< Rimljanima 1 >
1 Pavao, sluga Krista Isusa, pozvan za apostola, odlučen za evanđelje Božje -
प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका, येशू ख्रीष्टका दास पावल ।
2 koje Bog unaprijed obećavaše po svojim prorocima u Pismima svetim
उहाँले आफ्ना अगमवक्ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।
3 o Sinu svome, potomku Davidovu po tijelu,
यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो ।
4 postavljenu Sinom Božjim, u snazi, po Duhu posvetitelju uskrsnućem od mrtvih, o Isusu Kristu, Gospodinu našemu,
मृतकहरूबाट पुनरुत्थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्तिशाली परमेश्वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ ।
5 po komu primismo milost i apostolstvo da na slavu imena njegova k poslušnosti vjere privodimo sve pogane
उहाँको नाउँको खातिर सबै जातिमाझ विश्वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।
6 među kojima ste i vi pozvanici Isusa Krista:
यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्टका हुन बोलाइएका छौ ।
7 svima u Rimu, miljenicima Božjim, pozvanicima, svetima. Milost vam i mir od Boga, Oca našega, i Gospodina Isusa Krista.
यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
8 Ponajprije zahvaljujem Bogu mojemu po Isusu Kristu za sve vas: što se vaša vjera navješćuje po svem svijetu.
पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ ।
9 Doista, svjedok mi je Bog - komu duhom svojim služim u evanđelju Sina njegova - da vas se
किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु ।
10 u svojim molitvama neprekidno spominjem i uvijek molim ne bi li mi se već jednom s voljom Božjom nekako posrećilo doći k vama.
परमेश्वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।
11 Jer čeznem vidjeti vas da vam predam nešto dara duhovnoga te se ojačate, zapravo -
म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ ।
12 da se zajedno s vama ohrabrim zajedničkom vjerom, vašom i mojom.
अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु ।
13 A ne bih htio, braćo, da ne znate: često sam bio nakanio doći k vama - i sve dosad bio spriječen - da i među vama uberem koji plod kao i među drugim narodima.
मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्ने म चाहन्नँ, तर मलाई अहिलेसम्म रोकिएको छ । मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ ।
14 Dužnik sam Grcima i barbarima, mudracima i neznalicama.
म यहूदीहरू र विदेशीहरू, बुद्धिमान्हरू र मूर्खहरू दुवैप्रति ऋणी छु ।
15 Odatle moja nakana da i vama u Rimu navijestim evanđelje.
त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।
16 Ne stidim se, uistinu, evanđelja: ono je snaga Božja na spasenje svakomu tko vjeruje - Židovu najprije, pa Grku.
म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
17 Jer pravednost se Božja od vjere k vjeri u njemu otkriva kao što je pisano: Pravednik će od vjere živjeti.
किनकि यसैमा परमेश्वरको धार्मिकता विश्वासबाट विश्वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्वासद्वारा नै जिउनेछन् ।”
18 Otkriva se doista s neba gnjev Božji na svaku bezbožnost i nepravednost ljudi koji istinu sputavaju nepravednošću.
किनभने सबै भक्तिहीनता र मानिसहरूको अधार्मिक्ता विरुद्ध परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्तिहीनताद्वारा सत्यतालाई रोकेको छ ।
19 Jer što se o Bogu može spoznati, očito im je: Bog im očitova.
यो परमेश्वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्य भएको हुनाले हो । किनभने परमेश्वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ ।
20 Uistinu, ono nevidljivo njegovo, vječna njegova moć i božanstvo, onamo od stvaranja svijeta, umom se po djelima razabire tako da nemaju isprike. (aïdios )
किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्ट रूपमा दृश्य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । (aïdios )
21 Jer premda upoznaše Boga, ne iskazaše mu kao Bogu ni slavu ni zahvalnost, nego ishlapiše u mozganjima svojim te se pomrači bezumno srce njihovo.
यो तिनीहरूले परमेश्वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
22 Gradeći se mudrima, poludješe i
तिनीहरूले बुद्धिमान् भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए ।
23 zamijeniše slavu neraspadljivog Boga likom, obličjem raspadljiva čovjeka, i ptica, i četveronožaca, i gmazova.
तिनीहरूले अविनाशी परमेश्वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमासँग साटे ।
24 Zato ih je Bog po pohotama srdaca njihovih predao nečistoći te sami obeščašćuju svoja tijela,
त्यसकारण, परमेश्वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बिचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो ।
25 oni što su Istinu - Boga zamijenili lažju, častili i štovali stvorenje umjesto Stvoritelja, koji je blagoslovljen u vjekove. Amen. (aiōn )
परमेश्वरको सत्यतालाई झुटसँग साट्ने र सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् । आमेन । (aiōn )
26 Stoga ih je Bog predao sramotnim strastima: njihove žene zamijeniše naravno općenje protunaravnim,
यसैले, परमेश्वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे ।
27 a tako su i muškarci napustili naravno općenje sa ženom i raspalili se pohotom jedni za drugima te muškarci s muškarcima sramotno čine i sami na sebi primaju zasluženu plaću svoga zastranjenja.
त्यसै गरी, पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे, र एक-अर्काप्रतिको कामुकताले जले । पुरुषहरूसँग अश्लील कार्य गर्ने र तिनीहरूका भ्रष्टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए ।
28 I kako nisu smatrali vrijednim držati se spoznaje Boga, predade ih Bog nevaljanu umu te čine što ne dolikuje,
तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्ट मनमा छोडिदिनुभयो ।
29 puni svake nepravde, pakosti, lakomosti, zloće; puni zavisti, ubojstva, svađe, prijevare, zlonamjernosti; došaptavači,
तिनीहरू अधार्मिकता, दुष्टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्ट विचारले पूर्ण छन् ।
30 klevetnici, mrzitelji Boga, drznici, oholice, preuzetnici, izmišljači zala, roditeljima neposlušni,
तिनीहरू कुरौटे, निन्दा गर्ने, र परमेश्वरलाई घृणा गर्नेहरू हुन् । तिनीहरू हिंस्रक, घमण्डी र अहङ्कारी छन् । तिनीहरू दुष्ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन् ।
31 nerazumni, nevjerni, bešćutni, nemilosrdni.
तिनीहरूमा समझ छैन, तिनीहरू अविश्वासयोग्य, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन् ।
32 Znaju za odredbu Božju - da smrt zaslužuju koji takvo što čine - a oni ne samo da to čine nego i povlađuju onima koji čine.
यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्ने परमेश्वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।