< Levitski zakonik 3 >
1 “Ako tko prinosi žrtvu pričesnicu te ako prinosi goveče - žensko ili muško - neka je bez mane što prinosi pred Jahvom.
यदि कसैले गाई-गोरुको बथानबाट कुनै पशुको मेलबलिको भेटी चढाउँछ भने, त्यसले परमप्रभुको अगि निष्खोट साँढे वा गाई चढाओस् ।
2 Neka stavi svoju ruku na glavu svoje žrtve i zakolje je na ulazu u Šator sastanka. Neka zatim Aronovi sinovi, svećenici, zapljusnu krvlju sve strane žrtvenika.
त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
3 Od žrtve pričesne, kao žrtvu paljenu, neka prinese loj što omotava drobinu, sav loj što je oko drobine;
त्यस मानिसले परमप्रभुको अगि आगोद्वारा मेलबलि चढाओस् । भित्री भागहरू र दुईवटा मृगौलालाई ढाक्ने वा तीसँगै जोडिएको,
4 oba bubrega i loj što je na njima i na slabinama; pa privjesak s jetre: neka i njega s bubrezima izvadi.
र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलासमेत त्यसले निकालोस् ।
5 Zatim neka Aronovi sinovi te dijelove sažegu na žrtveniku sa žrtvom paljenicom koja bude na drvima na vatri. To neka je žrtva paljena Jahvi na ugodan miris.
हारूनका छोराहरूले त्यो वेदीको दाउरामाथिको आगोमा होलबलिसँगै जलाओस् । यसले परमप्रभुको निम्ति मिठो सुगन्ध निकाल्ने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ ।
6 Ako tko prinosi za žrtvu pričesnicu od sitne stoke Jahvi, neka prinese bez mane, bilo muško ili žensko.
यदि परमप्रभुको निम्ति कुनै मानिसको मेलबलि भेडा-बाख्राको बगालबाट हो भने, त्यसले निष्खोट भाले वा पोथी चढाओस् ।
7 Ako na dar prinosi ovcu, neka je prinese pred Jahvom.
यदि त्यसले बलिको निम्ति थुमा चढाउँछ भने, त्यसले त्यो परमप्रभुको अगि चढाओस् ।
8 Neka stavi svoju ruku na glavu svoje žrtve i neka je zakolje pred Šatorom sastanka. Zatim neka Aronovi sinovi zapljusnu njezinom krvlju sve strane žrtvenika.
त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
9 Od žrtve pričesnice neka prinesu žrtvu paljenu Jahvi: njezin loj, cio pretili rep, otkinuvši ga tik uz hrptenjaču; loj što omotava drobinu, sav loj što je oko drobine;
त्यस मानिसले मेलबलिलाई परमप्रभुको निम्ति होमबलिझैँ चढाओस् । मेरुदण्डको तल्लो भागको सम्पूर्ण बोसो र आन्द्राभुँडीलाई ढाक्ने र तीसँगै भएको जम्मै बोसो,
10 oba bubrega i loj što je na njima i na slabinama; pa privjesak s jetre: neka i njega s bubrezima izvadi.
र दुईवटा मृगौला र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलाहरूसँगै त्यसले निकालोस् ।
11 Onda neka svećenik to sažeže na žrtveniku u kad - kao hranu vatre u čast Jahvi.
त्यसपछि पुजारीले परमप्रभुको निम्ति भोजनको होमबलिझैँ वेदीमा ती सबै जलाओस् ।
12 Ako li prinosi kozu, neka je prinese pred Jahvom:
यदि कुनै मानिसको बलि बाख्रा हो भने, त्यसले त्यो परमप्रभुकहाँ चढाओस् ।
13 neka stavi svoju ruku na glavu svoje žrtve i neka je zakolje pred Šatorom sastanka. Neka zatim Aronovi sinovi zapljusnu njezinom krvlju sve strane žrtvenika.
त्यसले आफ्नो हात त्यस बाख्राको टाउकोमाथि राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
14 Onda neka od nje prinese, kao paljenu žrtvu Jahvi, loj što omotava drobinu, sav loj što je oko drobine;
त्यस मानिसले आगोद्वारा चढाइएको आफ्नो बलिलाई परमप्रभुकहाँ ल्याओस् । त्यसले भित्री भागहरूलाई ढाक्ने र तीसँगै भएको बोसोलाई निकालोस् ।
15 oba bubrega i loj što je na njima i na slabinama; pa privjesak s jetre; neka i njega s bubrezima izvadi.
त्यसले दुईवटा मृगौला, तीसँगै भएको बोसो र कम्मरसँगै भएको बोसोलाई कलेजोको भागसँगै निकालोस् ।
16 Onda neka ih svećenik sažeže na žrtveniku - žrtvu paljenu Jahvi na ugodan miris. Sav loj pripada Jahvi.
पुजारीले भोजनको होमबलिझैँ ती सबै वेदीमा मिठो सुगन्ध निकाल्नको निम्ति जलाओस् । सबै बोसोचाहिँ परमप्रभुको हो ।
17 Neka ovo bude zakon za sva vremena svim vašim naraštajima u kojem god mjestu budete boravili: nipošto ne smijete jesti ni loja ni krvi.”
तैँले आफ्नो घर बनाउने हरेक ठाउँमा र तेरा मानिसहरूको पुस्तौँ-पुस्तामा यो सदाको निम्ति एउटा विधि होस्, र तैँले बोसो र रगत नखानू ।’”