< Jeremiáš 14 >

1 Slovo, kteréž se stalo k Jeremiášovi o suchu.
खडेरीको सम्‍बन्‍धमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो,
2 Kvíliti bude země Judská, a brány její zemdlejí, smutek ponesou na zemi, a naříkání Jeruzaléma vzejde.
“यहूदाले शोक गरोस् । त्यसका मूला ढोकाहरू भाँचिऊन् । तिनीहरू देशको लागि विलाप गर्दैछन् । यरूशलेमको निम्ति तिनीहरूको क्रन्दन माथि जाँदैछ ।
3 Také nejznamenitější z nich rozsílati budou i nejšpatnější své pro vodu. Přijdouce k čisternám, a nenaleznouce vody, navrátí se s nádobami svými prázdnými, hanbíce a stydíce se; protož přikryjí hlavu svou.
तिनीहरूका शक्तिशाली मानिसहरूले आफ्‍ना नोकरहरूलाई पानीको लागि बाहिर पठाउँछन् । जब तिनीहरू कुवामा जान्‍छन् तब तिनीहरूले पानी पाउन सक्‍दैनन् । तिनीहरू असफल भएर फर्कन्छन् । तिनीहरू लज्‍जित र बेइजत आफ्ना शिर ढाक्छन् ।
4 I oráči stydíce se, přikryjí hlavu svou příčinou země vyprahlé, proto že deště nebude na zemi.
देशमा पानी नपरेको हुनाले, जमिन चिराचिरा परेको छ । हलो जोत्‍नेहरू लज्‍जित भएका छन् र आफ्ना शिर ढाक्छन् ।
5 Anobrž i laň na poli, což porodí, opustí; nebo mladistvé trávy nebude.
घाँस नभएकोले मुडुली मृगले पनि आफ्ना बच्‍चाहरूलाई मैदानमा छोड्‍छ र तिनलाई त्‍यगिदिन्‍छ ।
6 A divocí oslové stojíce na vysokých místech, hltati budou vítr jako draci; přehledí se oči jejich, nebo nebude žádné trávy.
जङ्गली गधाहरू नाङ्गा मैदानहरूमा खडा हुन्छन्, र तिनीहरू स्यालझैं हाँप्छन् । हरियो खर्क नभएको कारणले तिनीहरूका आँखा तिरमिराउँछन् ।”
7 Ó Hospodine, poněvadž nepravosti naše svědčí proti nám, slituj se pro jméno své. Nebo mnohá jsou odvrácení naše, toběť jsme zhřešili.
हे परमप्रभु, हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्‍ति काम गर्नुहोस् । किनकि हाम्रा विश्‍वासहीन कामहरू वृद्धि हुन्छन् । हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
8 Ó naděje Izraelova, vysvoboditeli jeho v čas ssoužení, proč býti máš jako příchozí v této zemi, a jako pocestný stavující se na noclehu?
तपाईं नै इस्राएलको आशा हुनुहुन्छ, जसले सङ्कष्‍टको समयमा त्यसलाई बचाउनुहुन्छ । पाल टाँग्‍ने र एक रातको निम्ति मात्र बस्‍ने अपरिचित परदेशीजस्तै तपाईं यस देशमा किन बन्‍नुहुन्‍छ?
9 Proč se ukazuješ jako muž ustalý, jako silný, kterýž nemůže vysvoboditi? Všaks ty u prostřed nás, Hospodine, a jméno tvé nad námi vzýváno jest; neopouštějž nás.
तपाईं किन आश्‍चर्यमा परेको मानिसझैं व छुटकाराको निम्ति शक्ति नभएको योद्धाजस्तै हुनुहुन्छ? हे परमप्रभु, तपाईं हाम्रा बिचमा हुनुहुन्छ, र हाम्रा बिचमा तपाईंकै नाउँ पुकारिन्छ । हामीलाई नत्‍याग्‍नुहोस् ।
10 Takto praví Hospodin o lidu tomto: Tak milují toulky, noh svých nezdržují, až Hospodin nemá v nich líbosti, a nyní zpomíná nepravost jejich, a navštěvuje hříchy jejich.
परमप्रभु आफ्‍ना मानिसलाई यसो भन्‍नुहुन्छ, “तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् ।” परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्‍न । अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको छ, र तिनीहरूका पापलाई दण्ड दिनुभएको छ ।
11 Potom řekl ke mně Hospodin: Nemodl se za lid tento k dobrému.
परमप्रभुले मलाई यसो भन्‍नुभयो, “यी मानिसहरूको पक्षमा भलाइको निम्ति प्रार्थना नगर् ।
12 Když se postiti budou, já nikoli nevyslyším volání jejich, a když obětovati budou obět zápalnou a suchou, já nikoli neoblíbím sobě těch věcí, ale mečem a hladem a morem já do konce zhubím je.
किनकि तिनीहरूले उपवास बसे भने म तिनीहरूका विलाप सुन्‍नेछैनँ, अनि तिनीहरूले होमबलि र अन्‍नबलि चढाए भने म तिनमा खुशी हुनेछैन । किनकि तरवार, अनिकाल र विपत्तिले म तिनीहरूको अन्त्य ल्याउनेछु ।”
13 Tedy řekl jsem: Ach, Panovníče Hospodine, aj, tito proroci říkají jim: Neuzříte meče, a hlad nepřijde na vás, ale pokoj pravý dám vám na místě tomto.
तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले मानिसहरूलाई भन्दैछन्, 'तिमीहरूले तरवार देख्‍नेछैनौ । तिमीहरूका निम्ति अनिकाल पर्नेछैन, किनकि म यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु' ।”
14 I řekl Hospodin ke mně: Lež prorokují ti proroci ve jménu mém. Neposlalť jsem jich, aniž jsem přikázal jim, anobrž aniž jsem mluvil k nim. Vidění lživé a hádání, a marné věci i lest srdce svého oni prorokují vám.
परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”
15 Protož takto praví Hospodin o prorocích, kteříž prorokují ve jménu mém, ješto jsem já jich neposlal, a kteříž říkají: Meče ani hladu nebude v zemi této: Mečem a hladem i ti sami proroci zhynou.
त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन्, जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्छन्, यी अगमवक्ताहरू तरवार र अनिकालले नष्‍ट पारिनेछन् ।
16 Lid pak ten, jemuž oni prorokují, rozmetán bude po ulicích Jeruzalémských hladem a mečem, aniž bude, kdo by je pochovával, je, manželky jejich, a syny jejich, a dcery jejich. Tak vyleji na ně nešlechetnost jejich.
त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु ।
17 Protož rciž jim slovo toto: Z očí mých tekou slzy dnem i nocí bez přestání; nebo potřína bude velmi velice panna dcera lidu mého ranou náramně bolestnou.
तिनीहरूलाई यो वचन भन्, ‘मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् । त्यसलाई नरोक्, किनकि मेरो जातिकी कन्याको ठुलो विनाश हुनेछ । त्यसले ठुलो र निको नहुने चोट पाउनेछ ।
18 Vyjdu-li na pole, aj, tam zbití mečem; pakli vejdu do města, aj, tam nemocní hladem. Nebo jakož prorok tak kněz obcházejíce, kupčí zemí, a lidé toho neznají.
म मैदानमा गएँ भने, त्यहाँ तरवारले मारिएकाहरू हुन्छन् । म सहरमा आएँ भने, त्यहाँ अनिकालले ल्याएका रोगहरू हुन्छन् । अगमवक्ता र पुजारी दुवै देशको यताउता बरालिन्छन्, र तिनीहरूलाई थाहैछैन' ।”
19 Zdaliž do konce zamítáš Judu? Zdali Sion oškliví sobě duše tvá? Proč nás biješ, tak abychom již nebyli uzdraveni? Čekáme-li pokoje, a aj, nic dobrého pakli času uzdravení, a aj, hrůza.
के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो? के तपाईं सियोनलाई घृणा गर्नुहुन्छ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्‍ट दिनुहुन्छ? हामीले शान्तिको आशा गर्‍यौँ, तर त्यहाँ कुनै असल कुरा थिएन र निको हुने समय थिएन, तर हेर्नुहोस् त्‍यहाँ त्रास मात्र छ ।
20 Poznávámeť, Hospodine, bezbožnost svou i nepravost otců svých, že jsme hřešili proti tobě.
हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
21 Nezamítejž pro jméno své, nezlehčuj stolice slávy své; rozpomeň se, neruš smlouvy své s námi.
हामीलाई नत्याग्‍नुहोस् । तपाईंको नाउँको निम्‍ति तपाईंको महिमित सिंहासनलाई अपमानित नगर्नुहोस् । हामीसित बाँध्‍नुभएको आफ्‍नो करार सम्झनुहोस्, र त्‍यसलाई नतोड्नुहोस् ।
22 Zdaliž jsou mezi marnostmi pohanskými ti, kteříž by déšť dávali? A zdaliž nebesa dávají přívaly? Zdaliž ty nejsi sám, Hospodine, Bůh náš? Protož na tebeť očekáváme, nebo ty působíš všecko to.
के जातिहरूका कुनै बेकम्मा मूर्तिले वर्षा ल्याउँछ सक्‍छ र? वा के आकाश आफैले झरी पठाउँछ? हे परमप्रभु तपाईं नै हाम्रा परमेश्‍वर हुनुहुन्‍न र? हामीले तपाईंमा प्रतीक्षा गर्छौं, किनकि यी सबै कुरा गर्नुहुने तपाईं नै हुनुहुन्छ ।

< Jeremiáš 14 >