< Brojevi 14 >

1 Tada zagraja sva zajednica i poče vikati. I te noći narod plakaše.
त्यस रात सारा समुदाय ठुलो आवाज निकालेर रोए ।
2 Svi su Izraelci mrmljali protiv Mojsija i Arona. Sva im je zajednica govorila: “Kamo sreće da smo pomrli u zemlji egipatskoj! Ili da smo pomrli u ovoj pustinji!
इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो!
3 Zašto nas Jahve vodi u tu zemlju da padnemo od mača a žene naše i djeca da postanu roblje! Zar nam ne bi bilo bolje da se vratimo u Egipat!”
तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्‍नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?
4 Jedan je drugome govorio: “Postavimo sebi vođu i vratimo se u Egipat!”
तिनीहरूले आपसमा भने, “अर्को अगुवा चुनौँ र मिश्रतिर फर्कौं ।”
5 Mojsije i Aron padoše ničice pred svom okupljenom izraelskom zajednicom.
अनि मोशा र हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे ।
6 A Jošua, sin Nunov, i Kaleb, sin Jefuneov, koji bijahu među onima što su izviđali zemlju, razderaše svoju odjeću.
त्यो भूमिको जाँचबुझ गर्न पठाइएकामध्ये केहीमा नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले आफ्नो लुगा च्याते ।
7 Zatim rekoše svoj zajednici izraelskoj: “Zemlja kroz koju smo prošli da je istražimo izvanredno je dobra.
तिनीहरूले इस्राएलका मानिसहरूका सबै समुदायलाई भने, “हामीले घुमेका र जाँचबुझ गरेका मुलुक धेरै राम्रो छ ।
8 Ako nam Jahve bude dobrostiv, u tu će nas zemlju dovesti i dat će nam je. To je zemlja u kojoj teče med i mlijeko.
यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।
9 Samo, nemojte se buniti protiv Jahve! Ne bojte se naroda one zemlje: tÓa on je zalogaj za nas. Oni su bez zaštite, a s nama je Jahve! Ne bojte ih se!”
तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”
10 I dok je sva zajednica već mislila da ih kamenuje, pokaza se Slava Jahvina u Šatoru sastanka svima sinovima Izraelovim.
अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍ने मतो गरे । तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्‍यो ।
11 Tada reče Mojsiju: “Dokle će me taj narod prezirati? Dokle mi neće vjerovati unatoč svim znamenjima što sam ih među njima izvodio?
परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने? मैले तिनीहरूका माझ गरेका मेरो शक्‍तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन्?
12 Udarit ću ih pomorom i istrijebiti, a od tebe ću učiniti narod veći i moćniji od njega.”
म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्‍तिशाली हुनेछ ।”
13 Onda Mojsije reče Jahvi: “Egipćani su shvatili da si ti, svojom moći, izveo ovaj narod između njih.
मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्‍नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्‍तिबाट छुटकारा दिनुभयो ।
14 Oni su to kazali žiteljima one zemlje. Već su saznali da si ti, Jahve, usred ovog naroda, kojemu se očituješ licem u lice, i da ti, Jahve, u oblaku stojiš nad njima; da obdan u stupu od oblaka, a obnoć u stupu od ognja ideš pred njima.
तिनीहरूले यो भूमिका मानिसहरूलाई भन्‍नेछन् । तपाईं परमप्रभु तिनीहरूसँग हुनुहुन्छ भन्‍ने तिनीहरूले सुनेका छन्, किनभने तपाईंलाई आमनेसामने देखिएको छ । तपाईंको बादल हाम्रा मानिसहरूमाथि खडा छ । तपाईं दिनमा बादलको खामो भएर र रातमा आगोको खामो भएर तिनीहरूको अघिअघि जानुहुन्छ ।
15 Zato, ako pobiješ ovaj narod kao jednoga čovjeka, narodi koji su čuli glas o tebi reći će:
यदि तपाईंले यी मानिसहरूलाई एक जना मानिसलाई झैँ मार्नुभयो भने, तपाईंको प्रसिद्धि सुन्‍ने जातिहरू बोल्नेछन् र भन्‍नेछन्,
16 'Jahve je bio nemoćan da dovede ovaj narod u zemlju koju mu je pod zakletvom obećao, i zato ih je poubijao u pustinji.'
'परमप्रभुले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुकमा यी मानिसहरूलाई लान नसक्‍नुभएको हुनाले उहाँले तिनीहरूलाई मरुभूमिमा नै मार्नुभयो ।'
17 Zato neka se snaga moga Gospodina uzvisi, kako si najavio rekavši:
म बिन्ती गर्छु, कि तपाईंको महाशक्‍ति प्रयोग गर्नुहोस् । किनभने तपाईंले भन्‍नुभएको छ,
18 'Jahve je spor na srdžbu, a bogat milosrđem; podnosi opačinu i prijestup, ali krivca ne ostavlja nekažnjena, nego opačinu otaca kažnjava na djeci do trećega i četvrtog koljena.'
'परमप्रभु रिसाउनमा धिमा र विश्‍वनीयताको करारमा प्रशस्‍त हुनुहुन्छ । उहाँले अपराध र अधर्महरू क्षमा गर्नुहुन्छ । उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ ।'
19 Oprosti krivnju ovome narodu po veličini svoga milosrđa, kao što si vodio ovaj narod od Egipta dovde.”
म तपाईंसँग बिन्ती गर्छु, कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्‍वसनीयताको महान्‌ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् ।”
20 “Opraštam po riječi tvojoj”, reče Jahve.
परपप्रभुले भन्‍नुभयो, “मैले तिनीहरूलाई तेरो बिन्तीअनुसार क्षमा गरेको छु,
21 “Ali ipak, tako ja živ bio i slave se Jahvine napunila sva zemlja,
तर जस्तो म जीवित छु र पृथ्वी मेरो महिमाले ढाकिनेछ, मेरो महिमा र
22 ni jedan od ljudi koji su vidjeli slavu moju i znamenja što sam ih izveo u Egiptu i u pustinji, pa me ipak iskušavali već deset puta ne hoteći poslušati moj glas,
शक्‍तिका चिन्हहरू देख्‍ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।
23 neće vidjeti zemlje što sam je pod zakletvom obećao njihovim ocima; nitko od onih koji me preziru neće je vidjeti.
यसैले तिनीहरूले निश्‍चय नै त्यो भूमि देख्‍नेछैनन् जसबाट मैले तिनीहरूका पुर्खाहरूसित शपथ खाएँ । तिनीहरूमध्ये मलाई घृणा गर्ने कसैले पनि यो देख्‍नेछैन,
24 A slugu svoga Kaleba, jer je u njemu drukčiji duh i jer mi bijaše poslušan, njega ću ja dovesti u zemlju u koju je išao i njegovi će je potomci zaposjesti! Neka Amalečani i Kanaanci samo ostanu u dolini.
मेरो दास कालेबबाहेक, किनभने ऊसँग अर्कै आत्मा थियो । त्यसले मलाई पूर्ण रूपमा अनुसरण गरेको छ; म त्यसलाई त्यो जाँचबुझ गर्न गएको भूमिमा ल्याउनेछु । त्यसका सन्तानहरूले अधिकार गर्नेछन् ।
25 Sutra se vratite i krenite u pustinju put Crvenog mora.”
(त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।”
26 Još reče Jahve Mojsiju i Aronu:
परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,
27 “Dokle će ta opaka zajednica mrmljati protiv mene? Čuo sam tužbe što ih Izraelci na me dižu.
“मेरो आलोचना गर्ने यो दुष्‍ट समुदायलाई मैले कहिलेसम्म सहने? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु ।
28 Kaži im: Tako ja živ bio, objavljuje Jahve, kako ste na moje uši govorili, tako ću vam i učiniti.
तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्‍नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्‍ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः
29 U ovoj pustinji popadat će vaša mrtva tijela: svih vas koji ste ubilježeni u bilo koji vaš popis od dvadeset godina pa naprijed, koji ste rogoborili protiv mene.
मेरो विरुद्ध गनगन गर्ने तिमीहरू सबै, जनगणनामा गन्ती गरिएका तिमीहरू, बिस वर्ष र त्यसभन्दा माथिका मानिसहरू पूरै तिमीहरूका मृत शरीरहरू मरुभूमिमा पड्नेछन् ।
30 Nećete ući u zemlju na koju sam svoju ruku digao da vas u njoj nastanim, osim Kaleba, sina Jefuneova, i Jošue, sina Nunova.
यपुन्‍नेका छोरा लालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरू कोही पनि निश्‍चय नै तिमीहरूको वासस्थान बनाउने प्रतिज्ञा गरेको मुलुकमा जानेछैनौ ।
31 A vašu djecu, o kojoj kažete da bi postala roblje, njih ću uvesti da nastane zemlju što ste je vi prezreli.
हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्‍चाहरूलाई मैले त्यो भूमिमा लानेछु । तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन् ।
32 A vi? Neka vam tjelesa popadaju u ovoj pustinji!
तिमीहरूको सवालमा तिमीहरूका मृत शरीरहरू यही मरुभूमिमा पडिरहनेछन् ।
33 Vaši sinovi neka lutaju pustinjom četrdeset godina, neka trpe zbog vaše nevjere dok vam ne ispropadaju tjelesa u ovoj pustinji.
तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्‍नुपर्छ ।
34 Prema broju dana u koje ste istraživali zemlju - dana četrdeset, za svaki dan jednu godinu - ispaštajte svoje opačine četrdeset godina. Iskusite što znači mene napustiti.
तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्‍नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ ।
35 Ja, Jahve, to kažem: tako ću postupiti s ovom opakom zajednicom što se sjatila protiv mene. U ovoj istoj pustinji neka završi! Tu neka izgine.”
म परमप्रभुले बोलेको हुँ । मेरो विरुद्ध खडा हुने यो सबै दुष्‍ट समुदायमाथि म निश्‍चय नै यो गर्नेछु । तिनीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् र तिनीहरू यहीँ मर्नेछन् ।”
36 A oni ljudi koje Mojsije bijaše poslao da istraže zemlju i koji su nakon povratka potakli svu zajednicu da rogobori protiv njega ozloglašujući zemlju;
यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के र जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात्
37 oni, dakle, ljudi koji su zlobno ozloglasili zemlju bijahu pomoreni pred Jahvom.
भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो र तिनीहरू परमप्रभुको सामु महामारीले मरे ।
38 Od onih ljudi koji su išli da istraže zemlju ostadoše na životu jedino Jošua, sin Nunov, i Kaleb, sin Jefuneov.
भूमिको जासूस गर्न गएकाहरूमध्ये नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेब मात्र जीवित रहे ।
39 Kad je Mojsije prenio te riječi svim Izraelcima, narod se uvelike ražalosti.
जब मोशाले इस्राएलका मानिसलाई यी कुराहरू बताए, तिनीहरूले गम्भीर रूपमा विलाप गरे ।
40 I uranivši ujutro počnu se uspinjati na vrh brda govoreći. “Evo uzlazimo na mjesto o kojem je govorio Jahve jer smo zgriješili.”
तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, “हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।”
41 A Mojsije rekne: “Zašto kršite zapovijed Jahvinu? Nećete uspjeti.
तर मोशाले भने, “तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ? तिमीहरू सफल हुनेछेनौ ।
42 Ne penjite se, da vas ne potuku vaši neprijatelji, jer Jahve nije među vama.
नजाओ, किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्‍न ।
43 Ta ondje se pred vama nalaze Amalečani i Kanaanci te ćete od mača pasti jer ste se odvratili od Jahve i jer Jahve neće biti s vama.”
त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।”
44 Ali se oni prkosno penjahu prema vrhu brda, iako se ni Kovčeg saveza Jahvina ni Mojsije nisu micali iz tabora.
तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे ।
45 Amalečani i Kanaanci koji su živjeli na onome brdu spuste se, udare po njima i rasprše ih sve do Horme.
त्यसपछि अमालेकीहरू ओर्लेर आए, र कनानीहरू पनि जो ती पहाडहरूमा बस्थे । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूलाई होर्मासम्म नै खेदेर पराजित गरे ।

< Brojevi 14 >