< 2 Samuelova 20 >

1 Přišel pak tu náhodou člověk nešlechetný, jehož jméno bylo Seba, syn Bichri, muž Jemini. Ten zatroubil v troubu a řekl: Nemámeť my dílu v Davidovi, ani dědictví v synu Izai; obrať se jeden každý k stanům svým, ó Izraeli.
त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्‍या उत्‍पन्‍न गराउने मानिस थियो । त्यसले तुरही फुक्यो र भन्यो, “दाऊदसँग हाम्रो कुनै हिस्सा छैन, न त यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै छ । ए इस्राएल, हरेक मानिस आआफ्ना घर जाओ ।”
2 A tak všickni muži Izraelští odstoupili od Davida za Sebou synem Bichri, ale muži Judští přídrželi se krále svého od Jordánu až do Jeruzaléma.
त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे र बिक्रीको छोरा शेबाको पछि लागे । तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्‍ना राजाको पछिपछि गए ।
3 David pak přišel do domu svého do Jeruzaléma. A vzal král deset ženin, kterýchž byl nechal, aby hlídaly doma, a dal je pod stráž, a choval je, ale nevcházel k nim. A zůstaly zavřené až do dne smrti své v vdovství.
जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए, तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना पत्‍नीलाई लिए र तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे । उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए, तर तिनी फेरि उनीहरूसँग सुतेनन् । त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो, यसरी उनीहरू विधवाहरू भएझैं बसे ।
4 Potom řekl král Amazovi: Svolej mi muže Judské do třetího dne, ty také se tu postav.
त्यसपछि राजाले अमासालाई भने, “तीन दिनभित्र यहूदाका मानिसहरूलाई एकसाथ भेला गर । तिमी पनि यहाँ हुनुपर्छ ।”
5 A tak odšel Amaza, aby svolal lid Judský, ale prodlil mimo určitý čas, kterýž mu byl uložil.
त्यसैले अमासा यहूदालाई बोलाउन गए तर तिनलाई राजाले तोकेको समयभन्दा तिनी ढिला भए ।
6 Protož řekl David Abizai: Již nyní hůře nám činiti bude Seba syn Bichri, nežli Absolon. Vezmi služebníky pána svého, a hoň jej, aby sobě nenalezl měst hrazených, a tak ušel by nám s očí.
त्‍यसैले दाऊदले अबीशैलाई भने, “अब बिक्रीका छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा धेरै हानि गर्ने छ । तिम्रो मालिकका सेवकहरू, अर्थात् मेरा सिपाहरूलाई लिएर जाऊ र त्यसलाई खेद नत्र त्यसले किल्लाबन्दी गरेको सहर भेट्टाउने छ र हाम्रा नजरबाट उम्किने छ ।”
7 Tedy táhli za ním muži Joábovi, i Cheretejští, i Peletejští, a všickni udatní vytáhli z Jeruzaléma, aby honili Sebu syna Bichri.
त्यसपछि योआबका मानिसहरू, करेतीहरू, पलेथीहरू र सबै वीर योद्धासँगै त्यसको पछिपछि गए । तिनीहरूले बिक्रीको छोरो शेबालाई खेदन यरूशलेमबाट विदा भए ।
8 A když byli u kamene toho velikého, kterýž jest v Gabaon, Amaza potkal se s nimi. Joáb pak byl opásán po sukni, v kterouž byl oblečen, na níž také měl připásaný meč k bedrám v pošvě své, kterýž snadně vytrhnouti i zase vstrčiti mohl.
जब तिनीहरू गिबोनको ठुलो ढुङ्गामा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए । योआबले हातियार सहितको जङ्गी पोशाक लगाएका थिए जसको कम्मरमा पेटी र त्यसमा दापमा छुरा हुन्थ्यो । जसै तिनी अगि बढे, छुरा खस्यो ।
9 I řekl Joáb Amazovi: Dobře-li se máš, bratře můj? A ujal Joáb pravou rukou Amazu za bradu, aby ho políbil.
त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते ।
10 Ale Amaza nešetřil se meče, kterýž byl v ruce Joábově. I ranil ho jím pod páté žebro, a vykydl střeva jeho na zem jednou ranou, a umřel. I honili Joáb a Abizai, bratr jeho, Sebu syna Bichri.
अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्‍यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्‍याउँदै गए ।
11 Tedy stoje tu jeden podlé něho z služebníků Joábových, řekl: Kdokoli přeje Joábovi, a kdokoli drží s Davidem, jdi za Joábem.
योआबका मानिसमध्‍ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्‍यो जसले योआबको पक्ष लिन्‍छ र त्‍यो जो दाऊदको पक्षमा छ, त्‍यसले योआबलाई पछ्‍याओस् ।”
12 Amaza pak válel se ve krvi prostřed cesty. A vida onen, že se zastavoval všecken lid, odvlékl Amazu s cesty do pole, a uvrhl na něj roucho, vida, že každý, kdož šel mimo něj, zastavoval se.
अमासा बिच बाटोमा आफ्नै रगतमा यताउता पल्‍टिरहे । सबै मानिस चुपचाप खडा भएको त्यो मानिसले देखेपछि त्यसले अमासालाई घिसारेर बाटोदेखि बाहिर खेतमा लग्‍यो । त्यसले लासमाथि कपडाले छोपिदियो किनभने उसको छेउमा आउने हरेक मानिस खडा भएको त्‍यसले देख्‍यो ।
13 A když byl odvlečen z cesty, šel jeden každý za Joábem, aby honili Sebu syna Bichri.
अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्‍न सबै मानिसले योआबलाई पछ्याए ।
14 (Kterýžto prošel všecka pokolení Izraelská do Abel Betmaacha se všechněmi Berejskými, kteříž se byli shromáždili a šli za ním.)
शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ-माकाको हबिलमा पुग्‍यो र बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए र शेबाको पछि लागे ।
15 A přitáhše, oblehli jej v Abel Betmaacha, a udělali násyp proti městu, kteréž se bránilo z bašt; všecken pak lid, kterýž byl s Joábem, usiloval podvrátiti zed.
तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्‍नलाई त्‍यसमा हिर्काउन लागे ।
16 V tom zvolala jedna rozumná žena z města: Slyšte, slyšte! Rcete medle Joábovi: Přistup sem, a budu s tebou mluviti.
त्यसपछि एक जना बुद्धिमान स्‍त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्‍नुहोस्, कृपया सुन्‍नुहोस्! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्‍छु ।”
17 Kterýž když k ní přistoupil, řekla žena: Ty-li jsi Joáb? Odpověděl: Jsem. I řekla jemu: Poslyš slov služebnice své. Odpověděl: Slyším.
त्यसैले योआब तिनको नजिक गए र ती स्‍त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “म हुँ ।” तब तिनलाई उनले भनिन्, “तपाईंकी दासीको कुरा सुन्‍नुहोस् ।” तिनले जवाफ दिए, “म सुन्‍दै छु ।”
18 Protož mluvila, řkuci: Takť jsou rozmlouvali hned s počátku, řkouce: Bez pochyby žeť se ptáti budou Abelských, a tak se spraví.
तब उनले भनिन्, “प्राचीन समयमा तिनीहरू भन्‍ने गर्थे, 'निश्‍चय हबिलमा सल्लाह लिन जाऊ,' र त्यो सल्लाहले कुरा मिल्थ्यो ।
19 Jáť jsem jedno z pokojných a věrných Izraelských, ty pak usiluješ zkaziti město, a to ještě hlavní město v Izraeli. I pročež usiluješ sehltiti dědictví Hospodinovo?
इस्राएलको सबभन्दा शान्तिपूर्ण र विश्‍वासयोग्य हाम्रै सहर हो । तपाईंले इस्राएलको आमा सहरलाई नाश गर्न खोज्‍दै हुनुहुन्‍छ । तपाईंले परमप्रभुको उत्तराधिकारलाई किन निल्‍न चाहनुहुन्छ?
20 Tedy odpověděl Joáb a řekl: Odstup, odstup to ode mne, abych sehltiti a zkaziti chtěl.
त्यसैले योआबले जवाफ दिए र भने, “मैले सहर निल्‍ने वा नाश गर्ने कुरा मबाट दूर रहोस् ।
21 Neníť toho, ale muž z hory Efraim, jménem Seba, syn Bichri, pozdvihl ruky své proti králi Davidovi. Vydejte ho samého, a odtrhnemť od města. I řekla žena Joábovi: Hle, hlava jeho vyvržena bude tobě přes zed.
त्यो सत्य होइन । तर बिक्रीको छोरा शेबा नाउँ गरेका एफ्राइमको पहाडी देशको एक जना मानिसले दाऊद राजाको विरुद्धमा आफ्‍नो हात उठाएको छ । त्यसलाई मकहाँ सुम्‍पिदिनुहोस् र म सहरबाट पछि हट्ने छु ।” ती स्‍त्रीले योआबलाई भनिन्, “त्यसको टाउको पर्खालबाट बाहिर तपाईंकहाँ फालिने छ ।”
22 A tak zjednala to žena ta u všeho lidu moudrostí svou, že sťavše hlavu Seby syna Bichri, vyhodili ji Joábovi. Kterýžto když zatroubil v troubu, rozešli se od města jeden každý do stanů svých. Joáb také vrátil se do Jeruzaléma k králi.
त्यसपछि ती स्‍त्री आफ्‍नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्‍यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए । अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के ।
23 Byl pak Joáb představen všemu vojsku Izraelskému, a Banaiáš syn Joiadův nad Cheretejskými a Peletejskými.
अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्‍डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।
24 Též Aduram byl nad platy, a Jozafat syn Achiludův byl kanclířem,
अदोनीरामचाहिं ज्‍यालाबिना काम गर्नेहरूका अधिकृत थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
25 A Seiáš písařem, Sádoch pak a Abiatar byli kněžími.
शेभा शास्‍त्री र सादोक तथा अबियाथार पुजारीहरू थिए ।
26 Híra také Jairský byl knížetem Davidovým.
याईरी ईरा दाऊदका मुख्य सेवक थिए ।

< 2 Samuelova 20 >