< Matej 3 >

1 U one dane pojavi se Ivan Krstitelj propovijedajući u Judejskoj pustinji:
ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,
2 “Obratite se jer približilo se kraljevstvo nebesko!”
“पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।”
3 Ovo je uistinu onaj o kom proreče Izaija prorok: Glas viče u pustinji: Pripravite put Gospodinu, poravnite mu staze!
किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”
4 Ivan je imao odjeću od devine dlake i kožnat pojas oko bokova; hranom mu bijahu skakavci i divlji med.
अब यूहन्‍नाले उँटको रौँका वस्‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । उनका खानेकुरा सलह र वन-मह थिए ।
5 Grnuo k njemu Jeruzalem, sva Judeja i sva okolica jordanska.
त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए ।
6 Primali su od njega krštenje u rijeci Jordanu ispovijedajući svoje grijehe.
तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।
7 Kad ugleda mnoge farizeje i saduceje gdje mu dolaze na krštenje, reče im: “Leglo gujinje! Tko li vas je samo upozorio da bježite od skore srdžbe?
तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो?
8 Donosite dakle plod dostojan obraćenja.
पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाओ ।
9 I ne usudite se govoriti u sebi: 'Imamo oca Abrahama!' Jer, kažem vam, Bog iz ovoga kamenja može podići djecu Abrahamovu.
र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ ।
10 Već je sjekira položena na korijen stablima. Svako dakle stablo koje ne donosi dobroga roda, siječe se i u oganj baca.”
रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।
11 “Ja vas, istina, krstim vodom na obraćenje, ali onaj koji za mnom dolazi jači je od mene. Ja nisam dostojan obuće mu nositi. On će vas krstiti Duhom Svetim i ognjem.
म तिमीहरूलाई पश्‍चात्तापको निम्ति पानीले बप्‍तिस्‍मा दिन्छु । तर मपछि आउनुहुनेचाहिँ मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँका चप्पलहरू बोक्‍न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ ।
12 U ruci mu vijača, pročistit će svoje gumno i skupiti žito u svoju žitnicu, a pljevu spaliti ognjem neugasivim.”
उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”
13 Tada dođe Isus iz Galileje na Jordan Ivanu da ga on krsti.
त्यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।
14 Ivan ga odvraćaše: “Ti mene treba da krstiš, a ti da k meni dolaziš?”
तर यूहन्‍नाले यसो भन्दै उहाँलाई रोक्‍न खोजिरहे, “मैले पो तपाईंबाट बप्‍तिस्‍मा लिनुपर्नेमा के तपाईंचाहिँ म कहाँ आउनुहुन्छ?”
15 Ali mu Isus odgovori: “Pusti sada! Ta dolikuje nam da tako ispunimo svu pravednost!” Tada mu popusti.
येशूले जवाफ दिँदै तिनलाई यसो भन्‍नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा लिन दिए ।
16 Odmah nakon krštenja izađe Isus iz vode. I gle! Otvoriše se nebesa i ugleda Duha Božjega gdje silazi kao golub i spušta se na nj.
उहाँको बप्‍तिस्‍मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्‍नुभयो ।
17 I eto glasa s neba: “Ovo je Sin moj, Ljubljeni! U njemu mi sva milina!”
हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”

< Matej 3 >