< Psalmi 47 >
1 Zborovođi. Sinova Korahovih. Psalam. Narodi svi, plješćite rukama, kličite Bogu glasom radosnim.
ए सबै मानिसहरू हो, आफ्ना ताली बजाओ । विजयको सोरले परमेश्वरको निम्ति कराओ ।
2 Jer Jahve je to - svevišnji, strašan, kralj velik nad zemljom svom.
किनकि सर्वोच्च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।
3 Narode je nama podložio, pogane stavio pod noge naše,
उहाँले मानिसहरूलाई हाम्रो अधीनमा र जातिहरूलाई हाम्रा पाउमुनि पार्नुहुन्छ ।
4 baštinu nam odabrao - ponos Jakova, svoga ljubimca.
उहाँले हाम्रा निम्ति हाम्रो उत्तराधिकार रोज्नुहुन्छ, याकूबको महिमा जसलाई उहाँले प्रेम गर्नुहुन्छ । सेला
5 Uzlazi Bog uz klicanje, Jahve uza zvuke trublje.
परमेश्वर सोरसँगै, परमप्रभु तुरहीको सोरसँगै माथि जानुभएको छ
6 Pjevajte Bogu, pjevajte, pjevajte kralju našemu, pjevajte!
परमेश्वर प्रशंसा गाओ, प्रशंसा गाओ । हाम्रा राजाको निम्ति प्रशंसा गाओ, प्रशंसा गाओ ।
7 Jer on je kralj nad zemljom svom, pjevajte Bogu, pjevači vrsni!
किन परमेश्वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ ।
8 Bog kraljuje nad narodima, stoluje Bog na svetom prijestolju.
परमेश्वरले जातिहरूमा राज्य गर्नुहुन्छ । परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।
9 Prvaci se pribiru poganski k narodu Boga Abrahamova. Božji su svi vlastodršci zemlje, nad svima on je uzvišen.
मानिसहरूका शासकहरू अब्राहामका परमेश्वरका मानसिहरूकहाँ एकसाथ भेला भएका छन्, किनकि पृथ्वीको ढाल परमेश्वरकै हो । उहाँ अति उच्च हुनुहुन्छ ।