।
40 Nebo jakož byl Jonáš v břiše velryba tři dni a tři noci, takť bude Syn člověka v srdci země tři dni a tři noci.
किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।
41 Muži Ninivitští stanou na soudu s pokolením tímto, a potupí je, proto že pokání činili k Jonášovu kázaní, a aj, víceť nežli Jonáš tuto.
निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्चात्ताप गरेका थिए, र हेर, योनाभन्दा अझै महान् कोही यहाँ छन् ।
42 Královna od poledne povstane k soudu s pokolením tímto, a potupí je; nebo přijela od končin země, aby slyšela moudrost Šalomounovu, a aj, víceť tuto nežli Šalomoun.
दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छन् ।
43 Když pak nečistý duch vyjde od člověka, chodí po místech suchých, hledaje odpočinutí, ale nenalézá.
जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन ।
44 Tedy říká: Navrátím se do domu svého, odkudž jsem vyšel. A přijda, nalezne prázdný, vyčištěný a ozdobený.
अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ ।
45 Tedy jde a vezme s sebou sedm jiných duchů horších, nežli jest sám, a vejdouce, přebývají tam, i bývají poslední věci člověka toho horší nežli první. Takť se stane i tomuto zlému pokolení.
त्यसपछि त्यो गएर आफूभन्दा दुष्ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्न आउँछन् । अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ । यस दुष्ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”
46 A když on ještě mluvil k zástupům, aj, matka a bratří jeho stáli vně, žádajíce s ním promluviti.
जब येशू भिडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे ।
47 I řekl jemu jeden: Aj, matka tvá i bratří tvoji stojí vně, chtíce s tebou mluviti.
कसैले उहाँलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहनुभएका छन् ।”
48 On pak odpovídaje, řekl tomu, kterýž jemu pověděl: Kdo jest matka má? A kdo jsou bratří moji?
तर येशूले उत्तर दिनुभयो र त्यसो भन्ने व्यक्तिलाई भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा भाइहरू को हुन्?”
49 A vztáhna ruku svou na učedlníky své, řekl: Aj, matka má i bratří moji.
अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!
50 Nebo kdož by koli činil vůli Otce mého nebeského, ten jest bratr můj, i sestra má, i matka má.
किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”