< 1 Korintským 1 >

1 Pavel, povolaný apoštol Ježíše Krista, skrze vůli Boží, a bratr Sostenes,
परमेश्‍वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट ।
2 Církvi Boží, kteráž jest v Korintu, posvěceným v Kristu Ježíši, povolaným svatým, spolu se všechněmi, kteříž vzývají jméno Pána našeho Jezukrista na všelikém místě, i jejich i našem:
कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
3 Milost vám a pokoj od Boha Otce našeho a Pána Jezukrista.
हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
4 Děkuji Bohu svému vždycky z vás pro tu milost Boží, kteráž dána jest vám v Kristu Ježíši,
ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैँ धन्यवाद दिन्छु ।
5 Že všemi věcmi obohaceni jste v něm, každým slovem i všelikým uměním,
उहाँले तिमीहरूलाई सारा बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ ।
6 Jakož svědectví Kristovo upevněno jest mezi vámi,
ख्रीष्‍टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्‍टि भएको छ,
7 Tak že, nemáte žádného nedostatku v žádném daru, očekávajíce zjevení Pána našeho Jezukrista,
ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।
8 Kterýž i utvrdí vás až do konce bez ouhony ke dni Pána našeho Jezukrista.
तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्‍नुहुनेछ ।
9 Věrnýť jest Bůh, skrze něhož povoláni jste k účastenství Syna jeho Jezukrista, Pána našeho.
परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।
10 Prosímť pak vás, bratří, skrze jméno Pána našeho Jezukrista, abyste jednostejně mluvili všickni, a aby nebylo mezi vámi roztržek, ale buďte spojeni jednostejnou myslí, a jednostejným smyslem.
अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।
11 Nebo oznámeno jest mi o vás, bratří moji, od domácích Chloe, že by mezi vámi byly různice.
किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।
12 Míním pak toto, že jeden každý z vás říká: Já jsem Pavlův, já Apollův, já Petrův, já pak Kristův.
मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ ।
13 Rozdělen-liž jest Kristus? Zdali Pavel ukřižován jest za vás? aneb zdali jste ve jménu Pavlovu pokřtěni byli?
के ख्रीष्‍ट बाँडिनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ र?
14 Děkuji Bohu, že jsem žádného z vás nekřtil, než Krispa a Gáia,
म परमेश्‍वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ ।
15 Aby někdo neřekl, že jsem ve jménu svém křtil.
तिमीहरूले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी कसैले भन्‍न सक्दैन ।
16 Křtilť jsem také i Štěpánovu čeled. Více nevím, abych koho jiného křtil.
(मैले स्तिफनसको परिवारलाई पनि बप्‍तिस्मा दिएँ । त्योभन्दा बढी अरू व्यक्‍तिलाई मैले बप्‍तिस्मा दिएको मलाई सम्झना छैन ।)
17 Nebo neposlal mne Kristus křtíti, ale evangelium kázati, ne v moudrosti řeči, aby nebyl vyprázdněn kříž Kristův.
किनकि येशूले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । ख्रीष्‍टको क्रुस शक्‍तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन ।
18 Nebo slovo kříže těm, kteříž hynou, bláznovstvím jest, ale nám, kteříž spasení dosahujeme, moc Boží jest.
किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्‍वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्‍ति हो ।
19 Nebo psáno jest: Zahladím moudrost moudrých, a opatrnost opatrných zavrhu.
किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”
20 Kde jest moudrý? A kde učený? A kde chytrák tohoto světa? Zdaliž Bůh neobrátil moudrosti tohoto světa v bláznovství? (aiōn g165)
बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र? (aiōn g165)
21 Nebo když v moudrosti Boží svět nepoznal skrze moudrost Boha, zalíbilo se Bohu skrze bláznové kázaní spasiti věřící,
संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो ।
22 Poněvadž i Židé zázraků žádají, i Řekové hledají moudrosti.
किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् ।
23 Myť pak kážeme Krista ukřižovaného, Židům zajisté pohoršení, a Řekům bláznovství,
तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
24 Ale povolaným i Židům i Řekům Krista, Boží moc a Boží moudrost.
तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं ।
25 Nebo to bláznovství Boží jest moudřejší nežli lidé, a mdloba Boží jest silnější než lidé.
किनकि परमेश्‍वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्‍वरको दुर्बलता मानिसभन्दा शक्‍तिशाली छ ।
26 Vidíte zajisté povolání své, bratří, že nemnozí moudří podlé těla, nemnozí mocní, nemnozí urození.
भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्‍तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन ।
27 Ale což bláznivého jest u světa, to vyvolil Bůh, aby zahanbil moudré, a to, což jest u světa mdlé, vyvolil Bůh, aby zahanbil silné.
तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो ।
28 A neurozené u světa a za nic položené vyvolil Bůh, anobrž kteréž nejsou, aby ty věci, kteréž jsou, zahladil,
परमेश्‍वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्‍नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्‍नुभयो ।
29 Proto aby se nechlubilo před oblíčejem jeho žádné tělo.
उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।
30 Vy pak jste z něho v Kristu Ježíši, kterýž učiněn jest nám moudrost od Boha, i spravedlnost, i posvěcení, i vykoupení,
परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।
31 Aby, jakož jest napsáno, kdo se chlubí, v Pánu se chlubil.
यसैले धर्मशास्‍त्र भन्दछ, “गर्व गर्नेले परमेश्‍वरमा नै गर्व गरोस् ।”

< 1 Korintským 1 >