< Mudre Izreke 12 >
1 Tko ljubi pouku, ljubi znanje, a tko mrzi ukor, lud je.
अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ, तर सुधारलाई घृणा गर्नेचाहिँ अबुझ हो ।
2 Dobar dobiva milost od Jahve, a podmukao osudu.
परमप्रभुले असल मानिसलाई स्नेह देखाउनुहुन्छ, तर दुष्ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ ।
3 Zloćom se čovjek ne utvrđuje, a korijen se pravedniku ne pomiče.
दुष्टताद्वारा मानिस स्थापित हुन सक्दैन, तर धर्मी मानिसहरूलाई जरैदेखि उखेल्न सकिँदैन ।
4 Kreposna je žena vijenac mužu svojemu, a sramotna mu je kao gnjilež u kostima.
चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर लाज ल्याउने पत्नीचाहिँ आफ्नो हड्डी सडाउने रोगजस्तै हो ।
5 Pravedničke su misli pravične, spletke opakih prijevarne.
धर्मीका योजनाहरू न्यायपूर्ण हुन्छन्, तर दुष्टको सल्लाह छलपूर्ण हुन्छ ।
6 Riječi opakih pogubne su zamke, a pravedne izbavljaju usta njihova.
दुष्ट मानिसका वचनहरू हत्या गर्ने मौकाको प्रतीक्षा गर्ने पासो हुन्, तर धर्मीहरूका वचनहरूले तिनीहरूलाई सुरक्षित राख्छन् ।
7 Opaki se ruše i nema ih više, a kuća pravednika ostaje.
दुष्ट मानिसहरू फालिन्छन्, र तिनीहरू रहँदैनन्, तर धर्मी मानिसहरूको घर खड रहने छ ।
8 Čovjek se hvali po oštrini svoga razuma, a prezire se tko je opak srcem.
मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।
9 Bolje je biti malen i imati samo jednog slugu nego se hvastati a nemati ni kruha.
आफ्नो प्रतिष्ठाबारे घमण्ड गरेर भोजन नहुनुभन्दा बरु नोकर भएर महत्वहीन पदमा बस्नु बेस हो ।
10 Pravednik pazi i na život svog živinčeta, dok je opakomu srce okrutno.
धर्मात्माले आफ्नो पशुका आवश्यकताहरूको वास्ता गर्छ, तर दुष्टको दया पनि क्रुर हुन्छ ।
11 Tko obrađuje svoju zemlju, sit je kruha, a tko trči za ništavilom, nerazuman je.
आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्नेचाहिँ बेसमझको हुन्छ ।
12 Čežnja je opakoga mreža od zala, a korijen pravednika daje ploda.
दुष्टले खराब मानिसहरूले अरूबाट चोरेको वस्तुको इच्छा गर्छ, तर धर्मी मानिसहरूको फल तिनीहरू आफैबाट आउँछ ।
13 Opakomu je zamka grijeh njegovih usana, a pravednik se izbavlja od tjeskobe.
दुष्ट व्यक्ति त्यसकै खराब बोलीवचनबाट पासोमा पर्छ, तर धर्मी व्यक्तिचाहिँ सङ्कष्टबाट उम्कन्छ ।
14 Od ploda svojih usta nasitit će se svatko obilno, a ono što je rukama učinio vratit će mu se.
जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।
15 Luđaku se čini pravim njegov put, a mudar čovjek sluša savjete.
मूर्खको बाटो त्यसको आफ्नै दृष्टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।
16 Luđak odmah odaje svoj bijes, a pametan pokriva sramotu.
मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।
17 Tko govori istinu, otkriva što je pravo, a lažljiv svjedok prijevaru.
सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ ।
18 Nesmotren govori kao da mačem probada, a jezik je mudrih iscjeljenje.
असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्, तर बुद्धिमान्को बोलीले चङ्गाइ ल्याउँछ ।
19 Istinita usta traju dovijeka, a lažljiv jezik samo za čas.
सत्य बोल्ने ओठ सधैँभरि रहिरहन्छ, तर झुट बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ ।
20 Prijevara je u srcu onih koji snuju zlo, a veselje u onih koji dijele miroljubive savjete.
खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।
21 Pravednika ne stiže nikakva nevolja, a opaki u zlu grcaju.
धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।
22 Mrske su Jahvi usne lažljive, a mili su mu koji zbore istinu.
परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् ।
23 Promišljen čovjek prikriva svoje znanje, a srce bezumničko razglašuje svoju ludost.
विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।
24 Marljiva ruka vlada, a nemar vodi u podložnost.
परिश्रमीको हातले शासन गर्ने छ, तर अल्छे मानिसलाई जबरजस्ती काम लगाइने छ ।
25 Briga u srcu pritiskuje čovjeka, a blaga riječ veseli ga.
मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्न पार्छ ।
26 Pravednik vodi svojeg prijatelja, a opake zavodi njihov put.
धर्मात्मा उसको मित्रको लागि पथ-प्रदर्शक हो, तर दुष्टहरूको चालले तिनीहरूलाई बरालिदिन्छ ।
27 Nemaran ne ulovi svoje lovine, a marljivost je čovjeku blago dragocjeno.
अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउने छ ।
28 Na stazi pravice stoji život i na njezinu putu nema smrti.
ठिक मार्गमा हिँड्नेहरूले जीवन पाउने छ, र त्यस मार्गमा मृत्यु हुँदैन ।