< Psalmi 7 >
1 Tužaljka. Davidova. Ispjeva je Jahvi zbog Kuša Benjaminovca. O Jahve, Bože moj, tebi se utječem, od svih progonitelja spasi me, oslobodi,
हे परमप्रभु मेरा परमेश्वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।
2 da mi dušu ne zgrabe kao lav što razdire, a nema tko da izbavi.
नत्र तिनीहरूले मलाई सिंहले झैं टुक्रा-टुक्रा पार्नेछन्, मलाई सुरक्षा दिने कोही नहुँदा मलाई च्यातेर टुक्रा गर्नेछन् ।
3 Jahve, Bože moj, ako to učinih, ako je nepravda na rukama mojim,
हे परमप्रभु मेरो परमेश्वर, मैले नै यो गरेको हुँ, र मेरा हातहरूमा दोष छन् भने,
4 ako zlom uzvratih prijatelju, ili oplijenih nepravedna tužitelja:
मसँग मिलापमा हुनेलाई मैले खराबीको गरेको छु भने, वा बिनाकारण मैले आफ्ना शत्रुलाई हानि गरेको छु भने, मेरा शब्दहरू सुन्नुहोस् ।
5 neka mi dušmanin progoni dušu i zgrabi je, neka mi život u zemlju satre i jetru u prašinu baci.
तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्यसले मेरो जीवनलाई भूइँमा कुल्चोस् र मेरो आदर भूइँमा मिलाओस् । सेला
6 Ustani, Jahve, u svom gnjevu, digni se na bijes tlačitelja mojih. Probudi se! Sud mi sazovi!
हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्
7 Neka te okruži skupština narodna, nad njom sjedni visoko!
देशहरू तपाईंको वरिपरि भेला हुन्छन् । तिनीहरूमाथि फेरि पनि आफ्नो उचित स्थान लिनुहोस् ।
8 O Jahve, dosudi mi pravo po pravosti mojoj i po nevinosti koja je u meni.
हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्च, म धर्मी र निर्दोष छु ।
9 Dokrajči bezakonje zlotvora, pravedna podigni, pravedni Bože koji proničeš srca i bubrege.
दुष्टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
10 Meni je štit Bog koji spasava čestita srca.
मेरो ढाल परमेश्वरबाट आउँछ, जसले सोझो हृदय हुनेलाई बचाउनुहुन्छ ।
11 Bog je pravedan sudac, on povazdan prijeti:
परमेश्वर धर्मी न्यायकर्ता हुनुहुन्छ, परमेश्वर जो हरेक दिन क्रोधित हुनुहुन्छ ।
12 ako se ne obrate, mač će naoštriti, luk će svoj zapet' i pravo smjerit'.
मानिसले पश्चाताप गर्दैन भने, परमेश्वरले युद्धको निम्ति आफ्नो तरवार धारिलो पार्नुहुन्छ, र आफ्नो धनु तयार पार्नुहुन्छ ।
13 Spremit će za njih smrtonosno oružje, strijele će svoje užariti.
त्यसको विरुद्धमा हतियार प्रयोग गर्ने तयारी उहाँले गर्नुहुन्छ । उहाँले आफ्ना वाणहरूलाई अग्नीवाण बनाउनुहुन्छ ।
14 Eto, zlotvor zače nepravdu, otrudnje pakošću i podlost rodi.
त्यस्तो व्यक्तिको बारेमा विचार गर जसका कल्पना दुष्टतापूर्ण छन्, जो विनाशपूर्ण योजनाहरू लिन्छ, जसले हानिकारक झुटहरू जन्माउँछ ।
15 Iskopa jamu i prodube; sam u jamu svoju pade!
त्यसले खाडल खन्छ र त्यसलाई गहिरो बनाउँछ अनि त्यसले बनाएको खाल्टोमा खस्छ ।
16 Pakost će njegova pasti njemu na glavu, njemu na tjeme okrenut se nasilje njegovo.
त्यसका आफ्नै विनाशपूर्ण योजनाहरू त्यसका आफ्नै शिरमाथि पर्छन्, किनभने त्यसको हिंसा त्यसको आफ्नै शिरमाथि आउँछ ।
17 A ja ću hvaliti Jahvu zbog pravde njegove i pjevat ću imenu Jahve višnjega.
परमप्रभुको न्यायको निम्ति म उहाँलाई धन्यवाद दिनेछु । सर्वोच्च परमप्रभुको निम्ति म प्रशंसाको गीत गाउनेछु ।