< 1 Samuelova 10 >

1 Tedy vzal Samuel nádobku oleje, a vylil na hlavu jeho, a políbil ho, i řekl: Aj, teď pomazal tě Hospodin nad dědictvím svým za vůdce.
त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्‍बन गरे । तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?
2 Když půjdeš dnes ode mne, nalezneš dva muže u hrobu Ráchel v končinách Beniamin v Zelzachu. Kteříž řeknou tobě: Nalezeny jsou oslice, jichž jsi chodil hledati. A aj, otec tvůj nechav péče o oslice, stará se o vás, pravě: Kterak udělám o syna svého?
जब तपाईं आज जानुहुनेछ, बेन्यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ । तिनीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् । अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्ता गर्न छोडेर “मेरो छोराको बारेमा म के गरौं” भन्‍दै तपाईंको बारेमा चिन्ता गर्दै हुनुहुन्‍छ ।'
3 A odejda odtud dále, přijdeš až k rovině Tábor. I potkají se s tebou tam tři muži vstupující k Bohu do Bethel, jeden nesa tři kozelce, druhý nesa tři pecníky chleba, a třetí nesa láhvici vína.
तब तपाईं त्यहाँबाट अगि जानुहुँदा, तपाईं तबोरको फलाँटको रूखमा आउनुहुनेछ । एक जनाले तिनवटा पाठा, अर्कोले तिन वटा रोटी र अर्कोले एक मशक दाखमद्य बोकेर बेथेलमा परमेश्‍वरकहाँ गइरहेका तिन जना मानिसहरूलाई तपाईंले भेट्टाउनुहुनेछ ।
4 Kteřížto když tě pozdraví, dadíť dva chleby, kteréž přijmeš z rukou jejich.
तिनीहरूले तपाईंलाई अभिादन गर्नेछन् र तपाईंलाई दुई वटा रोटी दिनेछन्, जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ ।
5 Potom přijdeš na pahrbek Boží, na kterémž jest stráž Filistinská. A když tam vejdeš do města, potká se s tebou zástup proroků sstupujících s hory, a před nimi loutna, buben i píšťalka a harfa, a oni prorokovati budou.
त्यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्‍नुहुनेछ, तब तपाईंले वीणा, खैंजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् ।
6 I sstoupí na tě Duch Hospodinův, a prorokovati budeš s nimi, a proměněn budeš v muže jiného.
परमप्रभुको आत्मा तपाईंमाथि आउनुहुनेछ र तिनीहरूसँगै तपाईंले पनि अगमवाणी बोल्‍नुहुनेछ, र तपाईं एक जना अर्कै मानिस बद्लनुहुनेछ ।
7 Když tedy zběhnou se tato znamení při tobě, učiň, cožkoli najde ruka tvá, nebo Bůh s tebou jest.
त्‍यति बेला जब यी चिन्हहरू तपाईंमा हुनेछन्, तब तपाईंको हातले जे भेट्टाउँछ सो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।
8 Potom sstoupíš přede mnou do Galgala, a aj, já sstoupím k tobě, abych obětoval oběti zápalné, též abych obětoval oběti pokojné. Za sedm dní čekati budeš, až přijdu k tobě, a ukážiť, co bys měl činiti.
मेरो अगि तल गिलगालमा जानुहोस् । त्यसपछि म होमबलि र मेलबलि चढाउन म तपाईंकहाँ तल आउनेछु । म नआएसम्म र तपाईंले के गर्नुपर्छ भनी तपाईंलाई नदेखाएसम्‍म सात दिनसम्म पर्खनुहोस् ।”
9 A bylo, když se obrátil, aby šel od Samuele, že Bůh proměnil srdce jeho v jiné, a zběhla se všecka ta znamení dne toho.
शमूएलबाट विदा हुनलाई जब शाऊलले पिठ्युँ फर्काए, तब परमेश्‍वरले तिनलाई अर्कै हृदय दिनुभयो । तब ती सबै चिन्हहरू त्यसै दिन पुरा भयो ।
10 I přišli tam ku pahrbku, a aj, zástup proroků proti němu, i sstoupil na něj Duch Boží, a prorokoval u prostřed nich.
जब तिनीहरू डाँडामा आए, अगमवक्ताको एक समूहले तिनलाई भेटे र परमेश्‍वरको आत्मा तिनीमाथि आउनुभयो ताकि तिनले उनीहरूसँगै भविष्यवाणी बोले ।
11 Stalo se tedy, že všickni, kdož ho znali prvé, viděli, an prorokuje s proroky. Pročež mluvil každý, jeden k druhému: Což se to stalo synu Cis? Zdali také Saul mezi proroky?
जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?”
12 I odpověděl jeden odtud a řekl: A kdo jest otec jejich? Protož přišlo to v přísloví: Zdali také Saul mezi proroky?
त्यही ठाउँका एक जना मानिसले जवाफ दिए, “तब तिनका बुबा को हुन?” यही कारणले गर्दा “के शाऊल पनि अगमवक्ताहरूमध्ये एक जना भएछन्?” भन्‍ने भनाइ चल्‍यो ।
13 A přestav prorokovati, přišel na horu.
जब तिनले अगमवाणी बोलेर सके, तब तिनी उच्‍च स्थानमा आए ।
14 Řekl pak strýc Saulův jemu a k služebníku jeho: Kam jste chodili? Odpověděl: Hledati oslic; když jsme pak poznali, že jich není, přišli jsme k Samuelovi.
त्यसपछि शाऊलका काकाले तिनी र तिनको सेवकलाई सोधे, “तिमीहरू कहाँ गयौ?” तिनले जवाफ दिए, “गधाहरू खोज्‍नलाई । जब ती भेट्टाउन नसक्‍ने हामीले देख्यौं, तब हामी शमूएलकहाँ गयौं ।”
15 I řekl strýc Saulův: Pověz mi medle, co vám řekl Samuel?
शऊलका काकाले भने, “शमूएलले तिमीलाई के भने कृपया मलाई भन ।”
16 Odpověděl Saul strýci svému: Oznámil nám místně, že by nalezeny byly oslice. Ale s strany království nic mu neoznámil, co mluvil Samuel.
शऊलले आफ्नो काकालाई जवाफ दिए, “गधाहरू भेट्टाइएका छन् भनी तिनले हामीलाई प्रष्‍ट रूपमा भने ।” तर शमूएलले भनेका राज्यको विषयमा भने तिनले उनलाई भनेनन् ।
17 Svolal pak Samuel lid k Hospodinu do Masfa,
शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।
18 A řekl synům Izraelským: Takto praví Hospodin Bůh Izraelský: Já jsem vyvedl Izraele z Egypta, a vysvobodil jsem vás z ruky Egyptských, nýbrž z ruky všech království ssužujících vás.
तिनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले इस्राएललाई मिश्रदेशबाट ल्याएँ र मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूको विरोध गर्ने सबै राज्यहरू शक्तिबाट छुटकारा दिएँ ।'
19 Ale vy dnes zavrhli jste Boha svého, kterýž sám vyprošťuje vás ze všech zlých věcí vašich a z úzkostí vašich, a řekli jste jemu: Krále ustanov nad námi. Protož nyní postavtež se před Hospodinem po pokoleních svých a po tisících svých.
तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”
20 A když Samuel kázal přistupovati všechněm pokolením Izraelským, přišlo na pokolení Beniamin.
त्यसैले शमूएलले इस्राएलका सबै कुललाई नजिक ल्याए र बेन्यामीनको कुल चुनियो ।
21 Potom kázal přistupovati pokolení Beniamin po čeledech jich, i přišlo na čeled Matri, a přišlo na Saule, syna Cis. I hledali ho, a není nalezen.
अनि तिनले बेन्यामीनको कुललाई आफ्‍ना वंशअनुसार ल्याए । अनि मत्रीको वंश चुनियो, र कीशका छोरा शाऊललाई चुनियो । तर जब तिनीहरू उनलाई खोज्न गए तब उनी भेट्टाइएनन् ।
22 Protož ptali se opět Hospodina: Přijde-li ještě sem ten muž? I odpověděl Hospodin: Aj, skryl se mezi nádobím.
तब मानिसहरूले परमेश्‍वरलाई अझै प्रश्‍न सोध्‍ने इच्‍छा गरे, “के अझै अर्को मानिस आउनै छ?” परमप्रभुले जवाफ दिनुभयो, “तिनले आफैलाई सर-सामानाका बिचमा लुकाएका छन् ।”
23 Tedy běželi a vzali ho odtud. I postavil se u prostřed lidu, a převyšoval všecken lid od ramene svého vzhůru.
तब तिनीहरू दौडे र शाऊललाई त्यहाँबाट निकाले । जब तिनी मानिसहरू माझमा खडा भए, तब तिनी अरू कुनै पनि मानिसभन्दा तिनको कुमभन्‍दामाथि अग्ला थिए ।
24 I řekl Samuel všemu lidu: Vidíte-li, koho vyvolil Hospodin, žeť mu není podobného ve všem lidu? Protož zkřikl všecken lid, a řekli: Živ buď král!
शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून्” ।
25 I oznamoval Samuel lidu o správě království, a vepsal to do knihy, kterouž položil před Hospodinem. Potom propustil Samuel všecken lid, jednoho každého do domu jeho.
तब शमूएलले राजाको शासनको चलन र नियमहरूका बारेमा मानिसहरूलाई भने, तिनलाई एउटा पुस्तकमा लेखे र त्‍यो परमप्रभुको सामु राखिदिए । अनि शमूएलले सबै मानिसलाई आ-आफ्नै घरमा पठाइदिए ।
26 Také i Saul odšel do domu svého do Gabaa; a odešla s ním vojska, jichžto srdcí Bůh se dotekl.
शाऊल पनि गिबामा आफ्नो घरमा गए र तिनको साथमा केही बलिया मानिसहरू गए, जसका हृदयहरूमा परमेश्‍वरले छुनुभएको थियो ।
27 Ale lidé nešlechetní řekli: Tento-liž nás vysvobodí? I pohrdali jím, ani mu pocty nepřinesli. On pak činil se neslyše.
तर केही बदमासहरूले भने, “यो मानिसले हामीलाई कसरी बचाउन सक्छ?” यी मानिसहरूले शऊललाई घृणा गरे र तिनलाई कुनै उपहारहरू दिएनन् । तर शाऊल शान्‍त बसे ।

< 1 Samuelova 10 >