< Józua 23 >

1 I stalo se po mnohých dnech, když dal Hospodin odpočinutí Izraelovi ode všech nepřátel jejich vůkol, a Jozue se sstaral a sešel věkem,
परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए ।
2 Že povolav Jozue všeho Izraele, starších jeho i předních jeho soudců i správců jeho, řekl jim: Já jsem se sstaral a sešel věkem.
यहोशूले इस्राएलका धर्म-गुरुहरू, अगुवाहरू, न्यायकर्ताहरू सबैलाई बोलाए र तिनीहरूलाई भने, “म निकै वृद्ध भइसकेको छु ।
3 A vy jste viděli všecko to, co jest učinil Hospodin Bůh váš všechněm národům těm před oblíčejem vaším; nebo Hospodin Bůh váš onť bojoval za vás.
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ ।
4 Pohleďte, losem rozdělil jsem vám ty národy pozůstalé v dědictví po pokoleních vašich od Jordánu, i všecky národy, kteréž jsem vyplénil až k moři velikému na západ slunce.
हेर, मैले तिमीहरूलाई पश्‍चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्‍ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु ।
5 Hospodin pak Bůh váš onť je vyžene od tváři vaší, a vypudí je před oblíčejem vaším, a vy dědičně obdržíte zemi jejich, jakož mluvil vám Hospodin Bůh váš.
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई धपाउनुहुने छ । उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्‍नुहुने छ । उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने छ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ ।
6 Protož zmužile se mějte, abyste ostříhali a činili všecko, což psáno jest v knize zákona Mojžíšova, a neodstupovali od něho na pravo ani na levo.
त्यसैले निकै बलियो होओ, ताकि मोशाको व्यवस्थाबाट न त दहिने न त देब्रेतिर नलागी सबै पालन गर ।
7 Nesměšujte se s těmi národy, kteříž pozůstávají s vámi, a jména bohů jejich nepřipomínejte, ani skrze ně přisahejte, aniž jim služte, ani se jim klanějte.
त्यसैले तिमीहरू तिमीहरूका माझमा रहेका जातिहरूसँग नमिसिओ वा तिनीहरूका देवताहरूको नाउँ उच्‍चारण नगर, तिनीहरूको शपथ नखाओ, तिनीहरूको आराधना नगर वा तिनीहरूलाई दण्डवत् नगर ।
8 Ale přídržte se Hospodina Boha svého, jakož jste činili až do tohoto dne.
बरु, तिमीहरूले आजको दिनसम्म गरेझैँ तिमीहरूका परमप्रभु परमश्‍वरमा नै रहिरहो ।
9 I budeť, že jakož jest vyhnal Hospodin od tváři vaší národy veliké a silné, aniž ostál kdo před oblíčejem vaším až do tohoto dne:
किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन ।
10 Tak jeden z vás honiti bude tisíc, nebo Hospodin Bůh váš onť bojuje za vás, jakož mluvil vám.
तिमीहरूमध्ये एक जनाले हजार जनालाई भगाउनेछ, किनभने तिमीहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँ तिमीहरूका निम्ति लड्नुहुने छ ।
11 Toho tedy nejpilnější buďte, abyste milovali Hospodina Boha svého.
विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर
12 Nebo jestliže předce se odvrátíte, a připojíte se k těm pozůstalým národům, k těm, kteříž zůstávají mezi vámi, a vejdete s nimi v příbuzenství a smísíte se s nimi a oni s vámi:
तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,
13 Tedy jistotně vězte, že Hospodin Bůh váš nebude více vyháněti všech národů těch od tváři vaší, ale budou vám osídlem a úrazem i bičem na bocích vašich, a trním v očích vašich, dokudž nezahynete z země této výborné, kterouž vám dal Hospodin Bůh váš.
यो जान कि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू माझबाट यी जातिहरूलाई धपाउनुहुने छैन । बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरू नष्‍ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल अनि तिमीहरूका पीठमा कोर्रा, तिमीहरूका आँखाका कसिङ्गर हुने छन् ।
14 A hle, já nyní odcházím podlé způsobu všech lidí, poznejtež tedy vším srdcem svým a celou duší svou, že nepochybilo ani jedno slovo ze všech slov nejlepších, kteráž mluvil Hospodin Bůh váš o vás; všecko se naplnilo vám, ani jediné slovo z nich nepominulo.
म सबै पृथ्वीको मार्गमा जाँदै छु, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको बारेमा प्रतिज्ञा गर्नुभएको कुनै पनि असल कुरा सत्य साबित हुन एक शब्द पनि चुकेको छैन भनी तिमीहरूले आफ्नो सारा ह्रदय र आफ्नो सारा प्राणले जान्दछौ । यी सबै कुरा तिमीहरूका निम्ति पुरा भएका छन् । तिनमा एउटै पनि चुकेको छैन ।
15 Jakož tedy naplnilo se vám dnes každé slovo dobré, kteréž mluvil k vám Hospodin Bůh váš, takť uvede na vás každé slovo zlé, dokudž nevyhladí vás z země této výborné, kterouž dal vám Hospodin Bůh váš,
तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ ।
16 Jestliže přestoupíte smlouvu Hospodina Boha svého, kterouž přikázal vám, a jdouce, sloužiti budete bohům cizím, a klaněti se jim. I rozhněvá se prchlivost Hospodinova na vás, a zahynete rychle z země této výborné, kterouž vám dal.
यदि तिमीहरूले पालन गर्न तिमीहरूलाई उहाँले आज्ञा गर्नुभएको परमप्रभु तिमीहरूका परमेश्‍वरको करार तोड्यौ भने, उहाँले यो गर्नुहुने छ । यदि तिमीहरू जान्छौ र अरू देवताहरूको आराधना गर्छौ र दण्डवत् गर्छौ भने, परमप्रभुको क्रोध तिमीहरूविरुद्ध दन्किने छ र उहाँले तिमीहरूलाई दिनुभएको असल भूमिबाट तिमीहरू चाँडै नष्‍ट हुने छौ ।”

< Józua 23 >